Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

सरकारले प्रतिपक्षको आवाज नसुने जस्तोसुकै चुनौतीको सामना गर्न कांग्रेस तयार छः नेता सिटाैला

सरकारले विपक्षलाई पेल्न खोजे कांग्रेस चुप नबस्ने चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले सरकारले संसदमा कांग्रेसले उठाएको सहकारीको एजेण्डामा पेलेर जान खोजे कांग्रेस सहेर नबस्ने चेतावनी दिएका छन् । गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिटौलाले यस्ताे बताएका हुन् ।

उनले सरकारको पेलेर जान चाहने प्रवृतिको विरोध गर्दै कांग्रेस आफ्नो मागमा नडगमगाउने र सरकारले प्रतिपक्षको आवाज नसुने जस्तोसुकै चुनौतीको सामना गर्न कांग्रेस तयार रहेको बताए । उनले भने, ‘सरकारले जनताको हितमा काम गर्नुपर्छ । जुन मैले सांकेतिक रुपमा भनेको छु, संविधानले जनतालाई दिएको हकहरुलाई प्रचलनमा ल्याउनुपर्छ । प्रतिपक्षले जनताको आवाज निरन्तर उठाउनुपर्छ । प्रतिपक्षले कुरा उठाएन प्रतिपक्ष सिध्दियो, सरकारले जनहितमा काम गरेन सरकार सिध्दियो ।’ उनले भने, ‘म दाबावको साथ भन्छु, प्रतिपक्षमा कांग्रेस मात्रै नभएर अन्य पार्टीले पनि साथ दिएका छन् । प्रतिपक्षले संसदमा जनताको आवाज बुलन्द गरेको छ । यसलाई सरकारले छिटै गम्भीरतापूर्वक लिन ढिलाई गरेको छ । सरकार यसमा पेलेरै जान खोज्छ भने हामी त्यो चुनौतीको सामना गर्न तयार छौं ।’

सरकारले सहकारी प्रकरणमा पेलेर जान खोजे कांग्रेसले नसहने भन्दै कडा रुपमा नेता सिटैलाले भने, ‘सरकार यही ढंगले जाने सोचमा छ भने कांग्रेस त्यसको लागी तयार छ । कांग्रेस सहेर बस्न सक्दैन । हामीले आफूमाथि अन्याय भएर होइन जनतामाथि अन्याय भएर कुरा उठाएको हो ।’

कांग्रेसको राष्ट्र निर्माणमा सबैलाई साथ लिएर हिँड्ने कल्चर भएको उल्लेख गर्दै नयाँ पुरानालाई लिएर कांग्रेस देश हाँक्न सक्षम भएको सिटौलाले धारणा राखे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy