Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

कान्तिपुरका ९५२ बचतकर्ताको जाहेरी

खबरडबली संवाददाता

काठमाडौं । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष चन्द्रबहादुर लामा (सिबी लामा तामाङ) विरुद्ध एक अर्ब ५१ करोड रुपियाँ बचत रकम अपचलन गरेको अभियोगमा जाहेरी परेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले पूर्वअध्यक्ष लामा पक्राउ पर्नुअघि ८५२ र पक्राउ परेपछि थप एक सय जनाको जाहेरी परेको बताए। 

उनका अनुसार जाहेरीकर्ताको मागबमोजिम एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपियाँ बिगो रकम रहेको छ । लामाविरुद्ध नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पनि अनुसन्धान गरिरहेको छ । 

लामालाई जेठ १६ गते चितवनबाट पक्राउ गरी काठमाडौँ ल्याइएको हो । ललितपुरको बालकुमारीस्थित वेस्टर्न आवासीय भवनमा बस्ने लामाविरुद्ध प्रहरी वृत्त बानेश्वरमा सहकारीका बचतकर्ताको जाहेरी परेपछि काठमाडौँ जिल्ला अदालतले २०८० फागुन २० गते पक्राउ पुर्जी जारी गरेको थियो । 

२०८० फागुनमै सिआइबीले कान्तिपुर सहकारीका अध्यक्ष हिमालविक्रम मल्ललाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएपछि तत्कालीन अध्यक्ष लामा पनि तानिएका हुन्। 

सात अर्ब ९० करोड अपचलन 

काभ्रे मूल घर भएका चन्द्रबहादुर लामा (सिबी लामा तामाङ) विसं २०५५ देखि सहकारी क्षेत्रलाई व्यवसाय बनाएर लागेका हुन्। उनले यसबारे सुरुवात पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडबाट गरे । 

उक्त सहकारीको नेतृत्व  पत्नी सन्ती लामालाई दिएर अभियुक्त लामाले कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड स्थापना गरेर आफू अध्यक्ष बने। 

काठमाडौँ, ललितपुरसहित विभिन्न जिल्लाका सात हजार २०७ नागरिकको सात अर्ब ८९ करोड ९९ लाख नौ हजार ७२ रुपियाँ आर्थिक अपचलन, हिनामिना र गलत ठाउँमा लगानी गरेपछि लामाले कारबाही अघि बढाएको हो ।  

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका सदस्यसचिव केशवप्रसाद पौडेलले पशुपति सहकारीबाट एक हजार ४२ जनाको एक अर्ब ११ करोड ४८ लाख तीन हजार ६१८ रुपियाँ अपचलन भएको बताए । जसमध्ये ९४२ बचतकर्ताले बानेश्वर प्रहरीमा जाहेरी दिएका छन्। 

उनका अनुसार कान्तिपुर सहकारीबाट छ हजार १६५ जनाको छ अर्ब ७८ करोड ५१ लाख पाँच हजार ४५४ रुपियाँ अपचलन लामासहितका सञ्चालकहरूबाट भएको छ । सरकारले पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभलाई २०८० साउन १ गते र कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभलाई २०८० फागुन ३ गते समस्याग्रस्त सहकारी घोषणा गरी सबै सञ्चालकको सम्पत्ति रोक्का गरेर बचत फिर्ता प्रक्रिया अघि बढाएको छ । 

लामाले सहकारीको रकम अपचलन गरी काठमाडौँ उपत्यकामा घरजग्गा प्लटिङको कारोबार, अस्पताल, रेस्टुरेन्ट, रिसोर्ट र निजी क्याम्पसमा लगानी गरेका छन्। लामा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि, काभ्रे जिल्लाका पूर्वकोषाध्यक्ष तथा काभ्रेबाटै २०७४ मा बागमती प्रदेश सभा सदस्यका उम्मेदवार बनेका थिए। गोरखापत्र दैनिकबाट 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेबारे महान्यायाधिवक्ताको कार्यालयको नयाँ निर्णयको अर्थ र सम्भाव्य असर

काठमाडौँ । रूपन्देही जिल्ला अदालतको आदेशले थुनामुक्त भएको एक महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सङ्गठित अ...

भक्तपुरमा सम्यक महादान पर्वको रौनक: दुई हजार भिक्षुलाई दान गरिँदै

भक्तपुर । भक्तपुरका बौद्ध धर्मावलम्बीहरूले दानमध्येको महादान मानिने 'सम्यक दान पर्व' हर्षोल्लासका साथ मनाउँदै छन्। नेपाल संवत् ७८७ भन्दा अघिदे...

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चा...

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो आप्रवासी भिसा

काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्...

मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि...

पार्टी फुटाउन देउवालाई उक्साउने को-को ?

काठमाडौं । सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्त...

कांग्रेस विभाजित : दुई कार्यसमितिबिच अब आधिकारिकताको लडाइँ

काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेक...

माघे सङ्क्रान्तिको रौनक: टोखामा पाँच करोडको चाकु बिक्री

काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रु...

जब भरतपुरको सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो

चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरल...

उत्तरायणको पहिलो दिन: माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending