काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केन्द्रीय सरकारको कार्यशैलीका विषयमा प्रतिपक्ष दलहरूबीच विश्लेषण भएको छ। त्यसमा सत्ता गठबन्धनको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत सहभागी भएका छन्।
मूलतः मधेस प्रदेशमा सरकार गठनबारे छलफल गर्न उनीहरू भेला भएको भनिए पनि केन्द्रीय सरकारको काम कारबाहीबारे समेत बैठकमा छलफल भएको स्रोतले बतायो छ।
बैठकमा अध्यक्ष नेपालसहित जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए। यादवले मधेस सरकार गठनका लागि कांग्रेस सभापति देउवाको सहयोग मागेका थिए। यसअघि पनि यादवले लोसपा अध्यक्ष ठाकुरलाई भेटेर उक्त आग्रह गरेका थिए।
वर्तमान सत्ता गठबन्धन फोडेर माधव नेपालको सहयोगमा नयाँ गठबन्धन निर्माण गर्न चलखेल गरेको आरोप लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले यादवलाई सरकारबाट बाहिर हुत्याए। त्यसपछि स्वास्थ्यमन्त्रीसमेत रहेका यादव गठबन्धनबाट बाहिरिएका थिए।
मधेस प्रदेशमा वैकल्पिक गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको लोसपाका नेता शरतसिंह भण्डारीले जानकारी दिए। ‘मधेसमा वैकल्पिक गठबन्धनको कुरा छ। पछिल्लो सम्पूर्ण राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ। सहकारी ठगी प्रकरणका विषयमा पनि छलफल भएको छ। छलफल अझै हुँदै जान्छ।’
केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि मधेसमा पनि मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा छन्। मधेस प्रदेशसभामा कांग्रेसका २२, जसपा नेपालका १६, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन्।
१०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ। देउवा निवासमा भएको बैठकमा सहभागी भएका एक नेताका अनुसार मधेस प्रदेश सरकारको मात्र नभएर एमाले, माओवादी नेतृत्वको गठबन्धनको विकल्प खोज्नेबारे समेत छलफल भएको अर्का नेताले भने।
एकीकृत समाजवादीका अध्यक्ष नेपालको सहभागितामा देउवाले वर्तमान गठबन्धनको विकल्पका विषयमा छलफल गरेका थिए। माधव नेपाल अहिलेको गठबन्धनबाट असन्तुष्ट छन्। सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा खेलिरहेको भूमिकाप्रति उनी असन्तुष्ट बनेका हुन्।
त्यस्तै सुदूरपश्चिममा नेकपा एसका मुख्यमन्त्रीलाई विश्वासको मत दिए पनि एमाले सरकारमा सहभागी नभएको सन्दर्भमा कांग्रेसको सहयोग आवश्यक पर्ने विषयमा पनि छलफल भएको बूढानीलकण्ठ स्रोतले बतायो। त्यसो त नेपाल सत्तामा रहे पनि आफूलाई केहीमा पनि सहभागी नगराइएकोमा असन्तुष्ट छन्।
नेकपा एसका नेता मेटमणि चौधरीले बुधबारको छलफल मधेस प्रदेश र सुदूरपश्चिमको सरकारका बारेमा केन्द्रित रहेको चौधरीले बताए। उनले मधेस सरकार जोगाउन दलहरूबीच सहमति भएको उल्लेख गरे।
सभापति देउवाले बोलाएको छलफलमा सत्तारूढ एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, नेता मेटमणि चौधरी, जनता समाजवादी पार्टी नेपाल अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिह भण्डारी सहभागी भएका थिए। यो समाचार अन्तपूर्ण दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - ०९:१४
काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...
चैत्र १६ गते, २०८२ - ०९:०९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...
चैत्र १६ गते, २०८२ - ०८:२५
काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...
चैत्र १६ गते, २०८२ - ०८:१९
काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...
चैत्र १६ गते, २०८२ - ०८:१७
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...
चैत्र १६ गते, २०८२ - ०८:१५
सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...
चैत्र १६ गते, २०८२ - ०८:१२
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
चैत्र १६ गते, २०८२ - ०८:०९
रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...
चैत्र १६ गते, २०८२ - ०८:०२
काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। ...
चैत्र १६ गते, २०८२ - ०७:४६
गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्र...



प्रतिकृया लेख्नुहोस्: