Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

‘दिरुम ज्ञानमाला’परिमार्जन गरिँदै

खबरडबली संवाददाता

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडास्तरमा स्थानीय पाठ्यक्रम तयार गर्नका लागि छवटा समूह काम अगाडि बढाएको  छ । 

विसं २०७८ मा प्रकाशनमा ल्याइएको स्थानीय पाठ्यक्रम परिमार्जन गर्दै वडास्तरमा छुट्टाछुट्टै विषयवस्तु समेटिएको पाठ्यक्रम तयार गर्न गत वैशाखमा सहजकर्ता उत्पादन कार्यशाला गरेको नगरपालिकाले पुनः विभिन्न समूहमा काम थालेको हो । 

नगर प्रमुख तीर्थराज भट्टराईले स्थानीय विषयको पाठ्यक्रम परिमार्जन एवं निर्माणका लागि एकैसाथ नगरका विभिन्न स्थानमा कार्यशाला सुरु गरिएको जानकारी दिए । कार्यशालाको माध्यमबाट आवश्यक विषयवस्तु तथा सुझाव सङ्कलन गरेर जेठ १५ गतेसम्ममा स्थानीय पाठ्यक्रमको खाका तयार पारिने जनाइएको छ । 

यसअघि तयार पारिएका स्थानीय पाठ्यक्रमअन्तर्गत कक्षा १ देखि कक्षा ५ सम्मको ‘दिरुम ज्ञानमाला’ रहेको थियो । यसको सट्टामा अब हरेक वडाको आ–आफ्नै विशिष्टतामा स्थानीय विषयको पाठ्यक्रम र पाठ्यपुस्तक तयार पार्ने र प्रयोगमा ल्याउने गरी पाठ्यक्रम परिमार्जनको कार्य अघि बढाइएको नगरद्वारा गठित शिक्षा सुधार कार्यदलका संयोजक सूर्यबहादुर राईले बताए । 

शिक्षा सुधार कार्यदलका सहयोगमा गत वैशाख १४ र १५ गते आयोजना गरिएको कार्यशालामार्फत नगरपालिकाभित्रका १५ वटै वडामा तीन/तीनजना पाठ्यक्रम निर्माण सहजकर्ता तयार गरिएको थियो । 

तत्कालीन नगर प्रमुख दीपनारायण रिजालको कार्यकालमा निर्माण गरिएको स्थानीय पाठ्यक्रमले नगरपालिकाभित्रका सबै विषयवस्तु समेट्न नसकेकाले त्यसलाई पुनः परिमार्जन गरेर प्रकाशन गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ । 

दश स्थानीय तह रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मात्रै अहिलेसम्म स्थानीय पाठ्यक्रम तयार पारेको छ । जिल्लाका अन्य केही स्थानीय तहले मातृभाषाका पाठ्यक्रम तयार गरेर लागू गरेका छन् । 

केपिलासगढी गाउँपालिकाले यसै शैक्षिकसत्रदेखि दुमी राई भाषा, हलेसी तुवाचुङ नगरपालिकाले तिलुङ राई भाषा, रावाबेँसी गाउँपालिकाले थुलुङ राई भाषा तथा जन्तेढुङ्गा गाउँपालिकाले पुमा राई भाषाको पाठ्यक्रम तयार पारेर कार्यान्वयनमा ल्याएका छन् । 

मातृभाषाका पाठ्यक्रम अध्ययन तथा अध्यापन सुरु गरिएका विद्यालयमा सम्बन्धित स्थानीय तहले शिक्षकको तलब भत्ता उपलब्ध गराउने व्यवस्था मिलाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending