काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले यही जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत बजेट देश र जनतालाई केन्द्रमा राखेर आएको बताएका छन् ।
बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सांसद सूर्यप्रसाद ढकालले पैसाको अभावभन्दा पनि सोच, विधि, इमान्दारिता र इच्छाशक्तिको कमी भएको बताए ।
सांसद छिरिङ लामा तामाङले विगतको तुलानामा यस पटकको बजेट उत्कृष्ट रहेको बताए । उनले मधेसलाई कृषिको हब, कर्णालीलाई जडीबुटी तथा सुदूरपश्चिमलाई सांस्कृतिक हब बनाइने बजेटमा उल्लेख गरेको बताए ।
सांसद डा चन्द्रकान्त भण्डारीले उत्पादन र रोजगारीका कुरालाई सोचेअनुरुप बजेटमा आउन नसकेको बताए । उनले निर्माणाधीन विकासका पूर्वाधार सम्पन्न हुन समय लाग्ने बताए ।
सांसद नागिना यादवले अर्थतन्त्र सुधार्न बजेटले बढावा नदिएको तथा करको दायरा र सुविधा तथा स्थिरताको सन्देश दिन नखोजेको पाइएको बताइन । सांसद लालप्रसाद सावाँ लिम्बूले राजस्व सङ्कलनको लक्ष्य प्राप्तिका लागि करदाता शिक्षा बढाउनुपर्ने, राजस्व चुहावटको नियन्त्रण गर्नुपर्ने, राजस्व प्रशासनको क्षमता अभिवृद्धि गर्नुपर्ने, राजस्व प्रणालीमा सुधार गर्नुपर्ने तथा करको दायरा बढाउनुपर्ने सुझाव दिए ।
सांसद सपना राजभण्डारीले लिखितरुपमा जति नै राम्रो बजेट आए पनि यसले सर्वसाधारणलाई छुन नसकेको र बजेट बनाउँदा घोषणा गरिएका कार्यक्रमको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिइन । सांसद नैनकला थापाले विकास खर्च र चालु खर्चमा खाडल देखिएको र सीमित साधनस्रोत मात्र प्रयोग गरेर धेरै खर्च नगरिकन हुने क्षेत्र मूल्याङ्कन गरेर त्यसलाई बढी प्राथमिकतामा राखेर ल्याउनसके राम्रो हुने बताइन ।
सांसद मैना कार्कीले बजेटमा युवा विदेश जानबाट रोक्ने, राष्ट्रिय गौरवका आयोजना र निजी क्षेत्रलाई समेटने कार्यक्रम नभएको बताइन । सांसद किरणकुमार साहले बजेटले पूर्वाधार विकासलाई प्राथमिकता दिएको उल्लेख गर्दै पूर्वाधार परियोजनामा लगानी गरेर रोजगारी सिर्जना गरेर अर्थतन्त्रलाई बढावा दिनसकिने बताए ।
सांसद देवप्रसाद तिमिल्सिनाले बजेट नेताका पक्षमा मात्र आएको तर किसान, मजुदर र कर्मचारीको पक्षमा नआएको धारणा राखे । सांसद नारायणप्रसाद आचार्यले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी र पर्यटन तीन वर्षको नमुना तयार पार्नुपर्ने आगामी १० वर्षको नमुना तयार पारेर आवश्यक क्षेत्र पहिचान गरी लगानी गर्नुपर्ने सुझाव दिए ।
सांसद मनबहादुर गुरुङले पूर्वाधार र उत्पादन बढाउन पुँजीगत खर्च बढाउनुपर्ने धारणा राखे । सांसद बिजुला रायमाझीले बजेट ल्याउने नियमित प्रक्रिया भएको र अब प्रश्न कार्यन्वयनको रहेको बताए ।
सांसद हरि ढकालले बजेटमा कुनै नयाँपन नदेखिएको उल्लेख गर्दै सांसदहरुले उठाएका विषय बजेटमा समावेश नगरिएको बताए । आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल मङ्गलबार पनि जारी रहने छ । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २२ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: