Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

मस्को कन्सर्ट हलमा भएको घातक आक्रमणमा आइएसको संलग्नता रहेको रूसको स्वीकारोक्ति

खबरडबली संवाददाता

एजेन्सी । रूसले मार्चमा भएको मस्को कन्सर्ट हल आक्रमणमा इस्लामिक स्टेट (आईएस) को समन्वय रहेको पहिलो पटक बताएको छ । यो आक्रमण रूसमा दुई दशकमा भएको सबैभन्दा घातक आतङ्ककारी आक्रमण हो ।

“अनुसन्धानको क्रममा आतङ्कवादीहरूले आक्रमणको तयारी, वित्तीय सहयोग र आक्रमणमा अफगानिस्तान र पाकिस्तानमा सक्रिय आइएस शाखा खोरासान प्रान्त (आइएस–के) का सदस्यहरूले इन्टरनेटमार्फत समन्वय गरेको पुष्टि भएको रूसी सङ्घीय सुरक्षा सेवा (एफएसबी) का प्रमुख अलेक्जान्डर बोर्तनिकोभको भनाइलाई उद्धृत गरी आरआईए नोभोस्ती समाचार एजेन्सीले जानकारी गराएको छ । 

मार्च २२ मा भएको उक्त आक्रमणमा १४० भन्दा बढी मानिस मारिएका अनुसन्धान आइएसले गरिरहेको थियो । यसअघि मस्कोले बारम्बार युक्रेन र पश्चिमलाई आक्रमणमा जिम्मेवार रहेको आरोप लगाउदै आएको थियो ।  

बोर्तनिकोभले शुक्रबार आक्रमणमा युक्रेनी संलग्नतालाई समावेश गर्दै भने, “आक्रमणपछि आतङ्ककारीहरूलाई युक्रेनी सीमातिर जान स्पष्ट निर्देशनहरू प्राप्त भएको र त्यहाँबाट उनीहरूलाई भगाउने व्यवस्था गरिएको थियो ।”

युक्रेनले रूसको उक्त दावीको बारम्बार खण्डन गर्दै आएको छ । आक्रमणकारीहरूले भवनमा आगो लगाउनुअघि मस्कोको बाहिरी भागमा रहेको क्रोकस सिटी हल स्थलमा आक्रमण गरेका थिए ।  घटनासँग सम्बन्धित रहेको आशङ्कामा चार सन्दिग्ध आक्रमणकारीसहित एक दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । उनीहरू सबै अफगानिस्तानको उत्तरी सीमामा रहेको पूर्व सोभियत सङ्घबाट भिन्न भएको ताजकिस्तानका नागरिक हुन् । 

अमेरिकाले मार्चको सुरुमा रूसलाई सार्वजनिक रूपमा नै चरमपन्थीहरूले मस्कोमा ठूलो आक्रमण गर्ने योजना बनाइरहेको जानकारी घटनापूर्व नै दिएको थियो । अज्ञात अमेरिकी गुप्तचर अधिकारीहरूले घटनापश्चात अमेरिकी सञ्चारमाध्यममार्फत उनीहरूले मस्कोलाई आइएसले विशेष गरी क्रोकस सिटी हल आक्रमण गर्ने योजना बनाएको अग्रीम जानकारी गराएको बताएका थिए । 

रूसले ती चेतावनीहरूलाई नजरअन्दाज गर्‍यो । आक्रमणको तीन दिन अघि राष्ट्रपति भ्लादिमिर पुटिनले वासिङ्टनलाई ‘ब्ल्याकमेल’ गरेको र रूसीहरूलाई ‘तर्साउने’ प्रयास गरेको आरोप लगाएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending