Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

नगर प्रहरीले डकैती शैलीमा फाइल उठायोः वडा अध्यक्ष महर्जन

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा नगर प्रहरीको भूमिकाले विवाद सिर्जना भएको छ ।

२२ नम्बर वडाका अध्यक्ष चिनकाजी महर्जनले शुक्रबार काठमाडौं प्लाजामा भएको ३२औं नगर कार्यपालिका बैठकको एजेन्डा राख्नु अगाडि नै आफ्नो वडाबाट ‘डकैती शैली’ मा फाइल उठाएको भन्दै प्रश्न उठाएका थिए ।

‘जानकारी बेगर नै ६–७ बोरामा फाइलहरु लिएर गयो ? यो कुन आधारमा लगिएको हो ? एउटा सेवाग्राहीले आफ्नै फाइनल लिन त निवेदन हाल्नुपर्छ तर यो कुन शैली हो ?,’ वडाध्यक्ष महर्जनले प्रश्न गरे, ‘यो कसले लग्यो ? कसको फाइल लग्यो ? कसको आदेशमा भएको हो ?’

उनले यो २२ नम्बर वडामा मात्रै भएको हो कि अन्य वडामा पनि भएको हो भन्ने प्रश्न गरे ।

‘अध्ययन गर्न मन छ भने खाजा खुवाएर, चकटी ओच्छ्याएर फाइल अध्ययन गराउँछौं । तर, तरकारी जसरी फाइल कोचेर लगेको यो कुन आशय हो ? त्यसको जवाफ चाहिन्छ,’ महर्जनले भने ।

जवाफमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले घर बहाल करसम्बन्धी फाइल हेर्न त्यसो गरेको बताए । ‘महानगरमा बुझाउने विवरण र आन्तरिक राजस्व कार्यालयमा बुझाउने विवरण फरक पाइएकाले आन्तरिक राजस्व विभागको सहकार्यमा गर्न लागिएको हो,’ परियारले जवाफ दिए । उनले २२ नम्बर वडामा मात्रै नभएर अन्य वडामा पनि सुरु गर्ने बताए ।

प्रतिप्रश्न गर्दै वडाध्यक्ष महर्जनले भने, ‘यत्रो फाइल कसरी लैजान पाइन्छ ? कति लैजानुभयो ? डकैतीको शैलीमा के गर्न खोजेको ? म प्रतिपक्ष हो, म विपक्ष हो ? किन सम्पर्क गरिएन ?’

प्रमुख प्रशासकीय अधिकृतले १७ बन्डल जति लगेको जवाफ दिएपछि महर्जनले आफूलाई महानगरले ‘सौतेनी छोरा’ को जस्तो व्यवहार गरेको सुनाए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy