Ntc summer Offer
Khabar Dabali ११ असार २०८१ सोमबार | 24th June, 2024 Mon
NIMB

कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति

खबरडबली संवाददाता

बागलुङ । कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका लागि पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डको ४४ किलोमिटर सडकमा भौतिक प्रगति ५० प्रतिशत पुगेको छ । 

उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डको ४४ किलोमिटरमा कालोपत्रको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ भने मालढुङ्गा–बलेवाखण्डको १० किमी सडकमा पूर्वाधारको कामले तीव्रता पाएको हो । 

बागलुङ खण्डको ५४ किमी सडकमा कालोपत्रका लागि आवश्यक पूर्वाधार जस्तै सडक चौडा पार्ने, मेसिनरी पर्खाल, कल्र्भट र ग्याबिन जालीलगायतका पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेका छन् भने बेस बिच्छ्याउने कार्यले तीव्रता पाएको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी अरुण खत्रीले बताए। 

दुई खण्डमध्ये बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत भौतिक प्रगति र ३६ प्रतिशत वित्तीय प्रगति भएको खत्रीको भनाइ छ । “भुक्तानी दिनसकेमा चालु आर्थिक वर्षमै बलेवा–हर्मिचौर खण्ड कालोपत्र भइसक्ने थियो, प्रगतिअनुसार रकम भुक्तानी गर्न नसक्दा कालोपत्रमा ढिलाइ भएको छ, तर निर्माण कामले तीव्रता पाएको छ, प्रगतिको १४ प्रतिशत रकम भुक्तानी गर्न सकेका छैनौँ”, खत्रीले भने, “आर्थिक वर्ष २०८२÷८३ मा सक्नुपर्ने ठेक्का हो, यही प्रगति भएमा आगामी आर्थिक वर्षमा कालोपत्र सकिन्छ ।”

सुरुबाटै बलेवा–हर्मिचौर खण्डमा तीव्रगतिमा काम भए पनि बलेवा–मालढुङ्गा खण्डको १० किमी सडकमा काम सुस्त थियो । पछिल्लो समय कामले गति दिन थालेको जैमिनीका नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो । निर्माण व्यवसायीलाई आर्थिक दायित्व भुक्तानी गर्न नसक्दा निर्माण व्यवसायीले भनेजस्तोे काममा तीव्रता पाउन नसकेको उनको भनाइ छ ।

बलेवादेखि हर्मिचौर खण्डमा मात्रै सयौँको सङ्ख्यामा मजदुर र स्काभेटरलगायतका आधुनिक औजार प्रयोगले सडक निर्माणले परिणाम लिएको शर्माको भनाइ छ । करिडोरले जैमिनीसहित सिङ्गो बागलुङलाई फाइदा पुग्ने शर्माले जानकारी दिए। विभिन्न ठाउँमा पर्खाल लगाउने, नाली बनाउने, सडक चौडा बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । 

मालढुङ्गा–बलेवा खण्डको कामको जिम्मेवारी खड्का–कृष्ण बिएन जेभीले लिएको छ । १० किमी दूरी रहेको यो खण्डका लागि रु ५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको हो । सम्झौताअनुसार दुई वर्षमा मालढुङ्गा–बलेवा खण्ड कालोपत्र गरिसक्नु पर्नेछ । 

यस्तै बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको सडकखण्ड कालोपत्रका लागि कालिका कन्स्ट्रक्सनले जिम्मेवारी लिएको छ । रु तीन अर्ब ३० करोड लागतमा तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको छ ।

करिडोरमा विभिन्न स्थानमा गरी एक सय ४८ घाट छन् । कालीगण्डकीमा मात्र पाइने शालग्राम दर्शनका लागिसमेत धार्मिक पर्यटक आउनसक्ने सम्भावना उत्तिकै छ । कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुङ्गाबाट गुल्मीको हर्मिचौरसम्मको ५४ किमी सडक एकैपटक कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको छ ।

करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ । करिडोर कूल चार सय ३५ किमी लम्बाइ रहेको छ । कालीगण्डकी करिडोरअन्तर्गत कालोपत्र हुन लागेका दुई खण्ड हुँदै गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानबाट बुटवल, बागलुङ, पोखरासम्म नियमित यातायात सञ्चालन गर्न सहज हुनेछ ।
 
करिडोर निर्माणपछि छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । नेपालको उत्तरी सीमा चीनको कोरला र दक्षिणी सीमा भारतको सुनौली जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निलम्बित सांसद देवकोटाले दायर गरेको रिट आज 'हेर्दा हेर्दै' मा

काठमाडौँ । गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट आज हेर्दा हेर्दैमा राखिएको छ । आज यो रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इ...

मुख्यसचिवसहित ९ जना सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता (सूचीसहित)

जनही ३८ करोड ६७ लाख बिगो मागदाबी

मुख्य सचिव अर्याल स्वत: निलम्बित

काठमाडौं । मुख्य सचिव डा। बैकुण्ठ अर्याल निलम्बित भएका छन् । टेरामक्स र सुरक्षण मुद्रण प्रेस खरिद प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनु...

नेप्सेमा सामान्य गिरावट, ४ अर्ब माथीको कारोबार

काठमाडौं । नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ ।  आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा अरोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ०.१...

खेलमार्फत् अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल लिइरहेको छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेप गर्न विशेष पहल लिँदै आएको बताएका छन् । ...

सुशील प्याकुरेलले गरे राजदुत पद अस्वीकार

काठमाडौँ । सुशील प्याकुरेलले राजदुत पद अस्वीकार गरेका छन् । प्याकुरेलले राजदूतमा नियुक्त गर्नु अघि आफुसँग कुनै किसिमको सम्पर्क र संकेत नदिइएको उल्लेख ...

आईटी आर्मीको आन्दोलनको आज ८औं दिन, कालोपट्टी बाँधेर वैदेशिक रोजगार विभागमा घेराउ जारी

काठमाडौं । आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले वैदेशिक रोजगारमा ठगिएका पीडितलाई न्याय दिलाउनको लागि आन्दोलन जारी राखेको छ । आज ९आइतबार० आन्दोलनको...

मनसुन सुरु भएपछि सुनसान बन्यो मनाङ

गण्डकी । पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ हिजोआज सुनसान छ । जेठदेखि भदौसम्म पदयात्रा पर्यटनका लागि ‘अफसिजन’ मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्गमा ...

भोजपुरको वैकुण्ठेमा विद्युत् विस्तार

भोजपुर । विद्युत् विस्तारले भोजपुरको रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेका स्थानीयको दैनिकीमा सहजता थपिएको छ । भौगोलिकरुपमा विकट रहेका यहाँका सबै स्थान...

राजीनामा दिने तयारीमा मुख्य सचिव अर्याल

काठमाडौं । मुख्य सचिव डा. बैकुण्ठ अर्यालले राजीनामाको तयारी गरेका छन् । टेरामेक्स खरिद प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies