काठमाडौं । शैक्षिक सत्र २०८० मा विद्यालय तहका विद्यार्थीको टिकाउ दर क्रमशः बढ्दै गएको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा प्रतिनिधिसभाको बैठकमा आज प्रस्तुत आर्थिक सर्वेक्षण, २०८०/८१ मा शैक्षिक सत्र २०८० मा कक्षा आठसम्मको टिकाउ दर ८६ दशमलव दुई प्रतिशत, कक्षा १० सम्मको टिकाउ दर ६९ दमशलव नौ प्रतिशत र कक्षा १२ सम्मको टिकाउ दर ३७ दशमलव दुई प्रतिशत पुगेको उल्लेख गरिएको छ ।
शैक्षिक सत्र २०७९ मा विद्यार्थीको टिकाउ दर कक्षा आठ, कक्षा १० र कक्षा १२ सम्म क्रमशः ८५ दशमलव सात, ३७ दशमलव तीन र ३५ दशमलव छ प्रतिशत रहेको थियो । प्रारम्भिक बाल विकास केन्द्र र पूर्व प्राथमिक कक्षा सञ्चालन बढेपछि औपचारिक शिक्षाको गुणस्तर वृद्धिमा योगदान पुगेको हो ।
सर्वेक्षणमा शैक्षिक सत्र २०८० मा माध्यमिक तह (९-१२) को खुद भर्नादर गत वर्षको भन्दा शून्य दशमलव पाँच प्रतिशतले बढेर ५७ दशमलव नौ पुगेको उल्लेख गरिएको छ । यसैगरी कक्षा १ मा खुद भर्नादर ९५ दशमलव सात तथा आधारभूत तह (१-५) मा ९५ दशमलव ५ र कक्षा १-८ मा ९५ दशमलव एक प्रतिशत रहेको छ ।
गत फागुनसम्ममा पूर्ण साक्षर घोषणा भएका जिल्लाको प्रतिशत ६४ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को कूल ग्रार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान आठ दशमलव पाँच प्रतिशत रहने अनुमान छ ।
गत आर्थिक वर्षमा आठ दशमलव तीन प्रतिशत रहेको थियो । यस अवधिमा शिक्षा क्षेत्रको कूल मूल्यवृद्धि दुई दशमलव सात प्रतिशतले विस्तार हुने अनुमान छ । गत आर्थिक वर्षमा तीन दशमलव नौ प्रतिशत रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: