Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

५७ जिल्लामा फैलियो डेंगु, सचेतना अपनाउन आग्रह

खबरडबली संवाददाता

काठमाडौं। डेंगु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ। मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगु रोगको संक्रमण पनि बढ्न थालेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए। उनका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ।

उनले पानी पनि पर्न सुरु भएकाले डेङ्गुको जोखिम बढ्ने भएकाले सचेतना अपनाउन आग्रह गरे। “पानी पर्न थालेपछि डेंगु रोगको संक्रमण पनि बढ्छ”, उनले भने, “त्यसैले सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न पानी जम्न नदिने र लामखुट्टे मार्न अभियान सञ्चालन गर्नुपर्दछ ।”

गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो। उनका अनुसार यसपटक धेरैको सङ्ख्यामा कुनै पनि जिल्लामा सङ्क्रमण देखिएको छैन । उनले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिइसकेको बताए। डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेंगु लाग्दछ ।

“गर्मीसँगै पानी संकलन गरेर राख्ने गरिन्छ, त्यसरी संकलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ, सफा पानीमा त्यही लार्भा बन्ने र वयस्क भएपछि मानिसलाई टोक्ने गर्दछ”, उनले भने। डेंगु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन ।

लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनु हुँदैन।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy