काठमाडौं । वेस्ट ह्यामबाट खेल्ने ब्राजिलियन मिडफिल्डर लुकास पक्वेटालाई चार स्पट फिक्सिङ गरेको आरोप लगाइएको छ । बिहीबार पाक्वेटालाई इङल्याण्ड फुटबल संघले आधिकारिक रूपमा सट्टेबाजी नियमहरूको कथित उल्लंघनको आरोप लगाएको मिडिया रिपोर्टमा बताइएको छ ।
पाक्वेटाले २०२२ र २०२३ मा लेस्टर, एस्टन भिल्ला, लीड्स र बोर्नेमाउथविरुद्ध वेस्ट ह्यामको खेलमा जानाजानी पहेँलो कार्ड पाएको आरोप छ । पाक्वेटाले आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् र आफूमाथि लागेको आरोप गलत साबित गर्ने बताएका छन् ।
डेली मेलका अनुसार पाक्वेटा यस आरोपमा दोषी प्रमाणित भएमा १० वर्ष सम्मको प्रतिबन्धको सामना गर्नुपर्ने हुनसक्ने बताइएको छ । यी आरोप प्रमाणित भएमा २६ बर्षिय पाक्वेटाको फुटबल क्यारियर अन्त्य हुने सम्भावना रहेको छ ।
यसअघि रिडिङका पूर्व डिफेन्डर किनान आइज्याकलाई यस्तै प्रकरणमा एक दशकसम्म फुटबलबाट प्रतिबन्ध लगाइएको थियो । फुटबल संघले पाक्वेटालाई यस विषयमा गत वर्षको सेप्टेम्बरमा सोधपुछ गरेको थियो ।
ब्राजिलियनले आफूमाथि लगाइएको आरोपलाई औपचारिक रूपमा सम्बोधन गर्न जुन ३ सम्मको समय दिएको छ । त्यसपछि एक अनुशासनात्मक समितिले यस प्रकरणको सुनुवाई गर्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - २२:३६
‘जनताको प्रयोग’ र नयाँ राजनीतिक स्थापनाको आलोचना
फाल्गुन २२ गते, २०८२ - २२:३३
रुकुमपूर्व, काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक र रुकुमपूर्वबाट प्रतिनिधि सभा सदस्यमा विजयी पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले नयाँ र पुरा...
फाल्गुन २२ गते, २०८२ - २२:१९
जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर मतदाताको समर्थन पाउँदै अग्रता कायम राखेको छ, तर जुम्लामा भने पूर्वसांसद विनिता कठायतको स्थिति ल...
फाल्गुन २२ गते, २०८२ - २२:१०
रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका ई. मोहन आचार्य विजयी भएका छन् । १० हजार ६५६ मत प्राप्त गर्दै आचार्य विजयी भएका ...
फाल्गुन २२ गते, २०८२ - २२:०२
सुनसरी । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा दोब्बर मतले पछाडि परेका छन् । रास्वपाका उम्मेदवार गोमा त...
फाल्गुन २२ गते, २०८२ - २१:५९
झापा । झापा–५ – प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत झापा–५ क्षेत्रको मतगणना जारी छ। पछिल्लो आधिकारिक मत परिणाम अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रा...
फाल्गुन २२ गते, २०८२ - २१:५०
काठमाडौं । काठमाडौं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित भएका छन् । उनले १८ हजार ७५७ मत ल्याएर निर्वाचित भएका हुुन् ।...
फाल्गुन २२ गते, २०८२ - २१:४६
ओखलढुङ्गा । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत ओखलढुङ्गा–१ को मतगणना जारी छ। प्रारम्भिक परिणामअनुसार नेकपा (एमाले)की उम्मेदवार अस्मिता थापाले अग्रता...
फाल्गुन २२ गते, २०८२ - २१:३५
धनकुटा । धनकुटामा श्रम संस्कृति पार्टीको अग्रता कायमै रहेको छ । मतान्तर घटे पनि धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवारको अग्रता कायमै रहेको हो । ...
फाल्गुन २२ गते, २०८२ - २०:३५
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतगणना अनुसार कोशी प्रदेशका ६ निर्वाचन क्षेत्रमा श्रम संस्कृती पार्टीले उल्लेखनीय अग्रता बनाएको छ । पाँच...



प्रतिकृया लेख्नुहोस्: