Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

गण्डकीमा ‘पिबिएम’ प्रणालीबाट पाँच सडक कालोपत्र हुँदै

खबरडबली संवाददाता

गण्डकी । गण्डकी प्रदेशमा पहिलोपटक ‘परफरमेन्स बेस्ड मेन्टिनेन्स प्रोजेक्ट’ (पिबिएम) मोडेलको ठेक्काबाट सडक आयोजना कार्यान्वयन गरिएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी)मा उक्त मोडेल लागू गरिएको आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए । 

“दुई वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने र थप तीन वर्ष ठेकेदार कम्पनीमार्फत मर्मतसम्भार गर्ने नयाँ अवधारणअनुसार आयोजना कार्यान्वयन गरिएको छ”, उनले भने, “पिबिएम ठेक्का मोडल नेपालमा नयाँ अवधारणा हो । गण्डकी प्रदेशमा पहिलोपटक यो प्रक्रियाबाट ठेक्का कार्यान्वयनमा ल्याइएको छ ।” 

हाल प्रचलनमा रहेको ठेक्का सम्झौताअनुसार निर्माण सकेर हस्तान्तरण भएको एक वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले आफ्नै खर्चमा आयोजना मर्मतसम्भार गर्दै आएका छन् । पिबिएम मोडेलको ठेक्कामा मर्मतका लागि छुट्टै बजेट राखिएको छ । सडक आयोजनाको दिगोपनाका लागि नयाँ अवधारणाको ठेक्का मोडेल अपनाएको आयोजना प्रमुख भण्डारीले बताए । 

एशियाली विकास बैंकको ८७ दशमलव ५ र नेपाल सरकारको १२ दशमलव ५ प्रतिशत लागत साझेदारीमा प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आयोजना कार्यान्वयन गरेको हो । व्यवस्थापनतर्फ प्रदेश सरकार र एशियाली विकास बैंकको ५०/५० प्रतिशत लागत साझेदारी रहेको आयोजनामार्फत बागलुङ, पर्वत, कास्की, गोरखा र नवलपुर जिल्लामा ८७ दशमलव ५ किलोमिटर सडक कालोपत्र गर्न लागिएको हो । 

मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक डा महेन्द्र बानियाँले ग्रामीण क्षेत्रका सडक स्तरोन्नति गरी आवागमनलाई सहज बनाउने र गाउँमा उत्पादन भएको कृषि तथा पशुजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यले दीर्घकालीन प्रतिफल दिने सडक आयोजना छनोट गरेर स्तरोन्नति थालिएको बताए । पाँचमध्ये तीन वटा सडक आयोजनाको ठेक्का सम्झौता भइसकेको मन्त्रालयले जनाएको छ । 

बागलुङ नगरपालिकाको अदालतचौतारी-तित्याङ-सालबोट-दह-भकुण्डे-रायडाँडा-दमेक-बरेङ सडक आयोजनाको १५ किलोमिटर सिङ्गल लेन डिबिएसटी प्रविधिको कालोपत्र गर्न तुण्डी–विडारी जेभीसँग रु ३१ करोड ९६ लाख ३५ हजारमा ठेक्का सम्झौता भएको आयोजना प्रमुख शर्माले जानकारी दिए । रु ५४ करोड २७ लाख २३ हजार दुई सय ८० लागत अनुमान गरिएको उक्त सडक निर्माणका लागि गत चैत १२ गते ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीका प्रतिनिधि ध्रुवराज विडारीले नाली बनाउने, सडक फराकिलो पार्ने, पर्खाल लगाउनेलगायत काम सुरु गरिएको बताए । 

विसं २०५८ मा ट्रयाक खुलेको उक्त सडक अहिलेसम्म कालोपत्र हुन सकेको थिएन । बागलुङ-१ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापाले निर्माण कम्पनीले समयमै कामसक्ने प्रतिबद्धता जनाएकाले सडक निर्माण हुनेमा आशा जागेको बताए । “सडकको ट्रयाक खुलेको दुई दशक बढी हुँदा पनि यो सडक कालोपत्र हुन सकेको थिएन, आरसिआइपीमार्फत सडकको काम अगाडि बढेको छ”, उनले भने, “प्रदेश सरकारबाट आगामी आवका लागि थप बजेट ल्याउन हाम्रो पहल हुन्छ ।” बागलुङका तीन स्थानीय तह हुँदै छिमेकी जिल्ला गुल्मी जोड्ने उक्त सडकलाई प्रदेश सरकारले रणनीतिक महत्वको सडकका रुपमा लिएको छ । 

पर्वतको मोदी गाउँपालिकाको पातीचौर-बाजुङ-क्याङ-नागी सडक आयोजनाको १८ किमी सिङ्गल लेन डिबिएसटी प्रविधिको कालोपत्र गर्न रु ५४ करोड ९० लाख ४२ हजारमा ठेक्का सम्झौता गरिएको छ । सडक निर्माणका लागि बानियाँ निर्माण सेवाले संयुक्त फिल्ड सर्भे थालेको छ । कूल लागत अनुमान रु ८७ करोड १२ लाख ४४ हजार रहेको यस आयोजना निर्माणको ठेक्का अवधि दुई वर्षको छ । 

यसैगरी गोरखाको अबुवा-बिर्दी-सेराबगर-पौवाटार सडक आयोजनाको १५ दशमलव ५५ किमी डिबिएसटी कालोपत्र गर्न रु ३० करोड ६१ लाख २५ हजारमा ठेक्का लगाइएको छ । भिबिइपिएल-एसिएल जेभीले निर्माणको जिम्मा पाएको यस आयोजनाको कूल लागत अनुमान रु ५६ करोड ६७ लाख ६९ हजार चार सय २३ रहेको थियो । 

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको पर्यटकीय गाउँ धम्पुस जोड्ने घट्टेखोला–घम्पुस १३ दशमलव ३ किमी सडक कालोपत्र गर्ने योजनाका लागि एशियाली विकास बैंकबाट स्वीकृति पाउनेबित्तिकै ठेक्का आह्वान गर्ने तयारी भएको आयोजना प्रमुख भण्डारीले बताए । डिबिएसडी प्रविधिको कालोपत्र गरिने यस सडकको कूल लागत अनुमान रु ४४ करोड छ । 

नवलपुरको आलोक चक्रपथअन्तर्गत डण्डा–झ्यालबास आठ दशमलव पाँच किमी सडक कालोपत्र गर्ने आयोजना कार्यान्वयनका लागि रुख कटानको आदेश प्राप्तिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा फाइल पुगेको जनाइएको छ । दुई लेनको अस्फाल्ट प्रविधिको कालोपत्र गर्ने लक्ष्य राखिएको यस सडकको लागत अनुमान रु ६६ करोड रहेको आयोजना प्रमुख शर्माले जानकारी दिए । 

प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु छ करोड बजेट विनियोजन गरेको यस आयोजनामा एशियाली विकास बैंकबाट रु एक अर्ब ११ करोड खर्च गर्दैछ । आयोजना व्यवस्थापनमा प्रदेश सरकारको ५० प्रतिशत र एशियाली विकास बैंकको ५० प्रतिशत लगानी रहेको छ । 

एशियाली विकास बैंकको सहुलियत ब्याजदरको रु १० करोड अमेरिकी डलर अनुदानमा गण्डकीसहित वाग्मती, कोशी, कर्णाली र लुम्बिनी प्रदेशमा सन् २०२८ सम्मका लागि ग्रामिण सडक सञ्जाल सुधार आयोजना लागू भएको छ । यस आयोजनामार्फत देशभर तीन सय ४४ किमी ग्रामीण सडक कालोपत्रसहित स्तरोन्नति गर्ने लक्ष्य लिइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending