लुम्बिनी । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको विद्यमान सङ्कट समाधान र जनआकाङ्क्षा सम्बोधनका लागि एमालेलाई निर्णायक शक्तिका रुपमा स्थापित गर्न जरुरी रहेको बताएका छन् ।
नेकपा एमाले रुपन्देहीको दशौँ जिल्ला अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै नेता पौडेलले एमालेले नेतृत्व गरेमा मुलुकको कायापलट हुने बताए । “संविधानले प्रदान गरेको अधिकार नागरिकले कहिले उपभोग गर्न पाउँछन् ? आजको अहम प्रश्न यही हो जिम्मेवारी पनि यही हो”, उनले भने, “एमालेले नेतृत्व गर्न नपाएका कारण मुलुकपछि परेको छ ।”
पूर्वउपप्रधान तथा अर्थमन्त्री पौडेलले संविधानले प्रदान गरेको अधिकारलाई व्यवहारिक बनाउन राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्न जरुरी रहेको बताए । उनले समाज बदल्ने र उत्पादनका क्षेत्रलाई सक्रिय बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको बताए ।
विभेद र असमानता अन्त्य गरी समतामूलक समाज निर्माणका लागि एमालेको अगुवाइ जरुरी रहेको बताउँदै नेता पौडेलले सोहीअनुसार भूमिका निर्वाह गर्न कार्यकर्तालाई आग्रह गरे । संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा र लक्ष्यलाई साकार पार्ने गरी अगाडि बढ्नु आजको आवश्यकता रहेको नेता पौडेलको भनाइ थियो ।
एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले एमाले जनताको रोजाइको पार्टी भएको बताए । उनले दुई वर्ष पाँच महिनामा पार्टीको सङ्गठनलाई मजबुत र सशक्त बनाइएको स्पष्ट पारे ।
अधिवेशन व्यवस्थित गर्न पार्टीको जिल्ला अध्यक्ष केसीको संयोजकत्वमा एक सय ६७ सदस्यीय मूल व्यवस्थापन कमिटी चयन भएको एमाले उपसचिव एवं जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले जानकारी दिए । जिल्लाका १६ वटा पालिका र एक सय ५५ वडा, २३ जनसङ्गठनबाट र आयोजक कमिटीका गरी आठ सय ५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव र एक सय ४५ सदस्य रहेको जिल्ला कमिटी निर्वाचित गर्ने एमाले रुपन्देहीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: