Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

संविधान संशोधन कार्यदलबाट बाहिरिने चार दलको चेतावनी, सरकारले लिखित प्रतिबद्धता जनाउनेपर्ने माग

खबरडबली संवाददाता

काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलको औचित्य, वैधता र कार्यक्षेत्र स्पष्ट नभएको भन्दै चार राजनीतिक दलले वर्तमान प्रक्रियामा सहभागी हुन नसक्ने चेतावनी दिएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का देव गुरुङ, जनता समाजवादी पार्टी ९जसपा०का सुरेन्द्र झा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का लक्ष्मणलाल कर्ण र राष्ट्रिय जनमोर्चा (राजमो)का मनोज भट्टले सोमबार कार्यदलका संयोजकलाई संयुक्त पत्र बुझाउँदै सरकारबाट आवश्यक स्पष्टता नआएसम्म प्रतिवेदन तयार गर्ने प्रक्रियामा सहभागी नहुने जनाएका हुन्।

उनीहरूले संविधान संशोधन गर्न खोजिएका विषय, त्यसको आवश्यकता तथा कार्यदलको अधिकार क्षेत्रबारे सुरुदेखि नै प्रश्न उठाउँदै आए पनि सरकारले अहिलेसम्म कुनै स्पष्ट धारणा सार्वजनिक नगरेको पत्रमा उल्लेख गरेका छन्।

पत्रमा संविधानको प्रस्तावना तथा आधारभूत मूल्य–मान्यतामा परिवर्तन नहुने स्पष्ट लिखित प्रतिबद्धता सरकारले जनाउनुपर्ने माग पनि गरिएको छ। साथै, संशोधन गर्नुपर्ने विषयहरूबारे सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलबीच सर्वदलीय छलफल गरी राष्ट्रिय सहमति जुटाउन पहल गर्नुपर्ने उनीहरूको भनाइ छ।

चार दलले सरकारले यी विषय सम्बोधन नगरे वर्तमान बहसपत्र तयार गर्ने प्रक्रियामा आफ्नो सहभागिता नरहने स्पष्ट गरेका छन्।

यता कार्यदल भने सुझाव सङ्कलनपछि प्रतिवेदन लेखनको चरणमा पुगेको छ। कार्यदलका अनुसार हालसम्म करिब ४१ हजार सुझाव प्राप्त भएका छन्। तर ती सुझावहरूको विवरण सदस्यहरूलाई समेत उपलब्ध नगराइएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।

कार्यदल सदस्य मनोज भट्टले संविधान र शासन व्यवस्थाजस्ता संवेदनशील विषयमा मौखिक आश्वासन पर्याप्त नहुने बताउँदै सरकारबाट लिखित प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यदलको कार्यकाल असार २५ गतेसम्म कायम रहेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री शाहको एडीबी अध्यक्ष कान्दासँग भेट, १६५ मिलियन डलर सहुलियतपूर्ण ऋण सम्झौता

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा म...

निर्वाचन कानुन नबने आगामी निर्वाचन थप जोखिममा पर्न सक्ने भण्डारीको चेतावनी

काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानुन समयमै पारित नभए आगामी निर्वाचन सञ्चालन गर्न गम्भीर चुनौती उत्पन्न...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ ।  बैंकद्वारा आज यहाँ जारी सार्वजनिक सूचनामा ऋणपत्र २०८४ ‘ङ’  अ...

भारत–चीन भ्रमणबारे संसदीय समितिलाई परराष्ट्रमन्त्रीको जानकारी

काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक सोमबार सिंहदरबारमा सम्पन्न भएको छ। बैठकमा परराष्ट्रमन्त्री शिशिर खना...

हर्मुजमा ट्याङ्करमाथि प्रहार, तनाव चुलियो

दुबई। इरानका दिवङ्गत सर्वोच्च नेता अयातुल्ला अली खामेनीको अन्त्येष्टि जारी रहेका बेला विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि...

संविधान संशोधन कार्यदलबाट बाहिरिने चार दलको चेतावनी, सरकारले लिखित प्रतिबद्धता जनाउनेपर्ने माग

काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलको औचित्य, वैधता र कार्यक्षेत्र स्पष्ट नभएको भन्दै चार राजनीतिक दलले वर्तमान प्रक्रिया...

कैलालीमा प्रहरी हिरासतबाट लागुऔषध मुद्दाका थुनुवा फरार, ड्युटीमा रहेका जवान निलम्बन

धनगढी। कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट लागुऔषध मुद्दामा पक्राउ परेका एक थुनुवा फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली...

खाना नपाएपछि होल्डिङ सेन्टरका सुकुमवासीहरू विरोध प्रदर्शन

काठमाडौं। खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा रहेका सुकुमवासीहरूले खाना वितरण रोकिएको भन्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूका अनुस...

लुम्बिनी प्रदेश बैठक : आज चार मन्त्रालयको बजेटमाथि छलफल

गुल्मी। लुम्बिनी प्रदेश सभा बैठक मङ्गलबार बस्दै छ । मङ्गलबार दिउँसो १ बजेबाट सुरु हुने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयक माथिको समूहीकृत ...

कोशी प्रदेशमा ३१ प्रतिशत क्षेत्रमा रोपाइँ

विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending