Ntc summer Offer
Khabar Dabali २६ माघ २०८१ शनिबार | 8th February, 2025 Sat
Investment bank

‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार’ बराललाई

खबरडबली संवाददाता

काठमाडौं ।  यस वर्षको ‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार कोमलनाथ बराललाई प्रदान गरिने भएको छ । पूर्वराजदूत तथा ‘द राइजिङ नेपाल’ का पूर्वसम्पादक  युवनाथ लम्साल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का र पत्रकार दीपेन्द्र रावलको निर्णायकमण्डलले रु २५ हजार राशिको पुरस्कार राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष बराललाई प्रदान गर्ने निर्णय गरेको प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले जानकारी दिए ।
 
बुबा पूर्णदीप बराल र आमा मनमाया बरालका ७६ वर्षीय छोरा कोमलनाथ बराल कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं २६ मा जन्मिएका हुन् । नादेश साप्ताहिकका पूर्वसम्पादक बरालले विसं २०५६ मा राष्ट्रिय स्वाभिमान साप्ताहिकबाट पत्रकारिता सुरू गरेका थिएयो । उनी राससको दुई कार्यकाल अध्यक्ष भएका थिए । उनी हाल प्रेस सेन्टर नेपाल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय सल्लाहकार रहेकबा छन् । बरालले कृष्ण सेन ‘इच्छुक’सँग जनादेशको सम्पादकमा रहँदा सहकार्य गरेका थिए ।

यसैगरी ‘शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार धमेन्द्र कर्णलाई प्रदान गरिने भएको छ । प्रेस सेन्टर नेपालका केन्द्रीय सल्लाहकार र समयबोध साप्ताहिकका सम्पादक ५७ वर्षीय कर्ण जनकपुरधाम उपहानगरपालिका वडा नं १० मा जन्मिएका हुन् । बाबु निर्भय शङ्कर लाल कर्ण र आमा प्रभावतीदेवी कर्णका छोरा कर्णले विसं २०३६ देखि पत्रकारिता सुरू गरेका थिए । 

यस वर्षको ‘बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार मन्जिमा ढकाललाई प्रदान गर्ने निर्णय भएको सेन्टरका महासचिव पौडेलले जानकारी दिए । पत्रकार ढकाल हाल प्रेस सन्टर नेपालको गोरखापत्र शाखाको अध्यक्ष र सञ्चारिका समूह नेपालको केन्द्रीय सदस्य हुन् । उनीका बुबा राजेन्द्र ढकाललाई विसं २०५५ मा राज्यद्वारा बेपत्ता पारिएको थियो । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । पुरस्कार प्रेस सेन्टर नेपालको स्थापना दिवसका दिन आगामी माघ १५ गते प्रदान गरिनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बहुमूल्य भन्दै नक्कली पत्थर विक्री गर्ने तीन ठग पक्राउ

कास्की। बहुमूल्य पत्थर दिन्छु भनी विभिन्न प्रलोभन देखाई ठग्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका वडा नं.५ स्थायी घर ...

पर्वतमा निर्माणाधीन सडक योजनामा १६ करोड बजेट थप

पर्वत । पर्वतमा निर्माणाधिन पाँच वटा सडक योजनालाई पूर्णता दिनका लागि थप बजेट विनियोजन गरिएको छ । स्तरोन्नतिसहित कालोपत्रको काम भइरहेका सडक पूर्णरूप...

बिस्तारै उठ्दै थला परेको औषधी कम्पनी

नाफा र कमिसनमा रमाइरहेका निजी कम्पनी र औषधी पसलले फाइदा नहुने काम किन गर्थे ?

बिस्तारै उठ्दै थला परेको औषधी कम्पनी

नाफा र कमिसनमा रमाइरहेका निजी कम्पनी र औषधी पसलले फाइदा नहुने काम किन गर्थे ?

यस्तो छ तरकारी र फलफूलको आजको मूल्य

काठमाडौं।  कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थो...

यस्तो छ तरकारी र फलफूलको आजको मूल्य

काठमाडौं।  कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थो...

अन्तरिक्षमा भेटियो विशाल ब्ल्याक होल, जसले निल्न सक्छ १ अर्ब सूर्य

काठमाडौं  । ब्रह्माण्ड रहस्यले भरिएको छ। संसारभरका एजेन्सीहरूले यसबारे सधैभरी अनुसन्धान गरिरहेका हुन्छन र केही रहस्यहरू उजागर पनि गरिरहेका हुन्छन । ...

चार सय १८ वर्षदेखि विभेदमुक्त ‘श्रीवनारसीधाम’

काठमाडौं । बैतडीको अद्भूत श्रीवनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग शक्तिपीठ चार सय १८ वर्ष पहिले विभेदमुक्त छ। पाटन नगरपालिका वडा नम्बर ३ गुजरमा अवस्थित श...

चार सय १८ वर्षदेखि विभेदमुक्त ‘श्रीवनारसीधाम’

काठमाडौं । बैतडीको अद्भूत श्रीवनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग शक्तिपीठ चार सय १८ वर्ष पहिले विभेदमुक्त छ। पाटन नगरपालिका वडा नम्बर ३ गुजरमा अवस्थित श...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy