एजेन्सी । स्पेन, नर्वे र आयरल्यान्डले प्यालेस्टिनी राज्यलाई मान्यता दिएपछि स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार मेड्रिडमा प्यालेस्टिनी प्रधानमन्त्री मोहम्मद मुस्तफा र मध्यपूर्वका धेरै मुलुकका प्रमुख अधिकारीहरूसँग भेटवार्ता गरेका छन् ।
मङ्गलबार तीन पश्चिमी युरोपेली मुलुकको कूटनीतकि कदमको इजराइलले आलोचना गरेको थियो । गाजामा यसले भीषण युद्धमा तत्काल थोरै प्रभाव पार्नेछ । तर तीन युरोपेली मुलुकको कदम प्यालेस्टिनीहरूका लागि जित थियो र अन्य पश्चिमी शक्तिहरूलाई यस्तै कदम चाल्न प्रोत्साहित गर्न सक्छ ।
भेटपछि मुस्तफाले भने, “राष्ट्रपति (महमुद) अब्बास, प्यालेस्टिन सरकार र प्यालेस्टिनी जनताका तर्फबाट हामी स्पेनले प्यालेस्टिन राज्यको मान्यता दिएकामा हार्दिक स्वागत गर्दछौँ, यो मान्यताले न्यायपूर्ण र दिगो शान्तिका लागि हाम्रो सङ्घर्षलाई जारी राख्ने हाम्रो सङ्कल्पलाई बलियो बनाउँछ ।”
मुस्तफासँग साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान, कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी, इस्लामिक सहयोग सङ्गठनका अध्यक्ष हुसेन इब्राहिम ताहा र टर्कीए तथा जोर्डनका विदेशमन्त्री, गाजाका लागि अरबी तथा इस्लामी मुलकुहरूको विदेशमन्त्री समिति नामक समूहका सदस्यहरू सहभागी थिए । उनिहरूले स्पेनका विदेशमन्त्री जोस म्यानुअल अल्बारेससँग पनि भेट गरे ।
प्यालेस्टिनी राज्यलाई एक सय ४० भन्दा धेरै मुलुकले मान्यता दिन्छन् । यो सङ्ख्या राष्ट्रसङ्घीय सदस्य मुलुकहरूको दुई तिहाईभन्दा धेरै हो ।
स्पेन र आयरल्यान्डसँगै प्यालेस्टिनी राज्यलाई आधिकारिकरूपमा मान्यता दिने मुलुकहरू युरोपेली सङ्घ (इयु) बाट नौ वटा पुगेका छन् । नर्वे इयुको सदस्य नभए पनि उसको विदेश नीति सामान्यतया इयुअनुरूप छ । इयुको सदस्य स्लोभेनियाले बिहीबार प्यालेस्टिनी राज्यलाई मान्यता दिने र अन्तिम अनुमोदनका लागि संसद्मा पठाउने निर्णय गर्नेछ ।
“हामी स्पेनलाई सलाम गर्छौं र सही काम गरेकामा नर्वे, आयरल्यान्ड र स्लोभेनियालाई सलाम गर्दछौँ, हामी अन्य युरोपेली साझेदारहरूलाई पनि यस्तै निर्णय गर्न आग्रह गर्दछौँ”, जोर्डनका विदेशमन्त्री अयमान सफादीले भने ।
प्यालेस्टिनी राज्यलाई मान्यता दिने कदमले इयु र इजराइलबीचको सम्बन्ध चिसिएको छ । मेड्रिड र डब्लिनले दक्षिणी गाजा सहर रफाहमा इजराइलको लगातार आक्रमणका लागि इयुमाथि कदम चाल्न जोड दिइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: