काठमाडौं । राप्रपा नेपालले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान संचालन गर्ने निर्णय गरेको छ । आइतबार बसेको राप्रपा नेपालको केन्द्रीय सम्पादन समिति र पदाधिकारीको संयुक्त बैठकले आगामी दिनमा भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान संचालन गर्ने तथा नागरिक आयोगको गठनलाई मुख्य माग बनाउने निर्णय गरेको हो ।
त्यस्तै बैठकले राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक २०८१ साल जेठ ३१ र ३२ गते काठमाण्डौंमा गर्ने निर्णय गरेको महामन्त्री एवं सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिएका छन् । बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत राजनीतिक कार्यपत्रलाई परिमार्जन सहित केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने निर्णय गरेको उनले बताए ।
बैठकले गरेको निर्णय बारे जानकरी दिँदै उनले भने- 'भ्रष्टाचार अहिले देशमा महारोगको रुपमा फैलिएको छ । यो महारोगको निदान सामान्य उपचारबाट संभव देखिन्न । यसको निम्ति विद्यमान कानुनमा आमुल सुधारको साथै जनताप्रति उत्तरदायी रहने ‘उच्चस्तरीय भष्टाचार नियन्त्रण नागरिक आयोग’ खडा गरिनुपर्छ भन्ने राप्रपा नेपालको धारणा रहेको छ । आगामि दिनमा भ्रष्टाचार बिरुद्ध देशव्यापि अभियान संचालन गर्ने तथा नागरिक आयोगको गठन राप्रपा नेपालको मुख्य माग हुने बैठकले निर्णय गरेको छ ।'
त्यस्तै बैठकले राज्यको निकम्मापनको कारण कृषी क्षेत्र उपेक्षित हुनपुगेको प्रति बैठकले चिन्ता व्यक्त गर्दै कुनै बेला खाद्यान्न निर्यात गर्ने देश नेपाल अहिले तरकारी, फलफुल, मासु र खाद्यान्नमा समेत बिदेशी आयातको मुख ताक्नुपर्ने अवस्थामा पुगेको र असिमित संभावना हुँदाहुँदै पनि नीति निर्माताहरुको प्राथमिकतामा नपरेको कारण कृषी क्षेत्रले अपेक्षित प्रगति गर्न नसकेको निष्कर्ष निकालेको छ ।
राप्रपा नेपालले कृषी र भूमी व्यवस्थापनको ‘वैकल्पिक मोडेल’ तयार गरी जनसमक्ष लैजाने बैठकले निर्णय गरेको छ । राज्यले प्रतिशोध साधेर कसैमाथि पनि कुनै कार्वाही हुनु हुँदैन । तर, नागरिकता जस्तो अत्यन्त संवेदनशील विषयमा अनुसन्धान एवं सामान्य प्रशासनीक र न्यायिक कार्वाहीको प्रक्रिया अघि बढ्दा ‘लोकतन्त्र र प्रेस स्वतन्त्रता’ माथी आक्रमण भयो भन्दै कोलाहल गर्ने प्रवृत्तिले वर्तमान व्यवस्थाको कमजोर चरित्रलाई नै उदाङ्गो पारिदिएको छ । न्यायिक परिक्षणमा पुगि सकेको फौजदारी विषय वारे पुर्व राष्ट्रपति लगायत विभिन्न दलका नेताहरुले अदालतलाई दवाव र प्रभावमा पार्ने गरि मन्तव्य दिनु वर्तमान व्यवस्थाको विकृत मानसिकताको द्योतक हो भन्ने राप्रपा नेपालको ठहर रहेको छ ।
प्रतिपक्ष दलहरुको विरोध र नाराबाजीका बिच सुरक्षाकर्मीहरूको घेराबन्दीमा संसदको गतिविधि संचालन गर्नु स्थापित संसदीय परम्परा विपरित छ । प्रतिपक्षलाई निषेध गर्ने तथा संसदलाई बन्धक बनाउने यस्तो अभ्यास निरंकुशता र सर्वसत्तावादी प्रवृत्ति हो भन्दै यस्तो कार्यले भविष्यमा गलत नजिर बस्न जाने र अनाबश्यक मुठभेढ अन्त गरी सहमति र सम्वादबाट समस्याको समाधान खोज्न राप्रपा नेपाल सम्बद्ध सबैमा आग्रह गर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: