Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

खबरडबली संवाददाता
काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु  भएकाे छ । 
सुनसरीकाे बराहक्षेत्र नगरपालिका-२ करमखोला पुलस्थित सडकमा तेर्हआदीबाट चतरातर्फ जाँदै गरेको को.२८ प ४७५८ नम्बरको  मोटरसाइकल शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-२ सखुवागाछी बस्ने ३५ वर्षीय पुष्प बस्नेतको छोरा ७ वर्षीय अनुभब बस्नेतको मृत्यु भएको हाे । 
दुर्घटनामा गम्भीर घाइते भएका उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पुष्प बस्नेतको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सर्लाहीकाे बसबरिया गाउँपालिका-१ मानपुस्थित सडकमा प्र.२-०२-००१ त २२८० नम्बरको ट्याक्टरले किचेर धनकौल गाउँपालिका-३ हरकठवा बस्ने ३० वर्षीय सुरेश कुमार सिंहको शनिबार साँझ मृत्यु भएको छ । 
सोही सडकमा म.प्र ०३-०३०प ९८५८ नम्बरको मोटरसाइकल र हाल अल्फाबेट नखुलेको १६४३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएपश्चात मानपुर बजारबाट मानपुर व्यारेजतर्फ जाँदै गरेको उक्त ट्याक्टरले म.प्र ०३-०३०प ९८५८ नम्बरको मोटरसाइकल चालक सिंहलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । 
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 
मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-३ तिनताप्केस्थित सडकमा नेवारपानीबाट लेवटतर्फ जाँदै गरेको ना.१ ज ७५६० नम्बरको म्याजिक गाडीको ठक्करबाट पैदलयात्री सोही उपमहानगपालिका-१२ बनस्पति बस्ने ५५ वर्षीय श्याम बहादुर विकको शनिबार राति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएको उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 
यसैगरी मकवानपुरकै मनहरी गाउँपालिका-६ नयाँ बजारस्थित सडकमा ना.५ ख ७७२१ नम्बरको ट्रकले बा.प्र.-०३-००४ प ६९७३ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-८ कमाने बस्ने ४५ वर्षीय दिनेश कार्कीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
उदयपुरकाे उदयपुरगढी गाउँपालिका-६ दनुवार बेसीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएको अवस्थामा फेला परेकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ । 
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy