Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

‘देश र जनतालाई ध्यानमा राखेर बजेट आएको छ’

खबरडबली संवाददाता

काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले  यही जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत बजेट देश र जनतालाई केन्द्रमा राखेर आएको बताएका छन् । 

बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सांसद सूर्यप्रसाद ढकालले पैसाको अभावभन्दा पनि सोच, विधि, इमान्दारिता र इच्छाशक्तिको कमी भएको बताए । 

सांसद छिरिङ लामा तामाङले विगतको तुलानामा यस पटकको बजेट उत्कृष्ट रहेको बताए । उनले मधेसलाई कृषिको हब, कर्णालीलाई  जडीबुटी तथा सुदूरपश्चिमलाई सांस्कृतिक हब बनाइने बजेटमा उल्लेख गरेको बताए । 

सांसद डा चन्द्रकान्त भण्डारीले उत्पादन र रोजगारीका कुरालाई सोचेअनुरुप बजेटमा आउन नसकेको बताए । उनले निर्माणाधीन विकासका पूर्वाधार सम्पन्न हुन समय लाग्ने बताए । 

सांसद नागिना यादवले अर्थतन्त्र सुधार्न बजेटले बढावा नदिएको तथा करको दायरा र सुविधा तथा स्थिरताको सन्देश दिन नखोजेको पाइएको बताइन । सांसद लालप्रसाद सावाँ लिम्बूले राजस्व सङ्कलनको लक्ष्य प्राप्तिका लागि करदाता शिक्षा बढाउनुपर्ने, राजस्व चुहावटको नियन्त्रण गर्नुपर्ने, राजस्व प्रशासनको क्षमता अभिवृद्धि गर्नुपर्ने, राजस्व प्रणालीमा सुधार गर्नुपर्ने तथा करको दायरा बढाउनुपर्ने सुझाव दिए । 

सांसद सपना राजभण्डारीले लिखितरुपमा जति नै राम्रो बजेट आए पनि यसले सर्वसाधारणलाई छुन नसकेको र बजेट बनाउँदा घोषणा गरिएका कार्यक्रमको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिइन । सांसद नैनकला थापाले विकास खर्च र चालु खर्चमा खाडल देखिएको र सीमित साधनस्रोत मात्र प्रयोग गरेर धेरै खर्च नगरिकन हुने क्षेत्र मूल्याङ्कन गरेर त्यसलाई बढी प्राथमिकतामा राखेर ल्याउनसके राम्रो हुने बताइन । 

सांसद मैना कार्कीले बजेटमा युवा विदेश जानबाट रोक्ने, राष्ट्रिय गौरवका आयोजना र निजी क्षेत्रलाई समेटने कार्यक्रम नभएको बताइन । सांसद किरणकुमार साहले बजेटले पूर्वाधार विकासलाई प्राथमिकता दिएको उल्लेख गर्दै पूर्वाधार परियोजनामा लगानी गरेर रोजगारी सिर्जना गरेर अर्थतन्त्रलाई बढावा दिनसकिने बताए । 

सांसद देवप्रसाद तिमिल्सिनाले बजेट नेताका पक्षमा मात्र आएको तर किसान, मजुदर र कर्मचारीको पक्षमा नआएको धारणा राखे । सांसद नारायणप्रसाद आचार्यले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी र पर्यटन तीन वर्षको नमुना तयार पार्नुपर्ने आगामी १० वर्षको नमुना तयार पारेर आवश्यक क्षेत्र पहिचान गरी लगानी गर्नुपर्ने सुझाव दिए । 

सांसद मनबहादुर गुरुङले पूर्वाधार र उत्पादन बढाउन पुँजीगत खर्च बढाउनुपर्ने धारणा राखे । सांसद बिजुला रायमाझीले बजेट ल्याउने नियमित प्रक्रिया भएको र अब प्रश्न कार्यन्वयनको रहेको बताए । 

सांसद हरि ढकालले बजेटमा कुनै नयाँपन नदेखिएको उल्लेख गर्दै सांसदहरुले उठाएका विषय बजेटमा समावेश नगरिएको बताए । आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल मङ्गलबार पनि जारी रहने छ । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २२ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending