Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

कानुनविपरीत ऋण लगानी गर्ने सहकारीबाट रकम फिर्ता गराउन माग

खबरडबली संवाददाता

काठमाडौं । आफ्ना सदस्यबीच मात्र ऋण लगानी गर्न मिल्ने कानुनी व्यवस्थाविपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा सर्वसाधारणले जम्मा गरेको सहकारीको रकमको ठूलो हिस्सा अपचलन भएको उल्लेख गर्दै नेपाली कांग्रेसले उक्त रकम तत्काल फिर्ता गराउन माग गरेको छ ।

पार्टी केन्द्रीय सहकारी विभागले आज जारी गरेको वक्तव्यमा सुप्रिम सहकारी बुटवल, सूर्यदर्शन सहकारी पोखरा, स्वर्णलक्ष्मी सहकारी काठमाडौं र साहरा सहकारी चितवनबाट रु ९५ करोड ८१ लाख गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी भएको प्रमाणसहित तथ्य सार्वजनिक भएको दाबी गर्दै उक्त रकम तत्काल फिर्ता गर्न आग्रह गरेको हो । विभाग प्रमुख देवेन्दराज कँडेलद्वारा जारी विज्ञप्तिमा सहकारी ऐन २०७४ एवं नियमावली २०७५ विपरीत सहकारीको रकम अपचलन भएको उल्लेख छ । 

कँडेलले सहकारी संस्थामा प्राकृतिक व्यक्तिमात्र सदस्य हुन पाउने र वित्तीय कारोबार गर्ने सहकारी संस्थाले सदस्यबीच ऋण लगानी गर्न मिल्ने कानुनी व्यवस्थाविपरीत गोरखा नेटवर्क प्रालिमा पैसा गएको बताए । बचत अपचलन गर्ने सहकारी सञ्चालक र कार्यकारी प्रमुख साथै गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक एवं कार्यकारी प्रमुखलाई कानुनबमोजिम तत्काल कारबाही गरी सहकारी ऐनको दफा १२४ बमोजिम दण्ड, जरिवाना र सजाय हुनुपर्नेमा कांग्रेसको माग छ । सरकारले जनतामा कानुनी राज्यको अनुभूति दिलाउन पनि कानुनविपरीत काम गर्नेलाई कारबाही गरिनुपर्नेमा विज्ञप्तिमा जोड दिइएको हो । 

न्यून आय भएका गरिब, किसान, पिछडिएका वर्गको आर्थिक सामाजिक उन्नतिमा महत्वपूर्ण योगदान गर्दै आएको सहकारी क्षेत्रलाई यस्ता अराजक गतिविधिले बदनाम गरिरहेकाले यसमा संलग्न हुने जोसुकै व्यक्ति, कम्पनीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न र सर्वसाधारण जनताको बचत सुरक्षा गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ । 

देशको समग्र विकासका लागि सहकारी आन्दोलनको अपरिहार्यता बोध गरी नियमित र सुशासित सहकारी आन्दोलन अघि बढाउन आवश्यक नीति, ऐनको संशोधन हुनुपर्नेमा पनि कांग्रेसले सरोकार भएका निकायको ध्यानाकर्षण गराएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कानुनलाई सरल बनाउन अध्ययन सुरु : मन्त्री सिन्हा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले कानुन निर्माणको ढाँचा, भाषा र शब्दमा एकरुपता कायम गर्न अध्ययन सुरु भएको बताएका छन्...

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला । तातोपानी गाउँपालिकामा हालसम्म रु सात करोड २४ लाख ९० हजार खर्च भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु ५३ करोड ५९ लाख ८२ हजारको बजेट व...

स्वास्थ्य सेवाको पहुँच बढाउँदै धनगढी उपमहानगर

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले पछिल्लो समय नागरिकलाई स्वास्थ्य सेवाको पहुँच बढाउँदै यस क्षेत्रमा उल्लेख्य सुधार गर्दै गएको छ ।  उपमहानगरल...

मनाङको दुर्गम भूभागमा नयाँ हिमताल फेला

मनाङ ।  मनाङ जिल्लाको चामे गाउँपालिका–४ अन्तर्गत पर्ने सिङ्गारखर्क क्षेत्रमा हालै पहिचान भएको ‘काजिनसारा ताल’ वैज्ञानिक अध्ययन र औपचारिक प्रमाणीकरणको ...

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending