काठमाडौं । जलवायु परिवर्तन न्यूनीकरणका गतिविधि प्रभावकारी बनाउन विश्वव्यापी रुपमा साझेदारीको आवश्यकता रहेको वक्ताहरुले जोड दिएका छन् ।
बुधबारदेखि काठमाडौंमा सुरु भएको ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’को आज दोस्रो दिनका सहभागीले सो कुरामा जोड दिइएकाे हाे । पर्वतीय कार्ययोजनालाई अगाडि बढाउँदैः विश्वव्यापी सहयोग र क्षेत्रीय साझेदारी विषयक अन्तिम सत्रलाई सम्बोधन गर्दै मुख्य सचिव डा बैकुण्ठ अर्यालले अन्तर्राष्ट्रिय साझेदारी लागि साझा मञ्ज निर्माण गर्न आवश्यक रहेकोमा जोड दिए ।
उनले शून्य काबर्न उत्सर्जन रणनीतिको प्रभावकारी बनाउन नेपाल लागिरहेको जानकारी गराए । जलवायु परिवर्तनको असर पर्वतीय क्षेत्रमा मात्रै समिति नभइ विश्वव्यापी समस्या भएको जनाउँदै समाधानका लागि सबैको साझा मुद्दा बन्नुपर्छ भने । “जलवायु परिवर्तनको मुद्दा निकै संशेदनशील मुद्दा बनेको छ, जलवायुका कारण हिमालको हिउँ पग्लदै गएमा यसले ठूलो दुर्घटना निम्ताउने भएकाले समयमा नै सचेत हुनुपर्छ,” मुख्यसचिव अर्यालले भने, “जलवायु परिवर्तनसम्बन्धी वित्तमा सहज पहुँचका लागि आवाज उठाउनुपर्छ । हाम्रो आवाज बलियो बनाउनका लागि पर्वतीय मुलुककोे सञ्जालमार्फत गएमा आवाज बिलियो हुन्छ ।”
उनले हरित ऊर्जा प्रवद्र्धनका लागि सरकारले विद्युतीय सवारी साधनको कर दायरा नबढाइएको जनाउँदै नेपालले विद्युतीय सवारी साधनलाई प्रथामिकता दिएको जानकारी दिए ।
पूर्वमुख्यसचिव तथा राष्ट्रिय सुरक्षा परिषदका सल्लाहकार डा शङ्करदास बैरागीले अन्य तल्लो तटिय क्षेत्रको सुरक्षाका लागि पर्वतीय क्षेत्रको सुरक्षा जरुरी रहकोमा जोड दिए । जलवायु परिवर्तन निकै जटिल विषय रहेको छ । हामीले गरिरहेको गतिविधि विश्व व्यापीरुपमा नै जलवायुको परिवर्तन न्यूनीकरणक लागि काम गरिरहेका छाैँ भन्ने सन्देश दिन जरुरी छ ।
विकसित देशले कार्बन उत्सर्जन सीमित राख्नुपर्ने छ । लक्षित किसिमका कोष हिमाली देशका लागि छुट्याउनुपर्ने छ । उक्त सत्रमा एकीकृत पर्वतीय विकासको लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) का महानिर्देशक पेमा ग्याम्त्सो, विश्व बैंककाे वातावरणविज्ञ स्टीफन डान्यो तथा पर्वत साझेदारी सचिवालय एफएओका संयोजक रोसालउरा रोमेओले पनि आफ्नो धारणा राख्दै जलवायुको समस्या निराकणमा साझेदारीको आवश्यकता औँल्याए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...
पौष ७ गते, २०८२ - १७:४९
बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...
पौष ७ गते, २०८२ - १७:४७
जकार्ता । सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको उद्धारकर्ताहरूले बताएका छन् । राजधानी जकार्...
पौष ७ गते, २०८२ - १७:४४
पेरिस । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न...
पौष ७ गते, २०८२ - १७:४१
मस्को । रूसले आफ्नो पाँचौँ पुस्ताको ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ विमान इन्जिन ‘प्रोडक्ट १७७’ को सफल परीक्षण उडान सम्पन्न गरेको छ, जसको जानकारी राज्य स्...
पौष ७ गते, २०८२ - १७:३९
अबुजा । गत महिना नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट अपहरण गरिएका १३० जना विद्यार्थी र विद्यालयका कर्मचारीहरूलाई रिहा गरिएको नाइजर राज्य प्रहरीले आइत...




प्रतिकृया लेख्नुहोस्: