विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता’ पेस भएको छ ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सिद्धान्त र प्राथमिकता पेस गर्दै यसको आधारमा बजेट विनियोजन गर्दा उत्पादनशील तथा परिणाममुखी आयोजना र कार्यक्रमलाई प्राथमिकता दिने रहेको बताए । उनले बजेट विनियोजन गर्दा स्रोतको सीमिततालाई दृष्टिगत गर्दै चाँडो प्रतिफल दिनसक्ने तयारी पूरा भएका आयोजन तथा कार्यक्रम छनौट गरिने बताए ।
मन्त्री मगरले बहुवर्षीय स्रोत सुनिश्चितता भएका आयोजनहरुमा पर्याप्त बजेट विनियोजन गर्ने जनाउँदै साधारण खर्चमा मितव्ययिता कायम गर्नेमा जोड दिए । उनले वाञ्छित सीमाभित्र राख्ने र वित्तीय अनुशासन कायम गर्न नीति लिने भन्दै अनुगमन प्रणालीलाई सुदृढ गरी बजेट कार्यान्वयनलाई बनाउने भने ।
उनले बजेट सिद्धान्त र प्राथमिकतालाई आधार मानेर पूर्वाधार विकास, पर्यटन, वन तथा वातावरण संरक्षण, कृषिको आधुनिकीकरण र व्यवसायीकरण, स्वास्थ्य सेवा तथा सामाजिक विकास, सहरकारी र गरिबी निवारण, औद्योगिक विकास र निजी क्षेत्रको प्रवद्र्धन, कानुनी शासन र विपद् व्यवस्थापन, सार्वजनिक वित्तीय व्यवस्थापन र सार्वजनिक सेवा प्रवाह र सुशासनमा बजेट केन्द्रित रहने बताए ।
बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री पदबाट हटेका १८ दिन बित्दा पनि पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री निवासको साँचो हस्तान्तरण नगरेकामा गुनासो व्यक्त गरे ।
उनले पूर्वमुख्यमन्त्री काठमाडौँ भैँसेपाटीस्थितका मुख्यमन्त्रीको सम्पर्क कार्यालयको पनि साँचो अहिलेसम्म नदिएकाले लोकतन्त्रलाई बलियो बनाउन र राजनीतिकलाई स्वच्छ बनाउन यस्तो प्रवृत्ति नदेखाउन आग्रह गरे । उनले प्रदेशका पूर्वप्रमुख न्यायाधिवक्ता रुपेश कोइराला र मुख्यमन्त्री सचिवालयका कर्मचारी विष्णु खनालले गरेको क्रियाकलाप प्रदेशसभाको सर्वोच्चतालाई अपमान गरेकाले कारबाही हुनुपर्ने भने ।
बैठकमा प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल, गीतादेवी रेग्मी, गोपाल विश्वकर्मा, तिलचन पाठक, रामदेव यादव र रोहित कार्कीले मुलुकको समसामयिक विषयमा बोलेका थिए । आजको बैठकमा नेपाली कांग्रेसतर्फका सबै प्रदेशसभा सदस्य अनुपस्थित रहेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: