Ntc summer Offer
Khabar Dabali १२ असार २०८१ मंगलवार | 25th June, 2024 Tue
NIMB

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान

खबरडबली संवाददाता

काठमाडौं । नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी छिन् । वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले आज बिहान ६ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको सबैभन्दा छिटो महिला आरोहीको कीर्तिमान बनाएकी हुन् । 

सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधबार दिउँसो ३.५२ मा आधार शिविरबाट आरोहण सुरू गरी आज बिहान ६ः२३ बजे आरोही फुञ्जोले सगरमाथाको चुचुरोमा पाइला टेकेकी थिइन् । उनले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेकाे जनाइएको छ । 

यसअघि सन् २०१८ मा फुञ्जोले ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर रेकर्ड बनाएका थिए । पछि सन् २०२१ मा हङकङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरेर बनाएको कस्सतमान फुञ्जोले तोडेकी हुन् । यसअघि दोलखाका पेम्बादोर्जे शेर्पाले आठघण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषको रूपमा गिनिजबुकमा रेकर्ड कायम गरेका थिए । 

विसं २०४३ मा गोरखाको छेकाम्बर बुर्जी गाउँ (चुम भ्याली) मा सामान्य परिवारमा जन्मेकी फुञ्जोको सानै उमेरदेखि हिमाल आरोहणमा रुचि थियो । अमेरिकाको ‘डेनाली’ हिमाल आरोहण गरेर आरोहण यात्रा प्रारम्भ गरेकी फुञ्जोले चोयु, अमाडब्लम, लापुछे, मनास्लुजस्ता हिमाल चढिसक्नु भएको छ । उनले फ्रान्सको ‘मोमलङ’ हिमाल पनि आरोहण गरि सकेकी छिन् । 

सगरमाथा आरोही सङ्घका महासचिव नेपाल पर्वतारोहण सङ्घका सचिव शिवबहादुर सापकोटाका अनुसार आरोही फुञ्जोले २४ घण्टा २४ मिनेटमा सगरमाथाको आधारशिविरबाट चुचुरोसम्म र सगरमाथाको चुचुरोबाट आधार शिविरसम्म आरोहण सकेर नयाँ कीर्तिमान बनाएकाे बताए । 

उनले नेपाली चेलीको साहसिक कार्यले संसारभर नेपालको साहसिक पर्यटन प्रवर्द्धमा सन्देश दिनुका साथै विश्वशान्ति, जलवायु परिवर्तन, पर्यटन प्रवर्द्धमा लाग्ने आरोहीको प्रोत्साहनमा पनि भूमिका खेलेको बताए । फुञ्जोले हिमाल आरोहणका क्रममा दुर्घटनामा परेकालाई हेलिकप्टरमा झुण्डिएर उद्धार गर्ने काम गर्दै आएकी थिइन । 

उनले सोलुखुम्बुको खुम्बु क्षेत्र र गोरखाको मनास्लु क्षेत्रमा हेलिकप्टरमा झुण्डिएर हिमालको चुचुरा, खोच, ग्ल्यासिएरसम्म पुगेर उद्धार कार्य गर्दै आएकी हुन् ।  पहिलो नेपाली महिला हेलिकप्टर लामोलाइन उद्धारकर्ता फुञ्जो यसअघि नै तेन्जिङ–हिलारी पुरस्कारबाट सम्मानित भइसकेकी छिन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाकाे मृत्यु

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  आज विहान ९ बजेतिर नवलपुरको मध्यविन्दु नगरपालिका २ सेहेरीमा नारायणी न...

मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार सोमबारदेखि बन्द गरिएको छ । मेलम्ची नदीको बहाव बढेर बाढी आइ पा...

भारतकाे एक विमानस्थलमा बमको धम्की

नयाँदिल्ली । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकको एउटा विमानस्थलमा सोमबार बमको धम्कीको इमेल प्राप्त भएको छ । यसले अधिकारीहरूलाई खोजी अभियान सुरु गर्न ...

क्रिमियामा युक्रेनको आक्रमणपछि क्रेमलिनद्वारा अमेरिकालाई चेतावनी

एजेन्सी । क्रिमियामा अमेरिकी मिसाइलबाट युक्रेनी आक्रमणमा चार जनाको मृत्यु भएको मस्कोले बताएपछि क्रेमलिनले सोमबार संयुक्त राज्य अमेरिकालाई ‘परिणाम’ भोग...

रूसमा आतङ्कवादी आक्रमणमा १५ प्रहरी अधिकृतको मृत्यु

मस्को । दक्षिणी रूसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १५ जना प्रहरी अधिकारीको मृत्यु भएको आरआइए नोभोस्तीले स्थानीय अधिकारीलाई उद्ध...

मेयरले एकलौटी गरेको भन्दै बौधिमाईकी उपमेयरसहित बहुमत सदस्यद्वारा नगर अधिवेशन बहिष्कार

रौतहट । रौतहटको बौधिमाइ नगरपालिकाकी उपमेयर प्रमिला देवि जयस्वालले पाँच वडा अध्यक्षसहित बहुमतका साथ नगर अधिवेशन बहिष्कार गरेकी छन् ।  मेयर प्रदिप या...

उपमहासचिव रिमालको नेतृत्वमा एमाले नेताहरूको टोली चीन भ्रमणमा जाँदै

काठमाडौं । पार्टी उपमहासचिव विष्णु रिमालको नेतृत्वमा नेकपा एमालेका नेताहरू भोलि चीन जाँदैछन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त...

पोखरा महानगरकाे बजेट साढे ७ अर्बमाथि

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि साढे ७ अर्बको बजेट ल्याएको छ । आगामी वर्ष कार्यान्वयन हुने गरी उपमेयर मन्जुदेवी गुरुङल...

प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् । स...

भरतपुर महानगरले ल्यायो ६ अर्ब ५५ करोडको बजेट

चितवन । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट पेश गरेको छ ।  सोमबार महानगरप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy