काठमाडौं । ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान) ले पर्यटन प्रवर्द्धनका लागि काठमाडौँको नयाँ पदमार्गमा ‘हाईकिङ’ गरेको छ। टानले आफ्नो ४६औँ स्थापना दिवसका अवसरमा आज दक्षिणकाली नगरपालिका-१ बोसनदेखि चम्पादेवी डाँडासम्म हाईकिङ गरेको हो ।
उक्त हाइकिङको काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसीले शुभारम्भ गरे। कार्यक्रममा नेता केसीले नेपाल आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्वपूर्ण गन्तव्य भएकाले यसको विकासमा सरकार लाग्नुपर्ने बताए। “ट्रेकिङ र हाईकिङले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नुका साथै स्वास्थ्यलाई फाइदा पुग्छ”, नेता केसीले भने।
उनले पर्यटन व्यवसायले राष्ट्रको आयआर्जनमा समेत ठूलो सहयोग पुगेको उल्लेख गरे । नेपाल हाईकिङका लागि सुरक्षित गन्तव्य भएको उनको भनाइ थियो । पूर्वमन्त्री केसीले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण काठमाडौँ वरपरको क्षेत्रलाई पर्यटन प्रवर्द्धन गर्नका लागि पर्यटन व्यवसायीहरु लाग्नुपर्ने बताए।
टानका अध्यक्ष निलहरि बाँस्तोलाले प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको धनी काठमाडौँ वरपरको क्षेत्रलाई मण्डला सर्किटका रुपमा विकास गर्न सके राजधानी काठमाडौँको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले पर्यटन प्रवर्द्धनमा काठमाडौँको अन्य स्थानको तुलनामा कीर्तिपुर र दक्षिणकाली क्षेत्र बत्तीमुनिको अँध्यारो जस्तो भएको उल्लेख गरे। दक्षिणकाली र कीर्तिपुर क्षेत्रको पर्यटन प्रवर्द्धनमा टान स्थानीय सरकारसँग हातेमालो गर्न तयार रहेको उनको भनाइ थियो।
स्थानीय तहको गठनसँगै विकासका नाममा जथाभावी मोटरबाटो खन्दा पदमार्गहरु मासिँदै गएकाले टानले नयाँ गन्तव्यको खोजीलाई तीव्रता दिएको छ।
टानले भर्खरै सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका, काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका, धादिङको गङ्गाजमुना गाउँपालिका, गोरखा र लमजुङका पाँच स्थानीय तहलाई जोड्नका लागि नयाँ पदमार्ग निर्माण सम्पन्न गरिसकेको टानका महासचिव विनोद सापकोटाले जानकारी दिए।
‘हाइकिङ’मा बागमती प्रदेशका पूर्वसंस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतलगायत पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाका अध्यक्ष, पदाधिकारी एवं सदस्यको सहभागिता रहेको थियो ।
टानको स्थापना दिवसका अवसरमा आजै बोसनदेखि चम्पादेवी डाँडासम्म एक सय ५० भन्दा बढी पर्यटन व्यवसायीले हाईकिङ गरेका छन्। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८२ - ०९:३०
काठमाडौँ । रूपन्देही जिल्ला अदालतको आदेशले थुनामुक्त भएको एक महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सङ्गठित अ...
माघ २ गते, २०८२ - ०९:२४
भक्तपुर । भक्तपुरका बौद्ध धर्मावलम्बीहरूले दानमध्येको महादान मानिने 'सम्यक दान पर्व' हर्षोल्लासका साथ मनाउँदै छन्। नेपाल संवत् ७८७ भन्दा अघिदे...
माघ २ गते, २०८२ - ०९:१९
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चा...
माघ २ गते, २०८२ - ०८:२६
काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्...
माघ २ गते, २०८२ - ०८:१९
नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि...
माघ २ गते, २०८२ - ०८:०७
काठमाडौं । सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्त...
माघ २ गते, २०८२ - ०७:५०
काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेक...
माघ २ गते, २०८२ - ०७:४०
काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रु...
माघ २ गते, २०८२ - ०७:३५
चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरल...
माघ २ गते, २०८२ - ०७:१९
काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हु...




प्रतिकृया लेख्नुहोस्: