काठमाडौं । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्नि सापकोटासँग जोडिएको हत्यासम्बन्धी मुद्दाको फैसला आगामी असार १२ गते सुनाउने भएको छ । काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी सापकोटा विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ सकिएकाले फैसला सुनाउने मिति तोकिएको हो ।
सापकोटाविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले १२ असारमा निर्णय सुनाउने जनाएको हो । संवैधानिक इजलासले सापकोटा विरुद्धको रिट निवेदनमाथि अन्तिम सुनुवाइ गर्दै तीन सातापछि निर्णय सुनाउने मिति तोकेको हो ।
बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ सकिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए ।
२०६९ मंसिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा सापकोटा सूर्यमान दोङसहितका माओवादी कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानमाथि छानबिन गर्न आदेशको माग गर्दै रिट दायर गरेकी थिइन् । यसको सुनुवाइ सकिएर फैसला आउन लागेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८१ - १२:४७
काठमाडौं । नेपाल टेलिकमले विगत १० वर्षयताकै कम लाभांश वितरणको प्रस्ताव गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रतिशेयर ३० रुपैयाँ नगद ला...
पौष ७ गते, २०८१ - १२:४४
कास्की । पोखरामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । २६ वर्षीया महिलालाई जबरजस्ती करणी ग...
पौष ७ गते, २०८१ - १२:४४
कास्की । पोखरामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । २६ वर्षीया महिलालाई जबरजस्ती करणी ग...
पौष ७ गते, २०८१ - ११:४५
पोखरा । रास्वपाका नेता तथा सांसदहरू पोखरा पुगेका छन् । रविविरुद्ध मुद्दा दर्ता गर्न लागिएकै बेला रास्वपाका नेता तथा सांसदहरू पोखरा पुगेका हुन् । क...
पौष ७ गते, २०८१ - ११:४१
काठमाडौं । सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । उनीविरुद्ध आज मुद्द...
पौष ७ गते, २०८१ - ११:३७
काठमाडौं । काठमाडौंको दरबारमार्ग स्थित लिक्विड लाउन्जमा एकजना युवक निर्घात कुटिएका छन् । शनिवार बिहान ३ बजेर ४५ मिनेटमा बैतडी घर भएका रमेश भट्ट कुटिएक...
पौष ७ गते, २०८१ - ११:३०
पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठक बिहीबार पोखरा महानगरपालिका–२५, हेम्जामा रहेको मानव सेवा आश्रममा पुगे । आश्रममा रहेकाहरूको स...
पौष ७ गते, २०८१ - ११:१८
काठमाडौं। आईतबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । आज सुन तोलामा ११ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छ...
पौष ७ गते, २०८१ - ११:१४
काठमाडौं । बाल कलाकार सम्राट दाहाल यतिबेला किशोर अबस्थामा पुगेका छन् । उनको एकल अभिनयमा नयाँ गीत अस्ति भन्दा हिजो....को भिडियो दर्शकमाझ आएको छ । यो...
पौष ७ गते, २०८१ - ११:०१
दाङ । दाङको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेकी छन् । लामो समयदेखि स्वयंसेविकाको क...
प्रतिकृया लेख्नुहोस्: