काठमाडौं । जलवायु परिवर्तन न्यूनीकरणका गतिविधि प्रभावकारी बनाउन विश्वव्यापी रुपमा साझेदारीको आवश्यकता रहेको वक्ताहरुले जोड दिएका छन् ।
बुधबारदेखि काठमाडौंमा सुरु भएको ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’को आज दोस्रो दिनका सहभागीले सो कुरामा जोड दिइएकाे हाे । पर्वतीय कार्ययोजनालाई अगाडि बढाउँदैः विश्वव्यापी सहयोग र क्षेत्रीय साझेदारी विषयक अन्तिम सत्रलाई सम्बोधन गर्दै मुख्य सचिव डा बैकुण्ठ अर्यालले अन्तर्राष्ट्रिय साझेदारी लागि साझा मञ्ज निर्माण गर्न आवश्यक रहेकोमा जोड दिए ।
उनले शून्य काबर्न उत्सर्जन रणनीतिको प्रभावकारी बनाउन नेपाल लागिरहेको जानकारी गराए । जलवायु परिवर्तनको असर पर्वतीय क्षेत्रमा मात्रै समिति नभइ विश्वव्यापी समस्या भएको जनाउँदै समाधानका लागि सबैको साझा मुद्दा बन्नुपर्छ भने । “जलवायु परिवर्तनको मुद्दा निकै संशेदनशील मुद्दा बनेको छ, जलवायुका कारण हिमालको हिउँ पग्लदै गएमा यसले ठूलो दुर्घटना निम्ताउने भएकाले समयमा नै सचेत हुनुपर्छ,” मुख्यसचिव अर्यालले भने, “जलवायु परिवर्तनसम्बन्धी वित्तमा सहज पहुँचका लागि आवाज उठाउनुपर्छ । हाम्रो आवाज बलियो बनाउनका लागि पर्वतीय मुलुककोे सञ्जालमार्फत गएमा आवाज बिलियो हुन्छ ।”
उनले हरित ऊर्जा प्रवद्र्धनका लागि सरकारले विद्युतीय सवारी साधनको कर दायरा नबढाइएको जनाउँदै नेपालले विद्युतीय सवारी साधनलाई प्रथामिकता दिएको जानकारी दिए ।
पूर्वमुख्यसचिव तथा राष्ट्रिय सुरक्षा परिषदका सल्लाहकार डा शङ्करदास बैरागीले अन्य तल्लो तटिय क्षेत्रको सुरक्षाका लागि पर्वतीय क्षेत्रको सुरक्षा जरुरी रहकोमा जोड दिए । जलवायु परिवर्तन निकै जटिल विषय रहेको छ । हामीले गरिरहेको गतिविधि विश्व व्यापीरुपमा नै जलवायुको परिवर्तन न्यूनीकरणक लागि काम गरिरहेका छाैँ भन्ने सन्देश दिन जरुरी छ ।
विकसित देशले कार्बन उत्सर्जन सीमित राख्नुपर्ने छ । लक्षित किसिमका कोष हिमाली देशका लागि छुट्याउनुपर्ने छ । उक्त सत्रमा एकीकृत पर्वतीय विकासको लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) का महानिर्देशक पेमा ग्याम्त्सो, विश्व बैंककाे वातावरणविज्ञ स्टीफन डान्यो तथा पर्वत साझेदारी सचिवालय एफएओका संयोजक रोसालउरा रोमेओले पनि आफ्नो धारणा राख्दै जलवायुको समस्या निराकणमा साझेदारीको आवश्यकता औँल्याए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: