Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

काठमाडौंको नयाँ पदमार्गमा ‘हाइकिङ’

खबरडबली संवाददाता

काठमाडौं । ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान) ले पर्यटन प्रवर्द्धनका लागि काठमाडौँको नयाँ पदमार्गमा ‘हाईकिङ’ गरेको छ। टानले आफ्नो ४६औँ स्थापना दिवसका अवसरमा आज दक्षिणकाली नगरपालिका-१ बोसनदेखि चम्पादेवी डाँडासम्म हाईकिङ गरेको हो ।

उक्त हाइकिङको काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसीले शुभारम्भ गरे। कार्यक्रममा नेता केसीले नेपाल आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्वपूर्ण गन्तव्य भएकाले यसको विकासमा सरकार लाग्नुपर्ने बताए। “ट्रेकिङ र हाईकिङले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नुका साथै स्वास्थ्यलाई फाइदा पुग्छ”, नेता केसीले भने।

उनले पर्यटन व्यवसायले राष्ट्रको आयआर्जनमा समेत ठूलो सहयोग पुगेको उल्लेख गरे । नेपाल हाईकिङका लागि सुरक्षित गन्तव्य भएको उनको भनाइ थियो । पूर्वमन्त्री केसीले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण काठमाडौँ वरपरको क्षेत्रलाई पर्यटन प्रवर्द्धन गर्नका लागि पर्यटन व्यवसायीहरु लाग्नुपर्ने बताए।

टानका अध्यक्ष निलहरि बाँस्तोलाले प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको धनी काठमाडौँ वरपरको क्षेत्रलाई मण्डला सर्किटका रुपमा विकास गर्न सके राजधानी काठमाडौँको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले पर्यटन प्रवर्द्धनमा काठमाडौँको अन्य स्थानको तुलनामा कीर्तिपुर र दक्षिणकाली क्षेत्र बत्तीमुनिको अँध्यारो जस्तो भएको उल्लेख गरे। दक्षिणकाली र कीर्तिपुर क्षेत्रको पर्यटन प्रवर्द्धनमा टान स्थानीय सरकारसँग हातेमालो गर्न तयार रहेको उनको भनाइ थियो।

स्थानीय तहको गठनसँगै विकासका नाममा जथाभावी मोटरबाटो खन्दा पदमार्गहरु मासिँदै गएकाले टानले नयाँ गन्तव्यको खोजीलाई तीव्रता दिएको छ। 

टानले भर्खरै सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका, काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका, धादिङको गङ्गाजमुना गाउँपालिका, गोरखा र लमजुङका पाँच स्थानीय तहलाई जोड्नका लागि नयाँ पदमार्ग निर्माण सम्पन्न गरिसकेको टानका महासचिव विनोद सापकोटाले जानकारी दिए।

‘हाइकिङ’मा बागमती प्रदेशका पूर्वसंस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतलगायत पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाका अध्यक्ष, पदाधिकारी एवं सदस्यको सहभागिता रहेको थियो । 

टानको स्थापना दिवसका अवसरमा आजै बोसनदेखि चम्पादेवी डाँडासम्म एक सय ५० भन्दा बढी पर्यटन व्यवसायीले हाईकिङ गरेका छन्। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending