Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

‘विकास निर्माण’ का योजनासँगै ‘विकास व्यवस्थापन’ गर्न वडाबासीको माग

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. ११ स्थानीयवासीले ‘विकास निर्माण’ का योजना बनाउँदा बनाउँदै यसको (विकास व्यवस्थापन) योजना पनि बनाउनु पर्ने सुझाव दिएका छन् । चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई र आगामी आर्थिक बर्षको योजना तर्जुका लागि आज आयोजना गरिएको कार्यक्रममा धारणा राख्ने वडावासीले निर्माणसँगै व्यवस्थापनको सुझाव दिएका हुन् । 

कार्यक्रममा उनीहरुले विकास तथा सेवा प्रवाहमा गरिएको अनुगमनको समीक्षा गर्नुपर्ने, वर्षौँदेखि प्रचलनमा आएका तर नक्सामा नभएका सडकहरुलाई नक्सामा उतार्नु पर्ने, खुला तथा सार्वजनिक ठाउँहरुको सुरक्षा गर्नु पर्ने, नदी किनाराका पार्कहरुमा व्यायामका लागि साधन तथा उपकरण जडान गरिदिनुपर्ने, मन्दिरहरुको नियमित सफाइ गर्नुपर्ने, छात्रवृत्ति दिन नसकिएका विद्यार्थीहरुलाई सहुलियत शिक्षा ऋण उपलब्ध गराउनु पर्ने, टुकुचा खोलालाई सुधार गरेर हिँड्न मिल्ने बनाउनु पर्ने, त्रिपुरेश्वर चोकलाई सुधार गरेर आकर्षक पानीको फोहोरासहितको स्थान बनाउनु पर्ने सुझाव प्राप्त भएका छन् ।  

यस्तै सिपमूलक तालिम लिएकाहरु के गर्दैछन् ? यसका लागि गरिएको लगानीको प्रतिफल प्राप्त भयो कि भएन, अनुगमन गर्नुपर्ने, सडक, किनारा र पार्कको सुन्दरता बढाउनु पर्ने, चित्र र मूर्तिकलाले सजावट गर्नुपर्ने, सुझाव आएका छन् । 

लक्षित वर्ग वर्गीकरण गरेर कुन कार्यक्रम कसका लागि हो, स्पष्ट पार्नु पर्ने, बालबालिकालाई चेस, वुद्धिचालजस्ता बौद्धिक खेलमा आकर्षित गराउनु पर्ने, एकल महिलाहरुका लागि कार्यक्रम तर्जुमा गर्नुपर्ने, पैदल मार्गको चौडाइ बढाउनु पर्ने उनीहरुको माग छ । 

विश्व निकेतन विद्यालयमा सभा कक्ष निर्माण गर्नु पर्ने, विद्यालयसँगै नदी किनारमा रहेको जग्गामा खेल मैदान बनाउनु पर्ने, सुन्धारामा प्राचीन प्रवेश द्वार निर्माण गर्नुपर्ने, थापाथली क्षेत्रका बाँदरले मानिसलाई झम्टिने, सामान लुट्ने गरेका छन् । यी बाँदरलाई व्यवस्थापन गर्नु पर्ने, सामुदायिक कुकुरले दुःख दिए, व्यवस्थापन गर्नुपर्छ । 

वडामा भएका पार्क, सम्पदा मार्ग, मठ मन्दिरको संरक्षण र प्रवर्धन, जात्रापर्व सञ्चालन व्यवस्थापनमा लगानी वडावासीले अपेक्षा गरेका छन् । कार्यक्रममा सबैका कुरा सुनिसकेपछि बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘सबैले दिनुभएका सुझावलाई टिपोट गरेका छौँ । कार्यक्रममा आउन नसकेको नागरिकहरुले समेत दैनिक जीवनमा भोगेका समस्या समाधान गर्ने कार्यक्रम बनाउनेछौँ ।’

‘वडालाई ४ भागमा बाँडेर वडा सदस्यहरुलाई हरेक १ क्षेत्रको जिम्मेवारी दिएर जनताका समस्या सुन्ने र समाधान गरिदिने जिम्मेवारी तोकेका छौँ ।’ कार्यक्रममा वडाध्यक्ष हीरालाल तण्डुकारले भने, ‘वडाको विकासका लागि महानगरपालिकाबाट प्राप्त भएको सबै रकम खर्च गर्न सकिएको छैन । महानगरसँगै संघ र प्रदेश सरकारबाट प्राप्त रकमबाट पनि काम गर्नु पर्नेछ । गुठी संस्थान र पुरातत्व विभागका कारण कतिपय योजना कार्यान्वयनमा जान सकेका छैनन् । उनीहरु आफूले पनि काम गरेका छैनन् । हामीलाई पनि गर्न दिँदैनन् ।’

कार्यक्रममा प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले, तहगत सरकारबिच समन्वय नहुँदा कति ठाउँमा योजना दोहोरिएको बताए । यसमा अन्तरसम्बन्ध विकास गर्नुपर्छ । महानगरपालिकाको प्रशासन विभागका प्रमुख दीपक अधिकारीले, सहर सफा राख्नु, निर्माण गर्न र व्यवस्थापन गर्न नीति, योजना र कार्यक्रम तर्जुमा गरिएको, कार्यान्वयनका लागि अपुग जनशक्ति श्रम वैङ्कबाट लिएर काम लगाइएको बताए । यस्तै कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले, नागरिकको सेवा वितरण र सहजताका लागि महानगरपालिकाले १५० वटाभन्दा धेरै कानुन निर्माण गरिसकेको जानकारी दिए । चालु आर्थिक बर्षबाट घर, समाज र टोलका विवाद मिलाउन न्याय संवादअन्तर्गत न्याय चौतारी कार्यक्रम कार्यान्वयनमा आएको उनको भनाइ थियो ।

वडा सचिव धर्मराज भट्टराईका अनुसार ढल निर्माण, पुननिर्माण, मर्मत र सरसफाइ, मठमन्दिरको मर्मत, सडक सुधार तथा व्यवस्थापन, सडक बत्तीका काम वडाले सम्पादन गरेका मुख्य काम हुन् । यस्तै सुत्केरी पार्क जस्ता ठूला योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइरहेको छ । आगामी बर्षको योजनामा समेट्नु पर्ने योजनाका सन्दर्भमा वडाबासीसँग लिखित योजना समेत माग गरिएको छ । 

त्रिपुरेश्वर, थापाथली, ववरमहल, माइतीघर मण्डला, सुन्धारा, भोटेबहाल, टेकु वडा नं. ११ का नाम चलेका ठाउँ हुन् । यस्तै दशरथ रंगशाला, नेपाली सेनाको मुख्यालय, सिंहदरबारजस्ता ठूला संरचना यसै वडामा पर्छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: