Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

सवारी दुर्घटना बढेपछि सडकमै पूजा

खबरडबली संवाददाता

सिद्धार्थनगर । रुपन्देहीको देवदह नगरपालिका क्षेत्रको राजमार्गमा सवारी दुर्घटना बढेको भन्दै स्थानीयले सडकमै पूजा गर्दै मृत आत्माको चिर शान्तिको कामना गरेका छन् । सडक दुर्घटनाबाट ज्यान गुमाएकाको आत्मशान्तिको कामना गर्दै देवदह–९, घोडाहाका स्थानीयले सडकमा पूजा गरेका हुन् । 

स्थानीयवासीले स्वस्फूर्त रूपमा सहयोग सङ्कलन गरेर मृतकको आत्मशान्तिको कामनासहित स्वस्तिशान्ति, नारायणबलि, लक्ष्यवर्ती प्रज्वलन तथा भागवत पूजा गरेको स्थानीय नारायण पाण्डेयले जानकारी दिए। १४ जना पण्डित जुटाएर गरिएको पूजामा देवदह–९, घोडाहामा विभिन्न समयमा दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारका सदस्यसमेत सहभागी थिए । सो क्षेत्रमा केही वर्षयता १८ जनाले ज्यान गुमाएको प्रहरीको भनाइ छ । पछिल्लो चार महिनायता मात्र देवदह–९, घोडाहा काँटाचोकमा भएको सवारी दुर्घटनामा दुई जनाको घटना स्थलमै ज्यान गएको थियो ।

‘हामीले घोडाहामा विभिन्न समयमा भएका दुर्घटनामा परी मृत्युवरण गरेकाको स्मृतिमा सडकमै सामूहिक पूजन कार्यक्रम गरेका हौं,” पाण्डेयले भने, “पटक पटक दुर्घटना हुने र दुर्घटनामा ज्यान गुमाउनेको नारायणबलि नगरिएकै कारण थप दुर्घटना हुने गरेको भनी पण्डितले समेत सुझाएपछि हामीले यो कार्य गरेका हौँ ।”

यसैबिच स्थानीयले सडकमा पूजा गरिरहँदा प्रहरी चौकी देवदहले त्यहाँ उपस्थित सर्वसाधारणलाई ट्राफिक सचेतना शिक्षा प्रदान गरेको छ । प्रहरी सहायक निरीक्षक मिथिलेसकुमार यादवले उपस्थित सर्वसाधारणलाई ट्राफिक नियमको पालना नगर्दा अधिकांश दुर्घटना हुने गरेको भन्दै ट्राफिक नियमबारे सामान्य जानकारी सबैमा हुनुपर्ने बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विष्णु पौडेलको पक्राउ प्रतिशोधपूर्ण र गैरन्यायिक, अविलम्ब रिहा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...

गृहमन्त्रीको ब्रेकफास्टको अम्लेटमा काँडा भेटिएपछि दुई जना कुक नियन्त्रणमा

चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...

रास्वपाको सदस्य संख्या ५ लाख २३ हजार नाघ्यो, महिलाको संख्या १७ प्रतिशत मात्रै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...

मालपानीको गाडी प्रयोग गर्ने व्यक्तिमाथि पनि अनुसन्धान हुनुपर्ने अधिवक्ता बडालको तर्क

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...

ललितपुरको महालक्ष्मी नगरको लुभु र चाङ्गाथली क्षेत्रलाई जोड्दै नयाँ रुटमा चल्न थाल्यो साझा यातायात

ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...

रास्वपाको बन्दसत्र सुरु, विभिन्न प्रतिवेदन र निर्वाचन कार्यतालिका सार्वजनिक हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...

महाधिवेशनमा सबैलाई उम्मेदवारी दिन खुला छ: रवि लामिछाने

रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो

प्रतिनिधिलाई तोकिएको पाँच हजार स्वेच्छिक बनाइएको सभापति लामिछानेको घोषणा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...

विष्णु पौडेल विशेष अदालतमा उपस्थित, २० दिन थुनामा राख्न अनुमति मागियो

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...

रास्वपाको बन्द सत्र सुरु, बालेन शाह आएनन्

चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending