Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

तेस्रो जनआन्दोलनको तयारी गरौं, राष्ट्रपतीय प्रणालीमा जानुको विकल्प छैन: प्रभु साह

खबरडबली संवाददाता

काठमाडौं । वर्तमान शासन व्यवस्थालाई फालेर राष्ट्रपतीय प्रणालीमा जानुपर्नेमा वक्ताहरूले जोड दिएका छन् । मंगलबार काठमाडौंमा आम जनता पार्टी (आजपा) ले ‘गणतन्त्र कस्को, दलको कि जनताको ?’ विषयक सर्वपक्षीय अन्तरक्रियामा बोल्ने वक्ताहरूले तेस्रो जनाआन्दोलन् गरेर भए पनि यो व्यवस्था बदल्नुपर्ने बताएका छन् ।

कार्यक्रममा आजपा अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले ठूलो बलिदानीबाट प्राप्त गणतन्त्र मुट्ठीभरको स्वार्थमा सीमित भएकोले यसको विकल्प खोज्न जरुरी भएको बताए ।
अहिले देशमा वर्तमान व्यवस्था जनताको पक्षमा नरहेको बताउँदै साहले भने, ‘आम जनता लाचार, तर दलका नेता र तिनका सीमित आसेपासेहरू मालामाल रहेको कहालीलाग्दो स्थितिलाई हामीले कहिलेसम्म सहने ?’ वर्तमान लुटकारी चरित्रको दलाल दलतन्त्र र भगौडा पुँजीवादी व्यवस्थाको भण्डाफोर गर्नुपर्नेमा अध्यक्ष साहको जोड छ । 

‘यो विकृत संसदीय व्यवस्थाको समूल नष्ट गर्दै आम जनताको सर्वोच्चतासहितको शासन–सत्ता ल्याउन तेस्रो जनआन्दोलनको अपिल गर्दछौं,’ उनले भने ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धमेन्द्र बास्तोलाले वर्तमान संसदीय व्यवस्था दलालहरूको कब्जामा रहेको जिकिर गर्दै यसको निकासका लागि विद्रोह गर्नुपर्ने धारणा राखे । बास्तोलाले अहिलेको खिचडी र स्वार्थ केन्द्रित व्यवस्थामा रहेर देश बर्बादभन्दा केही नहुने दाबी गरे । ‘यसको परिधिमा रहेर प्रचण्ड, केपी, प्रभु साह वा स्वयम् म आफैं भए पनि केही हुनेवाला छैन,’ बास्तोलाले भने ।

नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले वर्तमान न्याय प्रणाली र देशको शासन प्रणाली जनमुखी नरेकोले यसमा व्यापक संशोधन र सुधार गर्नुपर्नेमा जोड दिए । अध्यक्ष घिमिरेले हरेक नेता तथा कार्यकर्ता दलभन्दा माथि उठेर देश र जनताको पक्षमा लाग्नुपर्ने समेत सुझाए ।

प्रा.डा. सुरेन्द्र केसीले जनताले ठूलो त्याग तपस्या गरेर ल्याएको गणतन्त्रलाई दलहरुले निश्चित वर्गको लुटको स्वर्ग बनाउने आधार बनाएको आरोप लगाएका छन् । उनले भारतमा संविधान निर्माण गर्दा ६ करोड लागेको तर नेपालको संविधान बानाउन अर्बौं–अर्ब लाग्नु दुःखद् भएको बताउँदै भने, ‘संविधान निर्माण गर्दाखेरी नै देश कंगाल बनाउने आधार खडा भइसकेको थियो ।’

एक अर्को प्रसंगमा डा.केसीले वर्तमान विज्ञान र प्रविधिको विकासले हरेकको हातहातमा मोबाइल भएपछि ठूला कर्पोरेट मिडिया आवश्यक नरहेको समेत बताउँदै भने, ‘ठूला भनिएका मिडियामा जनताको विश्वास उडेपछि किन चाहियो कान्तिपुरजस्ता मिडिया ?’

नगरिक अगुवा सुन्दरमणि दिक्षितले जन आन्दोलनमार्फत राजा फालेर ल्याइएको गण्तन्त्रमा पनि अनगिन्ती छोटे राजाहरूले देशलाई असफल बनाउन लागेको आरोप लगाए । संसदीय व्यवस्थामा संसद मन्दिरतुल्य भए पनि अहिले त्यसलाई माजाक बनाइरहेकोप्रति रोष प्रकट गर्दै दिक्षितले भने, ‘अहिले सत्ता र प्रतिपक्ष कोही पनि जिम्मेवार देखिएनन्, त्यसैले विद्रोह गरेर भए पनि यो व्यवस्था खारेज गरेर राष्ट्रपतीय प्रणालीमा जानुपर्छ ।’

उनले लोकतन्त्रको सुन्दर पक्ष प्रेस स्वतन्त्रता भए पनि कैलाश सिरोहियालाई गिरफ्तार गरेर वर्तमान सरकारले शाही सत्ताको झल्को दिएको आरोपसमेत लगाए । उनले देशको प्रमुख दुष्मन भ्रष्टाचार भएको र संविधान संशोधन गरेर भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्नु पर्ने पनि बताए ।

आमजनता पार्टीका वरिष्ठ उपाध्यक्ष तिलक थापामगारले वर्तमान शासन व्यवस्थाले देशलाई दिनप्रति दिन कमजोर बनाउँदै लगेको जिकिर गर्दै तेस्रो जनाआन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिए । किराँत स्वायत्त प्रदेश संघर्ष समिति संयोजक नगेन्द्र राईले जनयुद्ध र जनाआन्दोलनबाट पहिचानको मुद्दालाई स्थापित गरे पनि पछिल्लो समयमा त्यसको विरुद्धमा मुख्य दलहरू लागेको आरोप लगाए ।

आम जनतापार्टी उपत्यका विशेष कमिटी अध्यक्ष देवी पण्डितले सभाअध्यक्षता गरेको कार्यक्रमलाई पार्टी प्रवक्ता चन्द्रभुषण साहले सञ्चालन गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: