Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

क्यान्सर र ब्रेन ट्युमर पीडित दुर्गाको उपचारमा आर्थिक सहयोग जुट्दै

खबरडबली संवाददाता

खोटाङ ।  फोक्सोको क्यान्सर र ब्रेन ट्युमरबाट पीडित बनेकी जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीकी ४२ वर्षीया दुर्गा कार्की (बस्नेत)को उपचारका लागि रु दुई लाख एक हजार नौ सय ९१ आर्थिक सहयोग जुटेको छ ।     

हाल झापाको बुद्धशान्ती चोक बस्दै आएकी पीडित दुर्गाको उपचारका लागि एक सय ८८ जना शुभेच्छुकबाट रु दुई लाख एक हजार नौ सय ९१ आर्थिक सहयोग जुटाइएको हो ।

अभियानका क्रममा सङ्कलन गरिएको रकम अस्पतालमा पुगेर दुर्गाको परिवारलाई हस्तान्तरण गरिएको अभियन्ता एवं नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिकाका सभापति बाजिन्द्र विष्टले जानकारी दिए । सङ्कलित रकममध्ये रु एक लाख १२ हजार चिसापानी बजारमा सामूहिकरुपमा सङ्कलन गरिएको हो ।     

फोक्सोमा क्यान्सर पुष्टि भएपछि गत मङ्सिरदेखि दुर्गाको पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । फोक्सोको क्यान्सरको उपचार भइरहेकै बेला उनलाई ब्रेन ट्युमरको समस्यासमेत थपिएको थियो । 

दुर्गालाई नियमित टाउको दुखिरहने समस्या देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा ब्रेन ट्युमर भएको पत्ता लागेको दुर्गाका पति गणेश बस्नेतले जानकारी दिए । गत जेठ ७ मा दुर्गाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।     
     
फोक्सोको क्यान्सर र ब्रेन ट्युमरको समस्याबाट एकैसाथ आक्रमणमा परेकी दुर्गाको सहयोगार्थ अन्य आफन्त तथा शुभेच्छुकले पनि आर्थिक सहयोग जुटाइरहेका छन् ।     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy