Ntc summer Offer
Khabar Dabali ७ असार २०८२ शनिबार | 21st June, 2025 Sat
Investment bank

निराश युवाहरूको लागि प्रेरक व्यक्तित्व सुवाल, खोले ९ वर्षमा पाँंच उद्योग

स्वदेशमै गरे के हुन्न ?

खबरडबली संवाददाता

भक्तपुर । स्वदेशमा केही पनि हुन्न, केही गर्न सकिन्न भन्ने निराश युवाहरूको लागि एक जना उदाहरणीय व्यक्तित्व हुन्, भक्तपुरका युवा इन्जिनियर कृष्णभक्त दुवाल।

भक्तपुर नगरपालिका वडा नम्बर १० महालक्ष्मीस्थान निवासी इन्जिनियर दुवालले पछिल्लो नौ वर्षको छोटो अवधिमा पाँच वटा ठूला उद्योगहरू सञ्चालन गर्न सफल भएका छन्। ती उद्योगहरूमा उनले सयौं नवयुवाहरूलाई रोजगारी उपलब्ध गराइरहेका छन्। 

‘केही काम गर्नका लागि सवैभन्दा पहिलो प्यासन (लगाव) हुनुपर्छ,’ उनको अनुभव छ, ‘लगाव नै नभएपछि चाहिँ केही पनि गर्न सकिन्न। त्यस्ता युवा विदेशीको नोकर नै हुन जाने हो।’

त्यसकारण निरासा पालेर होइन, गरे के हुन्न भन्ने उत्साहका साथ मिहनेत गर्नुपर्ने खाँचो उनी औंल्याउँछन्। उदाहरण दिँदै उनी थप्छन्, ‘पानी खानका लागि सबैभन्दा बढी आफू तिर्खाएको महसुस गर्नुपर्‍यो, जब तिर्खाको महसुस नै गर्दैनन्, उसको अगाडि कसैले पानी अगाडि राखे पनि उसले खानेवाला छैन।’

यही कारण युवाहरूमा केही गर्ने हुटहुटी पहिलो आवश्यकता रहेको उनको बुझाइ छ।  
ख्वप कलेज देकोचा भक्तपुर, नेपाल इन्जिनियरिङ कलेज नेक दुवाकोट चाँगुनारायण भक्तपुरमा प्राध्यापनरत् उनी नयाँ सोधखोज अर्थात् इनोभेसनमा जोड दिन्छन्।

यही स्वभावका कारण परम्परागत इँटाभटा व्यवसायमा संलग्न उनले परम्परागत पेशाबाटै माथि उठेर केही नयाँ उत्पादन थाले। इँटाको विकल्पमा उनले लामो अनुसन्धान, देशविदेश भ्रमणपछि इको प्यानकाले उत्पादन थाले सन् २०१४ मा।

भौतिक निर्माणमा इँटाको विकल्पमा प्रयोग गर्न सकिने इको प्यानल उनकै नेतृत्वमा नेपालमै पहिलो पटक उत्पादन थालेको थियो। अहिले यही उत्पादन उनले देशैभरि दिइरहेका छन्। विदेशबाट आउने यस्तो निर्माण सामाग्रीसँग पैठाजोरी खेल्दै उनी संघर्षरत् पनि छन्। इको प्यानल भनेको स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो। 

इको प्यानलबाट थालिएको उनको व्यापार व्यवसाय निर्माण सामग्रीमै केन्द्रित छन्। पछिल्लो वर्ष सन् २०२३ मा उनको नेतृत्वमा पोखरामा पोखरा इको रेड ब्रिक्सको उत्पादन थालिएको छ। उनले यससँगै प्रिफ्याब एण्ड विण्डोरलगायतका निर्माणसँग सम्बन्धित उत्पादन उद्योगहरू सञ्चालन गरेका छन्। यी उद्योगहरूबाट उनले मनग्य कमाइ पनि गरिरहेका छन्। 

‘अवसर समात्नका लागि जहिले पनि उफ्रिरहने हो,’ उनको विश्लेषण छ, ‘अवसर आउँला र त्यो बेला मात्रै उफ्रुँला भनेर बस्यो भने त्यो जीवनभरमा पनि त्यो आउँदैन।’ 

जे होस् युवाहरुले केही न केही गर्नेपर्ने उनको अनुरोध छ। सुरुवात कम रिस्क र सानो पुँजीबाट थाल्दै त्यसैलाई विस्तारै विस्तार गर्दै अगाडि बढ्न सकिने सुझाव उनको छ। युवाहरूको केही गर्न चाहने यो हुटहुटीलाई इन्टरनेटको यो जमानाले पनि धेरै सहज बनाइदिएको उनको बुझाइ छ।

इन्टरनेटबाट देशविदेशका कुराहरू थाहा पाउने भएकाले धेरै कुरा सिक्न सकिने उनको बुझाइ छ। 
नेपालमा रोजगारी नपाएको भन्दै विदेश जाने युवाहरूको लर्को केही वर्षयता थेगिनसक्नु छ।

पैसा भएकाहरू अमेरिका अष्ट्रेलिया त नभएकाहरू कतार, मलेसिया, युनाइटेड अरब इमिरेटस् अनि साउदी अरबजस्ता खाडी मुलकहरूमा कामका लागि निस्कने युवाहरू ठूलो जमात छ। 

अध्यागमन विभागका अनुसार सन् २०८० मा मात्रै ८ लाख ७ हजार ६ सय ९३ नेपाली रोजगारीका लागि विभिन्न देश गएका छन्। यसरी विदेश जानेमा ७ लाख १८ हजार ९ सय ३० पुरुष र ८८ हजार ७ सय ६३ महिला छन्। अहिले पनि एयरपोर्टबाट दैनिक सयौं नागरिकहरू विदेशिने क्रम जारी छ। उनीहरुले स्वदेशमा रोजगारी नपाएपछि बाध्य भएर विदेश जानुपरेको गुनासो पोख्ने गरेका छन्।

विभागका अनुसार गत एक वर्षमा रोजगारीलगायत विभिन्न उद्देश्यले विदेश जाने नेपालीको संख्या भने १६ लाख २१ हजार ५ सय ६६ रहेको थियो। त्यसरी एक वर्षमा विदेश जाने नेपालीमध्ये स्थायी बसोबासका लागि जानेको संख्या ६८ हजार ३ सय ९३ रहेको छ।

यसैगरी, अध्ययनका लागि जाने पनि ठूलो संख्यामा रहेका छन्। गत एक वर्षमा मात्रै विभिन्न देशमा अध्ययनका लागि जानेको संख्या १ लाख ११ हजार २ सय ८९ छ। गत वर्ष विदेशमा घुमघाम तथा तीर्थयात्रा गर्न जानेको संख्या २ लाख १२ हजार ३ सय ६० जना रहेको छ।

यसैगरी, सो अवधिमा स्वास्थ्य परीक्षण गर्न जानेको संख्या २० हजार ५ सय ३ रहेको छ। यस्तै, सो अवधिमा व्यापारको सिलसिलामा विदेश जानेको संख्या २० हजार ४९ रहेको छ।

यस्तै, विगत एक वर्षमा विदेशमा बसेका आफ्ना परिवारका सदस्यहरूलाई भेटघाट गर्न जानेको संख्या १ लाख ६३ हजार ३ सय ८४ रहेको छ।

के का लागि कति विदेशिए ?

रोजगारी : ८ लाख ७ हजार ६ सय ९३
अध्ययन : १ लाख ११ हजार २ सय ८९
घुमघाम एवम् तीर्थयात्रा : २ लाख १२ हजार ३ सय ६०
स्वास्थ्य परीक्षण : २० हजार ५ सय ३
स्थायी बसोबास : ६८ हजार ३ सय ९३
परिवारका सदस्यलाई भेट्न : १ लाख ६३ हजार ३ सय ८४
                                                                      स्रोत : अध्यागमन विभाग 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलालीमा घर नजिकै मृत भेटिइन् सुत्केरी, १६ दिनको शिशु सकुशल

धनगढी । कैलालीमा एक सुत्केरी मृत फेला परेकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रबार बिहान सोही ठाउँ बस्ने १९ वर्षीया तुलसी नाथ मृत फेल...

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

ओखलढुंगा । ओखलढुंगाको  मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई रु ५० हजार आर्थिक सहयोग गर्ने भएको छ । गत शुक्रबार सफल शल्यक्रियापछि ए...

खल्ला गोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

कञ्चनपुर । गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका भीम गिरी श्रीमतीसँगै दोदा (मछेली) नदीको बगरमा पुगिसकेका हुन्छन् । ...

विराटनगरमा मिटरब्याज आतंकः ‘मन्टु’विरूद्ध एक दर्जन पीडितले गुहारे प्रशासन

विराटनगर । सर्वसाधारणलाई मिटरब्याजको नाममा ठगी गर्दै करोडौं असुल गरेको आरोपमा १६ महिना जेल बसेर सफाइ पाएका विराटनगरका ‘मन्टु’ नामले परिचित सञ्जयप्रसाद...

सुदूरपश्चिमका ठाउँ–ठाउँमा बिहानैदेखि वर्षा

धनगढी । सुदूरपश्चिमका विभिन्न जिल्लामा आज बिहानदेखि निरन्तर वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिनसम्म मौसम यस्तै रह...

अकाउन्ट लगइन गर्न पासवर्ड नै नचाहिने फिचर ल्याउँदै फेसबुक, कसरी गर्न सकिन्छ प्रयोग ?

काठमाडौँ । फेसबुकले अकाउन्ट लगइन गर्दा पासवर्ड नै नचाहिने फिचर ल्याउने भएको छ । बुधबार एक ब्लग सार्वजनिक गर्दै कम्पनीले ‘पास की’ फिचर ल्याउने घोषणा गर...

आजको संसद बैठकमा सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं।  प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।  आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत...

ग्वार्को ओभरपासको आज उदघाटन

काठमाडौं । ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास आज उदघाटन हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ओभरपास उदघाटन गर्ने छन् । भौतिक पूर्वाधार तथा याताया...

आजबाट जसपाको संघीय परिषद् बैठक

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषदको बैठक आजवाट सुरु हुदैँछ । असार ६ र ७ गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भव...

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

बलेवा  । बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending