गोरखा । गोरखाको सहिद लखन गाउँपालिकाले २०७२ सालमा भूकम्पबाट जोखिमयुक्त बनेका घर तथा संरचना तत्काल भत्काउन निर्देशन दिएको छ ।
पालिकाभित्र भूकम्पलगायत अन्य सबै प्रकारका विपद्का कारण भौतिक संरचनामा क्षति पुगी जोखिमयुक्त बनेका संरचना भत्काउन बाँकी रहेको पाइएपछि गाउँपालिकाले त्यस्ता सबै जोखिमयुक्त संरचना भत्काउन निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए ।
“नेपाल सरकार वा अन्य निकायबाट अनुदान प्राप्त गरेका कतिपय घरधनीले पनि अझैसम्म जोखिमयुक्त संरचना भत्काउन बाँकी रहेको पाइयो, उनले भने, ‘‘त्यसले क्षतिको थप जोखिम बढाउने भएकाले भत्काउन बाँकी रहेका सबैलाई जोखिमयुक्त संरचना हटाउन भनेका छौँ ।”
२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षति पुगेका जोखिमयुक्त संरचना भत्काउन र नयाँ सरंचना निर्माण गर्न सरकारले रु तीन लाख अनुदान उपलब्ध गराएको थियो । तर पालिकाभित्र अनुदान लिएका कतिपय लाभग्राही अझैपनि जोखिमयुक्त संरचनामा बस्दै आएका छन् ।
गाउँकार्यपालिकाको गत वैशाख २६ गते बसेको बैठकले पालिकाभित्रका जोखिमयुक्त संरचना हटाउने निर्णय गरेको थियो । निर्णय अनुसार मङ्गलबार पालिकाले सार्वजनिक सूचना जारी गर्दै सो निर्देशन दिएको हो । गाउँपालिकाले भत्काउन बाँकी रहेका जोखिमयुक्त संरचना एक महिनाभित्रमा हटाउन अनुरोध गरेको छ ।
“जोखिमयुक्त संरचना जतिबेला पनि खस्न सक्ने, झर्न सक्ने जोखिम बढी हुन्छ”, अध्यक्ष थापामगरले भने, ‘‘यस्तो अवस्थामा मानवीय तथा अन्य भौतिक क्षति हुनसक्ने भएकाले समयमा नै सतर्कता अपनाउन पालिकाले जोखिमयुक्त संरचना हटाउने निर्णय गरेको हो ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ७ गते, २०८१ - १६:०८
काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...
आश्विन ७ गते, २०८१ - १६:०३
काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...
आश्विन ७ गते, २०८१ - १५:४४
रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...
आश्विन ७ गते, २०८१ - १५:४२
खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...
आश्विन ७ गते, २०८१ - १५:३५
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...
आश्विन ७ गते, २०८१ - १५:३०
काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...
आश्विन ७ गते, २०८१ - १४:५४
कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ। सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई नद...
आश्विन ७ गते, २०८१ - १४:५१
काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...
आश्विन ७ गते, २०८१ - १४:४८
काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...
आश्विन ७ गते, २०८१ - १४:४०
काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...
प्रतिकृया लेख्नुहोस्: