Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

फाइल फोटो
खबरडबली संवाददाता

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्याकालीन सफारीको सम्भावना रहेकाले यसको अध्ययन तथा व्यवस्थापनका लागि डिभिजन वन कार्यालय सक्रिय भएको छ ।

यहाँका सामुदायिक वनसँग आम्दानी र जैविक पर्यटनलाई जोड्न कार्यालयले अध्ययन थालेको हो । सोहीअनुरूप मङ्गलबार डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यसहित भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा वातावरण विज्ञान अध्ययनरत विद्यार्थी, शिक्षक, संरक्षणकर्मी तथा नेचर गाइडहरूको टोलीले सो क्षेत्रमा पदयात्रा (हाइकिङ) गरी अध्ययन र अवलोकन अघि बढाएको छ ।

पदयात्रा क्रममा यहाँ आवश्यक पूर्वाधार, वन्यजन्तु, चराचुरुङ्गी, वनस्पति, सुरक्षा व्यवस्था र भ्यू पोइन्ट व्यवस्थापनको अवलोकन गरिएको थियो । जिल्लाको इच्छाकामनाबाट सुरु हुने खगेरी खोला सिँचित क्षेत्रले जैविक पर्यटनका लागि सम्भावना प्रदान गरेको हुँदा यस क्षेत्रमा पदयात्रा र सन्ध्याकालीन सफारी महत्त्वपूर्ण कार्य हुने सरोकारवालाहरूले बताएका छन् ।

डिभिजन प्रमुख आचार्यले यस विकासका लागि दूरदृष्टिसहित योजना बनाएर अघि बढेको बताउँदै उनले भने, “चितवनको पर्यटन भन्नासाथ सौराहा र कसरा मात्रै हेर्ने गरिन्छ, तर डिभिजन वन कार्यालयको क्षेत्राधिकारभित्र रहेका सामुदायिक वन क्षेत्र राम्रो पर्यटन गन्तव्य हुन सक्छन् ।” उनले उक्त क्षेत्र ताल–तलैया, घाँसे मैदानको अवस्थाका कारण वन्यजन्तु व्यवस्थापन र पर्यटनका लागि नेपालको एउटा महत्त्वपूर्ण गन्तव्य बन्न सक्ने बताए ।

पर्यटनका लागि जिप सफारी सञ्चालन गरिएको छ । त्यहाँ हाइकिङ र सन्ध्याकालीन सफारी पनि गर्न सकिन्छ । यस क्षेत्रमा सन्ध्याकालीन सफारीका लागि नयाँ अभ्यास गर्न सकिन्छ । निकुञ्जमा सन्ध्याकालीन सफारी सम्भव नभएकाले यहाँ साँझको समयमा वन्यजन्तु अवलोकन गर्न सफारी सञ्चालन गर्न सकिने डिभिजन प्रमुख आचार्यले जानकारी दिए। सोहीअनुसार कार्य योजना तयार पार्न लागिएको उनले बताए ।

चर्तुमुखी सामुदायिक वनका अध्यक्ष हरिकुमार गुरुङले सामुदायिक वनले रुख–दाउरा मात्रै बिक्री गरेर नभई फरक ढङ्गले पर्यटन प्रवर्द्धनमार्फत आम्दानी गर्ने उद्देश्यले जिप सफारी तथा पर्यटन गतिविधिलाई प्राथमिकताका साथ अघि बढाएको बताए। उनले वन कार्यालयसँगको समन्वयमा हाइकिङको सम्भावना अध्ययन गरिएको र यसबाट क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । अध्यक्ष गुरुङका अनुसार यहाँ पर्यटकले रात बिताउन सक्ने गरी मचानघर निर्माण समेत गरिएको छ ।

उक्त क्षेत्रबाट बाघ, गैँडा लगायतका वन्यजन्तु अवलोकन गर्न सकिने तथा विभिन्न चराचुरुङ्गीसमेत देख्न पाइने उहाँले बताउनुभयो । डिभिजन वन कार्यलयले पर्यटन प्रवर्द्धनका लागि हौसला थप्दै सक्रियता देखाएकामा खुसी व्यक्त गर्दै, यस क्षेत्रको पर्यटन विकासका लागि आफूहरू सक्रिय रहने अध्यक्ष गुरुङले बताए ।

पञ्चकन्या सामुदायिक वनका अध्यक्ष कृष्णिप्रसाद बगालेले यहाँ सिमसार क्षेत्र, सिसौ वन, साल वन, खयर लगायत विभिन्न जडीबुटी भएको जङ्गल रहेको बताए । उनले यो क्षेत्र राजमार्ग र सौराहा नजिक रहेकोले पर्यटकका लागि थप आकर्षक गन्तव्य हुन सक्ने बताए । 

अध्यक्ष बगालेका अनुसार गत पुसदेखि यहाँ जिप सफारी सञ्चालन गरिएको छ र त्यसको सफलता देखिएकाले अब हाइकिङ र सन्ध्याकालीन जिप सफारीको सम्भावना छ । यसले पर्यटकका लागि नयाँ गन्तव्य सिर्जना गर्ने र वन उपभोक्ताका लागि थप आयको स्रोत बन्ने छ । पञ्चकन्या, चर्तुमुखी र भीमवली सामुदायिक वनमा सन्ध्याकालीन जिप सफारीको सम्भावना रहेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending