विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता’ पेस भएको छ ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सिद्धान्त र प्राथमिकता पेस गर्दै यसको आधारमा बजेट विनियोजन गर्दा उत्पादनशील तथा परिणाममुखी आयोजना र कार्यक्रमलाई प्राथमिकता दिने रहेको बताए । उनले बजेट विनियोजन गर्दा स्रोतको सीमिततालाई दृष्टिगत गर्दै चाँडो प्रतिफल दिनसक्ने तयारी पूरा भएका आयोजन तथा कार्यक्रम छनौट गरिने बताए ।
मन्त्री मगरले बहुवर्षीय स्रोत सुनिश्चितता भएका आयोजनहरुमा पर्याप्त बजेट विनियोजन गर्ने जनाउँदै साधारण खर्चमा मितव्ययिता कायम गर्नेमा जोड दिए । उनले वाञ्छित सीमाभित्र राख्ने र वित्तीय अनुशासन कायम गर्न नीति लिने भन्दै अनुगमन प्रणालीलाई सुदृढ गरी बजेट कार्यान्वयनलाई बनाउने भने ।
उनले बजेट सिद्धान्त र प्राथमिकतालाई आधार मानेर पूर्वाधार विकास, पर्यटन, वन तथा वातावरण संरक्षण, कृषिको आधुनिकीकरण र व्यवसायीकरण, स्वास्थ्य सेवा तथा सामाजिक विकास, सहरकारी र गरिबी निवारण, औद्योगिक विकास र निजी क्षेत्रको प्रवद्र्धन, कानुनी शासन र विपद् व्यवस्थापन, सार्वजनिक वित्तीय व्यवस्थापन र सार्वजनिक सेवा प्रवाह र सुशासनमा बजेट केन्द्रित रहने बताए ।
बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री पदबाट हटेका १८ दिन बित्दा पनि पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री निवासको साँचो हस्तान्तरण नगरेकामा गुनासो व्यक्त गरे ।
उनले पूर्वमुख्यमन्त्री काठमाडौँ भैँसेपाटीस्थितका मुख्यमन्त्रीको सम्पर्क कार्यालयको पनि साँचो अहिलेसम्म नदिएकाले लोकतन्त्रलाई बलियो बनाउन र राजनीतिकलाई स्वच्छ बनाउन यस्तो प्रवृत्ति नदेखाउन आग्रह गरे । उनले प्रदेशका पूर्वप्रमुख न्यायाधिवक्ता रुपेश कोइराला र मुख्यमन्त्री सचिवालयका कर्मचारी विष्णु खनालले गरेको क्रियाकलाप प्रदेशसभाको सर्वोच्चतालाई अपमान गरेकाले कारबाही हुनुपर्ने भने ।
बैठकमा प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल, गीतादेवी रेग्मी, गोपाल विश्वकर्मा, तिलचन पाठक, रामदेव यादव र रोहित कार्कीले मुलुकको समसामयिक विषयमा बोलेका थिए । आजको बैठकमा नेपाली कांग्रेसतर्फका सबै प्रदेशसभा सदस्य अनुपस्थित रहेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: