खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडास्तरमा स्थानीय पाठ्यक्रम तयार गर्नका लागि छवटा समूह काम अगाडि बढाएको छ ।
विसं २०७८ मा प्रकाशनमा ल्याइएको स्थानीय पाठ्यक्रम परिमार्जन गर्दै वडास्तरमा छुट्टाछुट्टै विषयवस्तु समेटिएको पाठ्यक्रम तयार गर्न गत वैशाखमा सहजकर्ता उत्पादन कार्यशाला गरेको नगरपालिकाले पुनः विभिन्न समूहमा काम थालेको हो ।
नगर प्रमुख तीर्थराज भट्टराईले स्थानीय विषयको पाठ्यक्रम परिमार्जन एवं निर्माणका लागि एकैसाथ नगरका विभिन्न स्थानमा कार्यशाला सुरु गरिएको जानकारी दिए । कार्यशालाको माध्यमबाट आवश्यक विषयवस्तु तथा सुझाव सङ्कलन गरेर जेठ १५ गतेसम्ममा स्थानीय पाठ्यक्रमको खाका तयार पारिने जनाइएको छ ।
यसअघि तयार पारिएका स्थानीय पाठ्यक्रमअन्तर्गत कक्षा १ देखि कक्षा ५ सम्मको ‘दिरुम ज्ञानमाला’ रहेको थियो । यसको सट्टामा अब हरेक वडाको आ–आफ्नै विशिष्टतामा स्थानीय विषयको पाठ्यक्रम र पाठ्यपुस्तक तयार पार्ने र प्रयोगमा ल्याउने गरी पाठ्यक्रम परिमार्जनको कार्य अघि बढाइएको नगरद्वारा गठित शिक्षा सुधार कार्यदलका संयोजक सूर्यबहादुर राईले बताए ।
शिक्षा सुधार कार्यदलका सहयोगमा गत वैशाख १४ र १५ गते आयोजना गरिएको कार्यशालामार्फत नगरपालिकाभित्रका १५ वटै वडामा तीन/तीनजना पाठ्यक्रम निर्माण सहजकर्ता तयार गरिएको थियो ।
तत्कालीन नगर प्रमुख दीपनारायण रिजालको कार्यकालमा निर्माण गरिएको स्थानीय पाठ्यक्रमले नगरपालिकाभित्रका सबै विषयवस्तु समेट्न नसकेकाले त्यसलाई पुनः परिमार्जन गरेर प्रकाशन गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मात्रै अहिलेसम्म स्थानीय पाठ्यक्रम तयार पारेको छ । जिल्लाका अन्य केही स्थानीय तहले मातृभाषाका पाठ्यक्रम तयार गरेर लागू गरेका छन् ।
केपिलासगढी गाउँपालिकाले यसै शैक्षिकसत्रदेखि दुमी राई भाषा, हलेसी तुवाचुङ नगरपालिकाले तिलुङ राई भाषा, रावाबेँसी गाउँपालिकाले थुलुङ राई भाषा तथा जन्तेढुङ्गा गाउँपालिकाले पुमा राई भाषाको पाठ्यक्रम तयार पारेर कार्यान्वयनमा ल्याएका छन् ।
मातृभाषाका पाठ्यक्रम अध्ययन तथा अध्यापन सुरु गरिएका विद्यालयमा सम्बन्धित स्थानीय तहले शिक्षकको तलब भत्ता उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: