Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

देउवा निवासमा ४ दलको जमघट, माधव नेपालको सहभागीता अर्थपूर्ण

खबरडबली संवाददाता

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केन्द्रीय सरकारको कार्यशैलीका विषयमा प्रतिपक्ष दलहरूबीच विश्लेषण भएको छ। त्यसमा सत्ता गठबन्धनको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत सहभागी भएका छन्। 

मूलतः मधेस प्रदेशमा सरकार गठनबारे छलफल गर्न उनीहरू भेला भएको भनिए पनि केन्द्रीय सरकारको काम कारबाहीबारे समेत बैठकमा छलफल भएको स्रोतले बतायो छ।

बैठकमा अध्यक्ष नेपालसहित जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए। यादवले मधेस सरकार गठनका लागि कांग्रेस सभापति देउवाको सहयोग मागेका थिए। यसअघि पनि यादवले लोसपा अध्यक्ष ठाकुरलाई भेटेर उक्त आग्रह गरेका थिए। 

वर्तमान सत्ता गठबन्धन फोडेर माधव नेपालको सहयोगमा नयाँ गठबन्धन निर्माण गर्न चलखेल गरेको आरोप लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले यादवलाई सरकारबाट बाहिर हुत्याए। त्यसपछि स्वास्थ्यमन्त्रीसमेत रहेका यादव गठबन्धनबाट बाहिरिएका थिए। 

मधेस प्रदेशमा वैकल्पिक गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको  लोसपाका नेता शरतसिंह भण्डारीले जानकारी दिए। ‘मधेसमा वैकल्पिक गठबन्धनको कुरा छ। पछिल्लो सम्पूर्ण राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ। सहकारी ठगी प्रकरणका विषयमा पनि छलफल भएको छ। छलफल अझै हुँदै जान्छ।’ 

केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि मधेसमा पनि मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा छन्। मधेस प्रदेशसभामा कांग्रेसका २२, जसपा नेपालका १६, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन्। 

१०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ। देउवा निवासमा भएको बैठकमा सहभागी भएका एक नेताका अनुसार मधेस प्रदेश सरकारको मात्र नभएर एमाले, माओवादी नेतृत्वको गठबन्धनको विकल्प खोज्नेबारे समेत छलफल भएको अर्का नेताले भने। 

एकीकृत समाजवादीका अध्यक्ष नेपालको सहभागितामा देउवाले वर्तमान गठबन्धनको विकल्पका विषयमा छलफल गरेका थिए। माधव नेपाल अहिलेको गठबन्धनबाट असन्तुष्ट छन्। सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा खेलिरहेको भूमिकाप्रति उनी असन्तुष्ट बनेका हुन्।

त्यस्तै सुदूरपश्चिममा नेकपा एसका मुख्यमन्त्रीलाई विश्वासको मत दिए पनि एमाले सरकारमा सहभागी नभएको सन्दर्भमा कांग्रेसको सहयोग आवश्यक पर्ने विषयमा पनि छलफल भएको बूढानीलकण्ठ स्रोतले बतायो। त्यसो त नेपाल सत्तामा रहे पनि आफूलाई केहीमा पनि सहभागी नगराइएकोमा असन्तुष्ट छन्।

नेकपा एसका नेता मेटमणि चौधरीले बुधबारको छलफल मधेस प्रदेश र सुदूरपश्चिमको सरकारका बारेमा केन्द्रित रहेको चौधरीले बताए। उनले मधेस सरकार जोगाउन दलहरूबीच सहमति भएको उल्लेख गरे। 

सभापति देउवाले बोलाएको छलफलमा सत्तारूढ एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, नेता मेटमणि चौधरी, जनता समाजवादी पार्टी नेपाल अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिह भण्डारी सहभागी भएका थिए। यो समाचार अन्तपूर्ण दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेबारे महान्यायाधिवक्ताको कार्यालयको नयाँ निर्णयको अर्थ र सम्भाव्य असर

काठमाडौँ । रूपन्देही जिल्ला अदालतको आदेशले थुनामुक्त भएको एक महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सङ्गठित अ...

भक्तपुरमा सम्यक महादान पर्वको रौनक: दुई हजार भिक्षुलाई दान गरिँदै

भक्तपुर । भक्तपुरका बौद्ध धर्मावलम्बीहरूले दानमध्येको महादान मानिने 'सम्यक दान पर्व' हर्षोल्लासका साथ मनाउँदै छन्। नेपाल संवत् ७८७ भन्दा अघिदे...

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चा...

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो आप्रवासी भिसा

काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्...

मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि...

पार्टी फुटाउन देउवालाई उक्साउने को-को ?

काठमाडौं । सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्त...

कांग्रेस विभाजित : दुई कार्यसमितिबिच अब आधिकारिकताको लडाइँ

काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेक...

माघे सङ्क्रान्तिको रौनक: टोखामा पाँच करोडको चाकु बिक्री

काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रु...

जब भरतपुरको सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो

चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरल...

उत्तरायणको पहिलो दिन: माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending