काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेपाली कांग्रेसले एमाले र एमाले अध्यक्षविरुद्ध लगाएको आधारहीन लाञ्छनाप्रति माफी माग्नुपर्ने बताएका छन् । बालुवाटारमा भएको शिर्ष नेताहरुरुको छलफलपछि उनले यस्तो बताएका हुन् ।
उनले छलफलपछि पनि कांग्रेस कुनै सहमतिको पक्षमा नरहेको बताए । उनले भने, ‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले संकेत गरिरहेका छन्। अनुचित र पूर्वाग्रह आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ। एमालेका विरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेको छ। यस्तो लाञ्छनाबाट पछि हट्न आवश्यक छ। कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैन भने हामी प्रतिवादमा उत्रिन्छौँ।’
कांग्रेसले एमालेका विरुद्ध गरेको अराजनीतिक आरोपको लिखित रूपमा सार्वजनिक रूपमा माफी माग्नुपर्ने उनको भनाइ छ । पछिल्लो समय कांग्रेस नेताहरुले सत्ता साझेदार सबैभन्दा ठूलो दल एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर प्रहार तीब्र बनाएका छन् ।
आइतवार विरोध प्रदर्शनमा पनि ओलीविरुद्ध नाराबाजी गरिएको थियो भने महामन्त्री विश्वप्रकाश शर्मालगायतले गिरीवन्धु टी स्टेट प्रकरणलाई लिएर ओलीमाथि आरोप लगाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८१ - ०५:५२
काठमाडौं । काठमाडौं उपत्यकाको मेयर्स फोरमले कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनमा शोक बिदा दिने निर्णय गरेको छ । फोरमले उपत्यकाभरका प...
श्रावण ११ गते, २०८१ - १५:५७
काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछ...
श्रावण ११ गते, २०८१ - १५:५२
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आफूले हालेको मुद्दालाई थप अगाडि नबढाउने गौशाला २६ ले निर्णय लिएपछि उब्जेको प्रश्न हो, के अब यो मुद्दा समाप्...
श्रावण ११ गते, २०८१ - १५:३९
काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भई उपचार भइरहेको क्याप्टेन मनिष शाक्यलाई न्यूरो सघन उपचार कक्ष (आईसीयू) बाट बाहिर सारिएको छ । क्या...
श्रावण ११ गते, २०८१ - १५:३३
ललितपुर । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ऐतिहासिक राजनीतिक परिवर्तनलाई आर्थिक विकास र समृद...
श्रावण ११ गते, २०८१ - १५:३०
काठमाडौं । गौशाला-२६ ले सन्दीप लामिछानेविरुद्ध मुद्धा अगाडी नबढाउन निवेदन दिएकी छन् । गौशाला-२६ ले सरकारी वकिलको कार्यालयमा आफैले निवेदन लेखेर सन्दीप...
श्रावण ११ गते, २०८१ - १५:२६
काठमाडौं । भारी वर्षापछि आएको बाढीले नदी किनारमा निम्त्याएको कटानबाट शुक्रबार जापानमा कम्तीमा तीनजना बेपत्ता भएको र हजारौं स्थानीयलाई उक्त स्थानबाट सु...
श्रावण ११ गते, २०८१ - १५:२२
काठमाडौं । सौर्य एयरलाइन्सले जहाज दुर्घटनामा स्थापनाकालदेखि काम गर्दै आएका सहयोगीहरू गुमाएकोमा दुस्ख व्यक्त गर्दै परिवारजनलाई कम्पनीकोतर्फबाट हुन सक्न...
श्रावण ११ गते, २०८१ - १५:१२
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को छपाइलाई तीव्रता दिएको छ । जेठको दोस्रो सातादेखि दैनिक तीन शिफ्टमा २४ घ...
श्रावण ११ गते, २०८१ - १३:५४
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसाय मैत्री मौद्रिक निती ल्याएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले शि...
प्रतिकृया लेख्नुहोस्: