काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले काठमाडौँ उपत्यका नजिक चक्रपथ ‘रिङरोड’ बाहिरका काँठे बस्तीहरूमा होमस्टे (घरवास) कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बताएका छन् ।
हाँडीगाउँ सामुदायिक घरवासको वार्षिक उत्सव र नयाँ घरवासको उद्घाटन कार्यक्रममा उनले सहरभन्दा नजिक उपत्यकाको काँठ क्षेत्रमा घरवास कार्यक्रम विस्तार गर्न सकिने बताएका हुन् ।
विदेशी तथा स्वदेशी पर्यटकलाई रैथाने तथा अग्र्यानिक खानाको स्वादसँगै मौलिक कला, संस्कृति देखाएर आर्थिक लाभ लिन सकिने भन्दै मन्त्री तामाङले घरवासलाई व्यावस्थित र उद्देश्यमुलक बनाएर सञ्चालन गर्नुपर्नेमा जोड दिए । “सहरी क्षेत्रमा रहेका घरमा आगन्तुक पाहुनालाई खाना र बासको व्यवस्था मिलाउने तथा सत्कार सेवावापत निश्चित रकम लिने गरी होमस्टे सञ्चालन गर्न सकिन्छ, यसको उदाहरणका रूपमा हाँडीगाउलाई लिन सकिन्छ । त्यसैले अब हाँडिगाउँमा मात्रै सीमित नराखि सहरका अन्य कुनामा पनि घरवास सञ्चालन गरी त्यहाँको मौलिक कला, संस्कृति, संस्कारको संरक्षण र प्रचार गर्न लाग्नुपर्छ”, उनले भने ।
मन्त्री तामाङले मौलिक परम्परागत शैली र स्थानीय स्रोतसाधनको प्रयोग गरेर पुरानो शैलीमा बनाइएका आवास, संस्कृति, प्रकृति, जीवनशैली र भाषा, संस्कृति, कला सम्पदा अदिको जानकारी लिन पर्यटकका लागि घरवास उपयोगी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा हाँडिगाउँ सामुदायिक घरवासका अध्यक्ष शकुन्तला घिमिरेले ११ घरबाट सञ्चालन गरिएका घरवासमा हाल २७ वटा घर आबद्ध भएको र ५० घर पु¥याउने योजना रहेको बताइन् ।
हाँडीगाउँ आफैँमा महत्वपूर्ण इतिहास बोकेको स्थान भएको भन्दै उनले यहाँको लोकल खानाका परिकारसँगै पाहुनालाई मौलिक संस्कार, सस्कृति र पहिरनका साथ सत्कार गर्ने गरिएको बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - ०९:५६
काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...
आषाढ़ १२ गते, २०८३ - ०९:१३
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...
आषाढ़ १२ गते, २०८३ - ०८:३०
सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...
आषाढ़ १२ गते, २०८३ - ०८:२३
काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...
आषाढ़ १२ गते, २०८३ - ०८:१८
काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो । उनले ...
आषाढ़ १२ गते, २०८३ - ०७:५७
बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी
आषाढ़ १२ गते, २०८३ - ०७:५४
फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो
आषाढ़ १२ गते, २०८३ - ०७:४८
१० दिन उद्योग बन्द हुँदा किसानको करिब १० करोड रुपैयाँ बराबरको हरियो चियापत्तीमा क्षति
आषाढ़ १२ गते, २०८३ - ०७:४५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित...
आषाढ़ ११ गते, २०८३ - २०:३४
काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...



प्रतिकृया लेख्नुहोस्: