Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८२ बिहीबार | 15th May, 2025 Thu
Investment bank

राष्ट्रिय ललितकला प्रदर्शनी मङ्गलबारदेखि

खबरडबली संवाददाता

काठमाडौँ । गणतन्त्र दिवसको सम्मान एवं स्मरणमा मङ्गलबारदेखि राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना गर्न लागिएको छ । 

नेपाली ललितकला क्षेत्रको महोत्सव एवं सबैभन्दा ठूलो कार्यक्रम मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी’को तयारी अन्तिम चरणमा पुगेको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवं प्रदर्शनी संयोजक लालकाजी लामाले जानकारी दिए। उनका अनुसार यसवर्ष पहिलोपटक सङ्घीयतालाई कार्यान्वयनस्वरुप प्रादेशिक ललितकला प्रदर्शनी सम्पन्न गरी त्यहाँबाट छनोट भएका कलाकृतिलाई ल्याएर काठमाडौँमा प्रदर्शन गर्ने अभ्यास हुँदैछ । 

“पहिलेपहिले प्रादेशिक रुपमा यसरी कार्यक्रम हुने थिएनन् । केन्द्रमा मात्रै कार्यक्रम हुने गरिएकामा यसवर्ष प्रदेशमा समेत प्रदर्शनी गरी त्यहाँ समावेश भएका कलाकृतिलाई छनोट गरेर केन्द्रमा प्रदर्शन गर्न लागिएको हो”, प्रदर्शनी संयोजक लामाले भने, सहिदका साथै विद्यार्थीको विधासमेत समेटेर पुरस्कार तथा सम्मान थप गरिएको पनि उनले जानकारी दिए ।

संयोजक लामाका अनुसार सात प्रदेशबाट छनोट भएर आएका कलाकृतिलाई निर्णायकबाट छनोट गरी प्रदर्शनमा राखिने छन् । यसवर्ष गणतन्त्र दिवसका दिनदेखि सुरु हुने प्रदर्शनी यही जेठ ३० गतेसम्म सञ्चालन हुनेछ । 

संयोजक लामाले भने, “पहिले केन्द्रमा प्रदर्शनी गर्दा ६० प्रतिशत कलाहरु वाग्मती प्रदेशका हुन्थे तर यसवर्ष सात प्रदेशबाटै कला समेटिएका छन् । विकट र दुर्गमका कलाकृतिले समेत स्थान पाउनेछ । कर्णालीका यसअघि आठ÷१० वटा कला सहभागी हुनेमा यसपटक ७०/८० वटासम्म कलाकृति आउन लागेको छन् ।” 

प्रदर्शनीमा चित्रकला, मूर्तिकला, हस्तकला, लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा पुरस्कार प्रदान गरिने उनले जानकारी दिए। लामाका अनुसार सिर्जनात्मक कलामा फोटोग्राफी, कार्टुन, क्यारिकेचर, इन्स्टलेसन, परफर्मेन्सलगायत विधाहरु रहेका छन् । यसभित्र रहेर हरेक प्रदेशमा दुईवटा पुरस्कार राखिएको छ ।

विधालाई समेटेर हरेक प्रदेशमा दुईवटा पुरस्कार दिइनेछ । सबै विधाबाट उत्कृष्टलाई एउटालाई पुरस्कार दिइने संयोजक लामाले जानकारी दिए। उनका अनुसार सबै गरेर आठवटा पुरस्कार एउटा प्रदेशले पाउनेछ । यसरी पुरस्कार प्राप्त गर्नका लागि भने हरेक विधामा कम्तीमा पाँचवटा सिर्जना समावेश भएको हुनुपर्ने प्रावधान रहेको लामाले बताए। उहाँले प्रदर्शनीले मौलिक परिचय र ज्ञान, त्यमसा आधारित सीप र आयआर्जनलाई बढोत्तरी दिन तथा पहिचान दिनका लागि महत्वपूर्ण मानिएको बताए।
 
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले लतिकला क्षेत्रको उन्नयन, संरक्षण संवर्द्धन, प्रवर्द्धन र पर्यटक विकासका लागि ललितकला प्रदर्शनी फलदायी हुने बताए। उनले ललितकलाको पुनर्जागरण गराउने गरी यसपालि काम थालिएको बताए । 

‘सामाजिक रुपान्तरण ललितकलाको अभियान’ भन्ने नाराका साथ आयोजना हुने प्रदर्शनीमा देशभरका करिब एक हजार कलाकृति समावेश गर्ने तयारी गरिएको छ । यसका लागि मल समिति र अन्य छवटा उपसमिति गठन गरी तयारी भइरहेका प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले छनोट भएर आउने भएकाले यसपालिको प्रदर्शनी उत्कृष्ट र महत्वपूर्ण हुने बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण र कार्यान्वयनको सुनिश्चितता गरिनेछ: उपप्रधानमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने बताएक...

महालेखाको ६२ औँ प्रतिवेदन सार्वजनिक: कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख

काठमाडौँ । महालेखा परीक्षक कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको छ ।  महालेखा परीक्षक तोयम रायाले बुधबार शि...

साफ यु–१९ फुटबल : भारतसँग नेपालको फराकिलो हार

काठमाडौँ। साफ यु–१९ च्याम्पियनसिपअन्तर्गत समूहको अन्तिम खेलमा नेपालले घरेलु टोली भारतसँग फराकिलो हार खेपेको छ ।  भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

इस्लामावाद। पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेका छन् । दुबै पक्षले आ–आफ्ना अधिकारीमाथि जासुसी ग...

सबैभन्दा धेरै बेरुजु अर्थ र भौतिक मन्त्रालयमा

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएको छ । महालेखा परीक्षकको ६२औं ...

लगातार तेस्रो दिन पनि घट्यो नेप्से

काठमाडौं । सातोको चौथो दिन अर्थात बुधबार नेप्से परिसूचक बुधबार पनि घटेको छ ।  नेप्से परिसूचक आज १३.९६ अंक घटेर २६२०.२७ विन्दुमा झरेको छ। सेन्सेटिभ ...

जलवायु परिवर्तन कुनै एक देशको मात्र समस्या हैन: परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यमा केन्द्रित हुने र यस...

आइसिसी विश्वकप लिग–२: नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोलीलाई बुधब...

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छ: अध्यक्ष राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले सङ्घीय सरकारले विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न माग गर्नुभ...

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल। दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ । मुख्यतया वृद्धवृद्धाहरूका लागि रोजगारीमा वृद्धिका कारण रोजगारीमा वृद्धि भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending