Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको तयारी

खबरडबली संवाददाता

ललितपुर ।  यही जेठ १९ र २० गते अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने भएको छ । नेवार पत्रकारको राष्ट्रिय सङ्गठन नेवाः पत्रकार राष्ट्रिय दबूले दुईदिने अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गर्न लागेको हो ।
दबूका सम्मेलनका संयोजक सुरेन्द्रभक्त श्रेष्ठले नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको एक सय वर्ष पुगेको अवसरमा मातृभाषा पत्रकारिता शताब्दी वर्ष मनाउन सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए ।
 “नेपालका विभिन्न भाषाभाषी सञ्चारकर्मीका साथै भारत, बङ्गलादेश, पाकिस्तान, जापान, श्रीलङ्कालगायत देशका सञ्चारकर्मीको सहभागिता रहने छ । सम्मेलनमा भर्चुअल माध्यमबाट समेत विभिन्न देशका सहभागीले भाग लिनुहुनेछ”, उनले भने । 

सार्क जर्नलिस्ट फोरमको सहयोगमा हुने सम्मेलनको जानकारी दिन बुधबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त सम्मेलनको उद्घाटन जेठ १९ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छन् ।     
     
 सम्मेलनमा विभिन्न विषयमा केन्द्रित रहेर समूहगत छलफल हुने कार्यक्रम रहेको दबूका सम्मेलनका संयोजक श्रेष्ठले जानकारी दिए । एक सय वर्षअघि नेपालमा पहिलोपटक मातृभाषामा पत्रकार धर्मादित्य धर्माचार्यले नेपालभाषाको पत्रिका ‘बुद्ध धर्म व नेपाल भाषा’ सम्पादन गरी प्रकाशन गरेका थिए ।
“पत्रकार धर्मादित्य धर्माचार्यको एक सय २२औँ जन्मजयन्ती, नवौँ मातृभाषा पत्रकारिता दिवस तथा नेपाल भाषामा पत्रिका प्रकाशित भएको एक सय वर्ष पुगेको उपलक्ष्यमा सम्मेलन हुन लागेको हो, वर्षभरि विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी छ”, नेवाः पत्रकार दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले भने र
सार्क जर्नालिष्ट फोरमले विभिन्न देशका प्रतिनिधि तथा पत्रकारहरूलाई संयोजन र सहभागी गराउन सहयोग गरेको फोरमका अध्यक्ष राजु लामाले बताए । उनका अनुसार नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले देशभित्रका विभिन्न मातृभाषी पत्रकारहरूको सहभागिताका लागि संयोजन सहयोग गरिरहेको छ ।     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy