काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिलो विधेयकका रूपमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पारित गरेको छ ।
शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले सो विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो । राष्ट्रियसभाबाट पारित भएर आएको यो विधेयकमाथि ५ वटा बैठकमा दफावार छलफल भएको थियो ।
यो विधेयकमा राष्ट्रिय महत्वका कागजात नेपाल बाहिर लैजान नपाउने, कागजात नेपाल बाहिर लानुपर्ने भएमा मन्त्रीपरिषद्को स्वीकृत अनिवार्य लिनुपर्ने लगायतका व्यवस्थाहरू गरिएको छ ।
विधेयकमाथि सांसदहरू रघुजी पन्त, हेमराज राई, सुमना श्रेष्ठ, प्रेम सुवाल र प्रेमबहादुर महर्जनले संशोधन राखेका थिए । राष्ट्रियसभाबाट पारित भएको विधेयकको प्रतिवेदन अब प्रतिनिधिसभामा पेस हुनेछ ।
त्यहाँबाट स्वीकृत भएर पुनः राष्ट्रियसभामा लैजानुपर्ने, प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रियसभाले स्वीकार गरेमा अध्यक्षबाट प्रमाणित भई राष्ट्रपतिकहाँ पठाउने र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बनेर कार्यान्वयनमा आउने प्रावधान छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८१ - १८:५७
मुगु । मुगुको उच्च हिमाली क्षेत्र मुगुम कार्मारोङ्ग गाउँपालिकामा अज्ञात राेगबाट ३० भन्दा बढी याक र चौंरीहरु मरेका छन् । गाउँपालिकाको वडा नम्बर २ स...
पौष ९ गते, २०८१ - १८:४६
कैलाली । कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यस व...
पौष ९ गते, २०८१ - १८:४२
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा इँट्टा बोक्ने ट्रक मङ्गलबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ट्र...
पौष ९ गते, २०८१ - १८:३८
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का दाेस्राे वरीयताका सम्मानित नेता झलनाथ खनाल केन्द्रीय नेताहरूको कार्यविभाजनप्रति आफु असन्तुष्ट रहेकाे बताएका छन् ...
पौष ९ गते, २०८१ - १८:१९
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को नेतृत्व चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । प्रमुख निर्...
पौष ९ गते, २०८१ - १८:०४
काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत तीन वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ । आयोजनाका अनु...
पौष ९ गते, २०८१ - १७:५८
रूपन्देही । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तन जस्तै आर्थिक समृद्धिका लागि पनि काँग्रेस पार्टी सक्षम रहेको बता...
पौष ९ गते, २०८१ - १७:५२
काठमाडाैं । गृहमन्त्री रमेश लेखकले चरणबद्ध छलफलपछि सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन् । मंगलबार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको क...
पौष ९ गते, २०८१ - १७:४८
राैतहट । रौतहटको छोटी सिमा नाकाहरूबाट (चार पाङ्ग्रे )सवारीसाधनहरू आवतजावत गर्नुपर्ने यहाँका सरोकावालाहरूले माग गरेका छन् । सरकारले गौर नाका भएर मात्र ...
पौष ९ गते, २०८१ - १७:४३
बुटवल । लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशन पुस १६ देखि सुरु हुने भएको छ । यसअघि भदौ ३१ गते प्रदेश सभाको चौथो अधिवेशन अन्त्य भएको थियो । चौथो अधिव...
प्रतिकृया लेख्नुहोस्: