Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

समाजवादको आधार तयार पार्न परिर्वतनका उपलब्धिको रक्षा गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ

खबरडबली संवाददाता

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समाजवादको आधार तयार पार्न परिर्वतनका उपलब्धिको रक्षा गर्नुपर्ने बताएका छन् । 

पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षणमा उनले लामो सङ्घर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्ने प्रमुख कार्यभार पू्रा गर्दै समाजवाद उन्मुख लोकतन्त्र स्थापना गर्नु राष्ट्रिय आवश्यकता हो भने । उनले लामो सङ्घर्षपछि भएको राजनीतिक उथलपुथलबाट राजनीतिक अधिकारसहित जनताको जीवनस्तरमा समेत सुधार भएको बताए । 

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, “हामी अहिले समाजवाद उन्मुख चरणबाट गुर्जिरहेका छौँ । समाजवादको आधार तयार पार्न राजनीतिक परिर्वतन र उपलब्धिलाई माध्यम तथा साधन बनाएर सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्दछ । विकास र समृद्धिमा फड्को मार्नुपर्दछ ।” परम्परागत संसदीय गणन्तन्त्रको रक्षा गर्दै समाजवाद उन्मुख लोकतन्त्र स्थापना गर्नु राष्ट्रिय आवश्यकता रहेको उनको भनाइ छ । 

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन र समृद्धिको पक्षमा महत्वपूर्ण काम गरेको र जनतामाझ ती कामको प्रचारप्रसार गरी आवश्यक सुझाव लिन नेता कार्यकर्तालाई आग्रह गरे । 

उनले नेतृत्व, पार्टीको विचार र राष्ट्र निर्माणको अभियान अगाडि बढाउन व्यक्तिगत स्वर्थभन्दा माथि उठेर क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याए । “कुनै गुट, उपगुट र व्यक्तिगत स्वार्थलाई केन्द्रमा राख्दा देश, पार्टी र कम्युनिष्ट आन्दोलन नै बरबाद हुन्छ । त्यसैले विधि, पद्धति, संस्थागत र सामूहिकताका आधारमा पार्टी सञ्चालन गर्नु अहिलेको आवश्यकता हो । यसमा हामी सबैले योगदान गर्नुपर्छ”, श्रेष्ठले भने । 

पार्टी महासचिव देवप्रसाद गुरुङले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानले पार्टी निर्माणमा सहयोग पुगेको बताए । उनले पार्टीले अगाडि बढाएका राजनीतिक, वैचारिक र सामाजिक न्यायसहितका मुद्दाहरूलाई जनतामाझ लिएर सङ्गठ सुदृढीकरणमा लाग्न निर्देशन दिए । 

माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले गण्डकीमा पार्टी सङ्गठन विस्तारलाई प्राथमिकता दिएर सङ्गठन सुदृढीकरण र विस्तारका काम भइरहेका जानकारी दिइन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: