Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

गुठीको जग्गा व्यक्तिको नाममा दर्ता

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ कुन्ताबेँसी चोकस्थित गुठीका नाममा रहेको जग्गा व्यक्तिले दर्ता गरेको पाइएको छ । तीन कित्तामा रहेको चार रोपनी पाँच आना एक पैसा क्षेत्रफलको उक्त जग्गामा रहेको पाटी भत्काएर स्थानीयले भोगचलनसहित पक्की घर बनाउन थालेपछि व्यक्तिगत रुपमा जग्गा दर्ता भएको खुलासा भएको हो । 

स्थानीय सापकोटा परिवारले विसं १९८५ मा उक्त स्थल भएर हिँड्ने बटुवा तथा बास बस्न पाटी निर्माण गरी पानीको व्यवस्थापन गर्न उक्त क्षेत्रफलको जग्गा प्रदान गरेको थियो । सोही समयमा सोवर्णमाया सापकोटाले उक्त प्रयोजनका लागि ‘सोवर्ण पाटी–गुठी’ नामकरण गरी स्थानीय हेलमान श्रेष्ठलाई मोही कायम गरी जिम्मा दिएका थिए । 

उक्त जग्गा व्यक्तिका नाममा दर्ता भएको केही महिनाअघि मात्रै थाहा पाएपछि स्थानीयले सोवर्ण पाटी गुठी संरक्षण समिति गठन गरी जिल्ला प्रशासन कार्यालय धुलिखेलमा कानुनअनुसार जग्गाको छानबिन गरी दोषीलाई कारबाही गर्न निवेदन दिएका छन् । 

वडा नं ७ कार्यालयले पनि गत चैत १८ गते पाटी (गुठी)का नाममा जग्गा कायम गर्न पत्राचार गरेको छ । समितिका अध्यक्ष सोमनाथ सापकोटाका अनुसार श्रेष्ठलाई त्यसबेला जिम्मा दिएपछि विसं १९९५ देखि प्रत्येक वर्ष तत्कालीन गाउँपञ्चायतलाई गुठीका नामबाट वार्षिक एक मुठी मकै ‘कुत–तिरो’को भरपाईबाट प्रस्ट भएको छ । 

“गुठीको नामबाट कुत तिर्दै आएको र विसं २०३१ मा नापी हुँदा सोवर्ण पाटी गुठीका नाममा जग्गा दर्ता भई नापीको फिल्डबुकमा उल्लेख भएअनुसार २०३५ सालमा जग्गाधनी प्रमाण पुर्जा बन्दा मोही महलमा हेलमानको छोरा गोपिलाल श्रेष्ठ उल्लेख गरिएको छ, तर अहिले गोपिलालको श्रीमती खमायाका नाममा सबै जग्गा दर्ता भएको पाइयो”, सापकोटाले भने । 

उनका अनुसार हेलमानको मृत्युपछि निजका छोरा गोपिलालले पनि बाबुले गर्दै आएको कार्यलाई निरन्तरता दिँदै आए पनि गोपिलालको निधनपछि २०४५ सालमा गोपिलालका नाममा भएको अचल सम्पत्ति नामसारी गर्ने क्रममा उल्लिखित गुठीको जग्गासमेत खमायाका नाउँमा जग्गाधनी पुर्जा बनाएको पाइएको हो । विसं २०७२ को भूकम्पले उक्त जमिनमा भएको पाटी भत्किएको थियो । हालको चलनचल्तीको मूल्याङ्कनअनुसार उक्त जग्गाको करिब रु आठ करोड मूल्य पर्ने सापकोटाले बताए । 

जग्गा खमायाका नाममा पुर्जा बनाउने कार्यमा क–कस्को संलग्नता छ खोजी गर्न जिल्ला प्रशासन कार्यालयमार्फत जिल्ला सरकारी वकिलको कार्यालय तथा जिल्ला मालपोत कार्यालयलाई अनुरोध गरिएको संरक्षण समितिले जनाएको छ । जग्गाबारे अनुगमन, निरीक्षण एवं प्रतिवेदन तयार गर्न सम्बन्धित कार्यालयमार्फत प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending