Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

अवैध लागूऔषध कारोबारमा सम्लग्न १२ जना पक्राउ

खबरडबली संवाददाता
काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ गरेको छ । झापा। बाँके, कैलाली,बार र ञ्चनपुरबबाट उनीहरुलाई पक्राउ गरेको हो ।
झापाको  कचनकवल गाउँपालिका-४ स्थित सुनकोशी चिया बगानबाट अवैध लागूऔषध ब्राउनसुगर ४० ग्राम ८ सय ४० मिलिग्रामसहित सोही गाउँपालिका-४ बस्ने ३६ वर्षीया अलिसा शेखलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी झापाकै शिवसताक्षी नगरपालिका-१ धरमपुर सुक्रबारेबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित सोही नगरपालिका-१ चौतारामा बस्ने ३० वर्षीय शिसिर सुब्बा समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी झापाकै गौरिगञ्ज गाउँपालिका-१ दास चौरीबाट अवैध लागूऔषध ब्राउनसुगर १२ ग्राम २ सय मिलिग्राम र नगद रुपैयाँ ३ हजार ५ सय २५ रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरदह नगरपालिका-९ बैगुनधुरा बस्ने ३२ वर्षीय नबिन बस्नेत र मोरङ बयरवन घर भएका ३२ वर्षीय प्रबिन ठकुरी रहेका छन् । प्रहरी चौकी कुञ्जिबारी र सशस्त्र प्रहरी बल नेपाल बिओपी कुञ्जिबारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा।८१ प ७१७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यस्तै बाराको प्रसौनी गाउँपालिका-१ नकटुवाबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ ग्राम ४ मिलिग्रामसहित निजगढ नगरपालिका-७ लचका टोल बस्ने २७ वर्षीय सुनिल रूम्बा तमाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले ना।६१ प १७२७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 
प्रहरल्े कैलालीको गोदावरी नगरपालिका-१ धनगढी रोड कृष्ण मार्केटबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम १ सय मिलिग्राम र नाईट्राभेट ७ ट्याब्लेटसहित धनगढी उपमहानगरपालिका-३ बस्ने २० वर्षीय रोहन घिमिरे समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्रामसहित सोही नगरपालिका-१० बस्ने २५ वर्षीय प्रशान्त चौधरी समेत २ जनाको मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले से.५ प ५६२५ नम्बरको मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो ।  
यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय मिलिग्रामसहित बैजनाथ गाउँपालिका-४ बानियाभार बस्ने २५ वर्षीय प्रदिप खत्रीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको हो । 
करिब २ सय ४९ किलो गाँजा बरामद
यसैगरी प्रहरीले विभिन्न् स्थानबाट करिब २ सय ४९ किलो गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार सुनसरी, सिरहा र सप्तरीबाट गाँजा बरामद् भएको हो । 
सप्तरीको राजबिराज नगरपालिका-१ गुलाब ग्यारेज नजिकैबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० किलोग्राम बुधबार बिहान प्रहरीले बरामद गरेको छ । 
अस्थायी प्रहरी पोष्ट खर्सालटोल र वडा प्रहरी कार्यालय राजविराजबाट खटिएको संयुक्त गस्ती टोलीलाई देख्नासाथ को।२ स ७९९ नम्बरको अटो चालक अटो छाडी फरार भएपछि अटो जाँच गर्दा ६ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा प्रहरीले बरामद गरेको हो । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरी, देवानगंज गाउँपालिका-२ यादबटोलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ९७ किलोग्राम मंगलबार राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको संयुक्त टोलीले बा.८ च १२५५ नम्बरको कार जाँच गर्दा डिकीमा रहेको ४ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । 
सिरहा, लक्ष्मीपुरपतार गाउँपालिका-६ सितापुरस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ किलो २ सय ग्राम मंगलबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी सितापुरबाट खटिएको प्रहरीले ‍स.२ प २०२१ नम्बरको मोटरसाइकल रोक्न खोज्दा मोटरसाइकल नरोकी चालक फरार भएपश्चात मोटरसाइकल जाँच गर्दा प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 
सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले  जनाएकाे छ । 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनकुटाको भेडेटारमा स्काइ टावर

धनकुटा । भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट पार्क्स एण्ड अल्ट्राक्सन्स प्रालिले निर्माण गरेको उक्त टावर आजदेखि सञ्चालनमा ...

तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र

दमौली । करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ । भानु–११ मा...

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी, १६ लाख ५७ हजार पाँच सय राजस्व सङ्कलन

मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ ।  अन्नपू...

म्याग्दीको मालिकामा चार सय परिवारलाई खानेपानी

काठमाडौं ।  म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको ३ वटा खानेपानी आयोजना निर्माण भएको छ ।  नेपाल पानीको लागि स्वास्थ्य (नेवा)...

मौद्रिक नीति तुलनात्मक रुपमा केही सजगपुर्ण र लचकः चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीति तुलनात्मक रुपमा केही सजगपुर्ण र लचक आएको टिप्पणी गरेको छ । नेपाल राष्ट्र बैं...

पूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र “नमेटिने घाउ’’को आफ्नो दृश्यको डबिङ

काठमाडौं । चलचित्र “नमेटिने घाउ’’ मा अभिनय गरेका पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो भागको दृश्यको डबिङ गरेका छन्  । शुक्रबार रेडियो नेपालको स...

पाकिस्तानलाई हराउदै श्रीलंका महिला एशिया कपको फाइनलमा

काठमाडौँ । श्रीलंका जारी महिला एशिया कपको फाइनलमा पुगेको छ । शुक्रबार राती सम्पन्न दोस्रो सेमिफाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई ३ विकेटले पराजित गर्...

महिला एसिया कपः आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएका छन् । दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्...

देशभर सोमबारसम्म वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

 काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।  शनिबार दिउँसो देशभर साधारणतया बदली रहने...

कार्यालयलाई कमिसन नदिँदा रोकियो भुक्तानी

गुल्मी । गुल्मीमा एक निर्माण व्यवसायीले काम गरेबापत सम्बन्धित कार्यालयका इन्जिनियरलाई कमिसन नदिदा कार्यालयबाट हुने भुक्तानी रोकिएको छ । सडक डिविजन पाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy