Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

राप्रपा नेपालले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान संचालन गर्ने

खबरडबली संवाददाता

काठमाडौं । राप्रपा नेपालले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान संचालन गर्ने निर्णय गरेको छ । आइतबार बसेको राप्रपा नेपालको केन्द्रीय सम्पादन समिति र पदाधिकारीको संयुक्त बैठकले आगामी दिनमा भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान संचालन गर्ने तथा नागरिक आयोगको गठनलाई मुख्य माग बनाउने निर्णय गरेको हो । 

त्यस्तै बैठकले राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक २०८१ साल जेठ ३१ र ३२ गते काठमाण्डौंमा गर्ने निर्णय गरेको महामन्त्री एवं सचिवालय प्रमुख  भास्कर भद्राले जानकारी दिएका छन् । बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत राजनीतिक कार्यपत्रलाई परिमार्जन सहित केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने निर्णय गरेको उनले बताए ।

बैठकले गरेको निर्णय बारे जानकरी दिँदै उनले भने- 'भ्रष्टाचार अहिले देशमा महारोगको रुपमा फैलिएको छ । यो महारोगको निदान सामान्य उपचारबाट संभव देखिन्न । यसको निम्ति विद्यमान कानुनमा आमुल सुधारको साथै जनताप्रति उत्तरदायी रहने ‘उच्चस्तरीय भष्टाचार नियन्त्रण नागरिक आयोग’ खडा गरिनुपर्छ भन्ने राप्रपा नेपालको धारणा रहेको छ । आगामि दिनमा भ्रष्टाचार बिरुद्ध देशव्यापि अभियान संचालन गर्ने तथा नागरिक आयोगको गठन राप्रपा नेपालको मुख्य माग हुने बैठकले निर्णय गरेको छ ।'

त्यस्तै बैठकले राज्यको निकम्मापनको कारण कृषी क्षेत्र उपेक्षित हुनपुगेको प्रति बैठकले चिन्ता व्यक्त गर्दै कुनै बेला खाद्यान्न निर्यात गर्ने देश नेपाल अहिले तरकारी, फलफुल, मासु र खाद्यान्नमा समेत बिदेशी आयातको मुख ताक्नुपर्ने अवस्थामा पुगेको र असिमित संभावना हुँदाहुँदै पनि नीति निर्माताहरुको प्राथमिकतामा नपरेको कारण कृषी क्षेत्रले अपेक्षित प्रगति गर्न नसकेको निष्कर्ष निकालेको छ । 

राप्रपा नेपालले कृषी र भूमी व्यवस्थापनको ‘वैकल्पिक मोडेल’ तयार गरी जनसमक्ष लैजाने बैठकले निर्णय गरेको छ । राज्यले प्रतिशोध साधेर कसैमाथि पनि कुनै कार्वाही हुनु हुँदैन । तर, नागरिकता जस्तो अत्यन्त संवेदनशील विषयमा अनुसन्धान एवं सामान्य प्रशासनीक र न्यायिक कार्वाहीको प्रक्रिया अघि बढ्दा ‘लोकतन्त्र र प्रेस स्वतन्त्रता’ माथी आक्रमण भयो भन्दै कोलाहल गर्ने प्रवृत्तिले वर्तमान व्यवस्थाको कमजोर चरित्रलाई नै उदाङ्गो पारिदिएको छ । न्यायिक परिक्षणमा पुगि सकेको फौजदारी विषय वारे पुर्व राष्ट्रपति लगायत विभिन्न दलका नेताहरुले अदालतलाई दवाव र प्रभावमा पार्ने गरि मन्तव्य दिनु वर्तमान व्यवस्थाको विकृत मानसिकताको द्योतक हो भन्ने राप्रपा नेपालको ठहर रहेको छ । 

प्रतिपक्ष दलहरुको विरोध र नाराबाजीका बिच सुरक्षाकर्मीहरूको घेराबन्दीमा संसदको गतिविधि संचालन गर्नु स्थापित संसदीय परम्परा विपरित छ । प्रतिपक्षलाई निषेध गर्ने तथा संसदलाई बन्धक बनाउने यस्तो अभ्यास निरंकुशता र सर्वसत्तावादी प्रवृत्ति हो भन्दै यस्तो कार्यले भविष्यमा गलत नजिर बस्न जाने र अनाबश्यक मुठभेढ अन्त गरी सहमति र सम्वादबाट समस्याको समाधान खोज्न राप्रपा नेपाल सम्बद्ध सबैमा आग्रह गर्दछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending