Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

बजेटमाथिका टिप्पणीहरू हचुवाका भरमा आएः अर्थमन्त्री पुन

खबरडबली संवाददाता

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेटमाथि गरिएका टिप्पणीहरू हचुवाका भरमा गरिएको बताएका छन् । प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा आएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पुनले बजेटको आकार, बजेट महत्त्वाकांक्षी र आधार टेकेन भन्ने लगायताका टिप्पणी निराधार भएको बताएका हुन् ।

‘बजेटको आकार ठूलो भयो, बजेट महत्त्वाकांक्षी भयो, बजेटले आधार टेकेन भन्ने टिप्पणीहरूमा तर्क नभएको उनको भनाइ छ । उनले भने हचुवा टिप्पणी भएको मलाई लाग्छ । गत वर्ष मध्यकालीन खर्च संरचनामा १९ खर्ब ५० अर्बको बजेटको प्रक्षेपण गरिएको थियो । भन्नाले १९ खर्ब ५० अर्बको बजेट आउँछ भन्ने अनुमान गरियो तर, हामीले १८ खर्ब ६० अर्ब प्रस्तुत गर्यौं’, पुनले भने, ‘धेरै विज्ञहरूले सन्तुलित भयो, यथार्थवादी भयो, तथ्यमूलक भयो, भन्नेकुराहरु यसैबाट भनिएको कुरा हो । त्यसैले यसको कुनै आकार ठुलो भयो, महत्त्वाकांक्षी भयो, यसले कुनै आधार टेकेन भन्ने कुराका कुनै तर्क छैन । यसमा अलिक हचुवा टिप्पणी भयो कि जस्तो लाग्छ मलाई ।’

उनले विभिन्न सूचक, विज्ञहरु तथा अन्तर्राष्ट्रिय संस्थाहरुको प्रक्षेपणकै आधारमा बजेट ल्याइएको बताए । ‘गत वर्ष हाम्रो १.९ प्रतिशतले आर्थिक वृद्धि भएको छ । चालू वर्षमा ३.९ प्रतिशत आर्थिक वृद्धि रहने अनुमान गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय संस्था, विज्ञहरूले अनुमान गरेका छन् । आगामी वर्षमा विश्व बैङ्कले करिब ५ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । हामीले जस्तो लगानी गरिरहेका छौँ, जस्तो लगानीमैत्री वातावरण बनिरहेको छ, यस वर्षको आर्थिक सुधारका सूचकहरू रहेका छन् । र बिस्तारै अर्थतन्त्र चलायमान भइरहेको छ । यो सबै घटानहरुबाट, सबै अनुमानहरुबाट ६ प्रतिशत आर्थिक वृद्धिदर हुने लक्ष्य प्रस्तुत गरेका छौँ’, अर्थमन्त्री पुनले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy