काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्तिप्रक्रियाका बाँकी काम लाई जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिएकी छन् ।
बाइसौँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले जतिसक्दो चाँडो सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताइन् ।
“शान्ति प्रक्रियाका बाँकी काम अहिलेसम्म पनि टुङ्गोमा नपुग्नु दुःखको कुरा हो, ती शीघ्र टुङ्ग्याउनुपर्छ र पुर्याउनुपर्छ भन्नेमा हामी दृढ छौँ”, उनले भनिन् । शान्तिप्रक्रियासँग सम्बन्धित विषयलाई राजनीतिक मुद्दा बनाउन नहुने उहाँले बताउनुभयो । शान्तिप्रक्रियाका बाँकी कामलाई कुनै व्यक्ति, पार्टी वा पार्टीका नेताको मात्रभन्दा पनि समग्र मुलुकको शान्ति प्रक्रियाको रूपमा हेरिनुपर्ने बताउँदै उनले यो समग्र राज्यसत्ताको चासोको विषय भएकाले जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिइन् ।
सत्य निरुपणसँग सम्बन्धित विधेयकलाई जतिसक्दो चाँडो पारित गर्नुपर्ने उनले बताइन् । मन्त्री शर्माले भनिन्, “यदि साँच्चिकै कृष्ण सेनलाई न्याय दिने हो भने उहाँजस्ता बेपत्ता पारिएका सबै योद्धालाई न्याय दिने हो भने चाँडो विधेयक पारित हुनुपर्छ, विधेयक पारित भएपछि देशको शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्याउन सहज हुन्छ ।”
“कृष्ण सेन इच्छुकले देखाउनुभएको बाटो र उहाँको जसरी निष्ठा र धरोहरका रूपमा व्यक्तित्व बन्यो, त्यो व्यक्तित्वबाट हामीले धेरै सिक्न जरुरी छ, उहाँले देखाउनुभएको बाटोमा निरन्तर अगाडि बढ्न सकौँ”, उनले भनिन् । वर्तमान राजनीतिक व्यवस्था प्राप्तिका निम्ति भएको जनयुद्ध सफल बनाउन इच्छुकको अतुलनीय योगदान रहेको उनले बताइन् ।
हिरासतमा रहेका बेला इच्छुकलाई चरम यातनाबाट निधन भएको स्मरण गर्दै मन्त्री शर्माले देश सङ्घीय लोकतान्त्रिक गणतन्त्र बनेकामा गर्व गरिरहँदा कृष्ण सेन इच्छुकसहितका योद्धाहरूले गर्नुभएको योगदानको उच्च मूल्याङ्कन गर्नुपर्नेमा जोड दिइन् । “तर आजको दिनसम्म आइपुग्दा हामीले हाम्रो अवस्था परिवर्तन गर्न सकेका छौँ कि छैनौँ, कृष्ण सेनजस्ता महान् सहिदको सपना पूरा गर्न सकेका छौँ कि छैनौँ, हाम्रो अगाडि यो गम्भीर प्रश्न खडा भएको छ”, उनले भनिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: