एजेन्सी । अफगानी महिलाहरू आफ्नो आधारभूत अधिकारबाट वञ्चित रहँदा संयुक्त राष्ट्रका अधिकारीहरूले अफगानिस्तानमा तालिबान शासनले निम्त्याएको महिलाहरूको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् ।
न्युयोर्कमा भएको ‘महिला, युवाले शान्ति निर्माण प्रयासमा बढी सहभागिता’ शीर्षकको बैठकमा संयुक्त राष्ट्रसङ्घले अफगानी महिला विशेष गरी किशोरीहरूको शिक्षाको अधीकार हनन भएकोमा चिन्ता व्यक्त गरेका हुन् ।
संयुक्त राष्ट्रसङ्घको राजनीतिक तथा शान्ति निर्माण मामिलाकी उपमहासचिव रोजमेरी डिकार्लोले अफगानिस्तानमा महिलाको अस्तित्व हराएको बताए । “सरकारको सरल पहलमा महिलाहरूको पूर्ण योगदानलाई अस्वीकार गर्ने अवरोधहरू पार गर्न सकिन्छ,” डिकार्लोले बैठकमा भने ।
लैङ्गिक समानता र महिला सशक्तिकरणका लागि संयुक्त राष्ट्र निकाय (यूएन–महिला) का कार्यकारी निर्देशक सिमा बाहुसले तथ्याङ्कमा जोड दिदैँ भने, “अफगानिस्तानमा सन् २०२१ को प्रतिबन्धपछि ११ लाख किशोरी विद्यालय शिक्षाबाट वञ्चित छन् ।”
अढाई वर्षभन्दा बढी समय बितिसक्दा पनि तालिवान सरकारले केटीहरूका लागि विद्यालय पुनः खोल्ने सम्बन्धमा कुनै नयाँ सुचना दिएको छैन । तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण बलियो बनाउँदै जाँदा देशमा मानवीय सङ्कट झन् बिग्रँदै गएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले अफगानिस्तानमा ‘महिला र केटीहरूको अधिकार सुनिश्चित गर्ने’ आवश्यकतामा जोड दिए । यसका लागि अफगानी अधिकारीहरूसँग समन्वय गर्न आवश्यक रहेको बताए । यद्यपि, अन्तर्राष्ट्रिय आक्रोशका बावजुद तालिबानले देशमा किशोरीहरूका लागि विद्यालय कहिले खोल्ने भन्नेबारे कुनै ठोस निर्णय गरेको छैन ।
अफगानिस्तानमा महिलाहरूको अधिकार इस्लामिक कानूनको ढाँचाभित्र सुनिश्चित गरिएको कुरा तालिबानले बारम्बार दोहोर्याएको छ । अफगानी सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने,“अफगानिस्तानमा इस्लामिक कानूनद्वारा समर्थित पुरुष र महिलाहरूको अधिकार प्रदान गर्न तालिवान सरकार प्रतिबद्ध छ । इस्लामिक इमिरेट्सले देशका सबै नागरिकहरूको अधिकारलाई सम्बोधन गर्न प्रयास गर्दछ ।”
यसैबीच, संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद्मा अफगानिस्तानका प्रतिनिधिले लैङ्गिक समानता हासिल गर्न राष्ट्रको प्रयासलाई प्रकाश पार्दै महिला र किशोरीहरूको अधिकारमा प्रतिबन्धित सीमाहरू हटाउन माग गरे । तालिबानको कब्जापछि अफगानिस्तानमा गरिबी, असमानताको चक्रलाई कायम राख्दै शिक्षाबाट वञ्चित किशोरीहरूको पुस्ताको सङ्ख्या बढिरहेको छ ।
मानवीय संस्थाहरूले विभिन्न चुनौतिहरूबीच सहायता प्रदान गर्ने प्रयास गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: