Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

राष्ट्रिय ललितकला प्रदर्शनी मङ्गलबारदेखि

खबरडबली संवाददाता

काठमाडौँ । गणतन्त्र दिवसको सम्मान एवं स्मरणमा मङ्गलबारदेखि राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना गर्न लागिएको छ । 

नेपाली ललितकला क्षेत्रको महोत्सव एवं सबैभन्दा ठूलो कार्यक्रम मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी’को तयारी अन्तिम चरणमा पुगेको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवं प्रदर्शनी संयोजक लालकाजी लामाले जानकारी दिए। उनका अनुसार यसवर्ष पहिलोपटक सङ्घीयतालाई कार्यान्वयनस्वरुप प्रादेशिक ललितकला प्रदर्शनी सम्पन्न गरी त्यहाँबाट छनोट भएका कलाकृतिलाई ल्याएर काठमाडौँमा प्रदर्शन गर्ने अभ्यास हुँदैछ । 

“पहिलेपहिले प्रादेशिक रुपमा यसरी कार्यक्रम हुने थिएनन् । केन्द्रमा मात्रै कार्यक्रम हुने गरिएकामा यसवर्ष प्रदेशमा समेत प्रदर्शनी गरी त्यहाँ समावेश भएका कलाकृतिलाई छनोट गरेर केन्द्रमा प्रदर्शन गर्न लागिएको हो”, प्रदर्शनी संयोजक लामाले भने, सहिदका साथै विद्यार्थीको विधासमेत समेटेर पुरस्कार तथा सम्मान थप गरिएको पनि उनले जानकारी दिए ।

संयोजक लामाका अनुसार सात प्रदेशबाट छनोट भएर आएका कलाकृतिलाई निर्णायकबाट छनोट गरी प्रदर्शनमा राखिने छन् । यसवर्ष गणतन्त्र दिवसका दिनदेखि सुरु हुने प्रदर्शनी यही जेठ ३० गतेसम्म सञ्चालन हुनेछ । 

संयोजक लामाले भने, “पहिले केन्द्रमा प्रदर्शनी गर्दा ६० प्रतिशत कलाहरु वाग्मती प्रदेशका हुन्थे तर यसवर्ष सात प्रदेशबाटै कला समेटिएका छन् । विकट र दुर्गमका कलाकृतिले समेत स्थान पाउनेछ । कर्णालीका यसअघि आठ÷१० वटा कला सहभागी हुनेमा यसपटक ७०/८० वटासम्म कलाकृति आउन लागेको छन् ।” 

प्रदर्शनीमा चित्रकला, मूर्तिकला, हस्तकला, लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा पुरस्कार प्रदान गरिने उनले जानकारी दिए। लामाका अनुसार सिर्जनात्मक कलामा फोटोग्राफी, कार्टुन, क्यारिकेचर, इन्स्टलेसन, परफर्मेन्सलगायत विधाहरु रहेका छन् । यसभित्र रहेर हरेक प्रदेशमा दुईवटा पुरस्कार राखिएको छ ।

विधालाई समेटेर हरेक प्रदेशमा दुईवटा पुरस्कार दिइनेछ । सबै विधाबाट उत्कृष्टलाई एउटालाई पुरस्कार दिइने संयोजक लामाले जानकारी दिए। उनका अनुसार सबै गरेर आठवटा पुरस्कार एउटा प्रदेशले पाउनेछ । यसरी पुरस्कार प्राप्त गर्नका लागि भने हरेक विधामा कम्तीमा पाँचवटा सिर्जना समावेश भएको हुनुपर्ने प्रावधान रहेको लामाले बताए। उहाँले प्रदर्शनीले मौलिक परिचय र ज्ञान, त्यमसा आधारित सीप र आयआर्जनलाई बढोत्तरी दिन तथा पहिचान दिनका लागि महत्वपूर्ण मानिएको बताए।
 
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले लतिकला क्षेत्रको उन्नयन, संरक्षण संवर्द्धन, प्रवर्द्धन र पर्यटक विकासका लागि ललितकला प्रदर्शनी फलदायी हुने बताए। उनले ललितकलाको पुनर्जागरण गराउने गरी यसपालि काम थालिएको बताए । 

‘सामाजिक रुपान्तरण ललितकलाको अभियान’ भन्ने नाराका साथ आयोजना हुने प्रदर्शनीमा देशभरका करिब एक हजार कलाकृति समावेश गर्ने तयारी गरिएको छ । यसका लागि मल समिति र अन्य छवटा उपसमिति गठन गरी तयारी भइरहेका प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले छनोट भएर आउने भएकाले यसपालिको प्रदर्शनी उत्कृष्ट र महत्वपूर्ण हुने बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगले बिहीबार निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...

ताप्लेजुङबाट तीन जनाले पाए समानुपातिक सांसदको अवसर

ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...

बसको ठक्करबाट नवलपुरमा स्कुटर चालकको मृत्यु

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...

कांग्रेस कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो ।  चुनाव...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...

अहिलेसम्म मन्त्रीपरिषद्को टुंगो लागेको छैन: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...

राई–लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा रवी लामिछानेले मागे माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: