कर्णाली । नेपाली कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको आज बसेको बैठक स्थगित भएको छ ।
प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको तेस्रो बैठक स्थगित भएको हो । बैठकको सुरुमै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य सुरेश अधिकारीले चालु आव २०८०/८१ का लागि सार्वभौम सदनले पारित गरेका योजना कार्यान्वयन ल्याउनभन्दा सरकारले रोकेको जनाउँदै विरोध जनाए ।
उनले भने, “रु १५ लाखका योजना जिल्लामा लगत अनुमान भई कार्यान्वयनका लागि सम्झौता गर्दासमेत रोकिएका छन् । रातो किताब आएका योजना के–कति कारणले रोकिएका हुन् ? सरकारले स्पष्ट कारणसहितको जवाफ दिनुपर्छ ।”
धेरै जसो जिल्लामा सहमति बेगर पनि रु १०–१५ लाखका सञ्चालन भएर सम्पन्न भइसकेको तर भद्र सहमति कार्यान्वयनमा नआएको भन्दै सदस्य अधिकारीले सार्वभौम सदनबाट पारित भई स्रोत सुनिश्चितता भएका र रातो किताबमा आएका योजना कार्यान्वयनमा ल्याउन सरकारलाई आग्रह गरे ।
रातो किताब आएका तर अहिले अगाडि बढ्न नदिएका योजना सञ्चालन नहुन्जेल र कांग्रेसले राखेका माग सरकारले यथाशीघ्र सम्बोधन नगरेसम्म सदनका काम कारवाही अगाडि बढ्न नदिने अडान राखेर सभा अवरुद्ध गरेपछि सभामुख नन्दा गुरुङले आजको बैठक स्थगित भएको जानकारी गराइन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: