Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

धरानमा उभौली साकेला मनाइँदै

खबरडबली संवाददाता

सुनसरी । किराँत समुदायको महान् पर्व साकेला उभौली भोलि बिहीबारदेखि सुरु हुने भएको छ । आज किराँत राई यायोक्खा सुनसरी जिल्ला समितिले यायोक्खा भवनमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । 

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिनदेखि किराँत राई समुदायले मनाउने उभौली पर्व धरान सुनसरीको सबै स्थानमा भूमेस्थानमा पूजा आराधना गरी मनाउँदै आएका छन् । किरात समुदायले अन्नबाली लगाउने र चराचुरुङ्गी तथा जनावर बेंसीदेखि लेकतिर लाग्ने समयका साथै अन्नबाली सप्रियोस, रोगव्याधि नलागोस्, प्राकृतिक विपत्ति नपरोस् भन्ने कामनाका साथ साकेला उभौली पर्व मनाउने गरेको वरिष्ठ पत्रकार हर्ष सुब्बाको भनाइ छ । 

विगतमा झैँ यसवर्ष पनि सुनसरी धरान, तरहरा, इटहरी, पकली, प्रकाशपुर, बराहक्षेत्र, भरौल, रामधुनी, चक्रघट्टीलगायतका सबै ठाउँमा बृहत् साकेला नृत्यसहित उभौली मनाइने भएको छ । साकेला उभौली–२०८१ (यलम्बर संवत्–५०८४)का अवसरमा राष्ट्रिय फुटबल खेलाडी प्रीति राईलाई नगद रु एक लाख पाँच हजार र सम्मानपत्रसहित सम्मान गरिने यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताए । 

साथै राष्ट्रिय एथलेटिक्सको कबड्डी प्रशिक्षक पार्वती राई, इन्ञ्जिनियर पारशमणि राई, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख चन्द्रकुमार राई र गोर्खा सैनिक सेवामा एमबिइ उपाधि प्राप्त सुवास राईलाई सम्मान गरिनेछ । 

कार्यक्रम यही जेठ २६ गते धरान उपमहानगरपालिका–१७ साकेला पार्कमा बृहत् साकेला नृत्यसहित समापन हुने सुनसरी किराँत राई यायोक्खाका अध्यक्ष राईले जानकारी दिए । समापनका दिन विभिन्न ठाउँबाट आएका  राईहरुको साकेला सिल्ली चण्डी नाचमध्ये उत्कृष्ट नाच्ने समूहलाई पनि नगद पुरस्कारसहित सम्मान गरिने छ । 

समापन कार्यक्रममा ७० हजारभन्दा बढीको सहभागिता रहने उनको  भनाइ छ । साकेला उभौली चाड विगतका वर्ष जस्तै  भव्यताका साथ मनाउने तयारी गरिएको छ  । जसमा रु आठ लाख ९६ हजार ८४ खर्च हुने अनुमान गरिएको छ । 

उभौली  र उधौलीमा सरकारले राष्ट्रिय बिदासमेत दिने गरेको छ । सरकारले किरात चाड घोषणा गरेपछि उभौली र उधौलीलाई विशेष उत्सवका रुपमा मनाउने गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: