Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

भारतका विपक्षी नेता राहुल गान्धी जसले मोदीलाई एक्लै बहुमत पुर्‍याउन दिएनन्

खबरडबली संवाददाता

काठमाडौं । राहुल गान्धी भारतको मुख्य विपक्षी दलका नेता मात्र होइनन्, त्यहाँको चर्चित राजनीतिक परिवारका सदस्य पनि हुन्। उनी दशकौँसम्म भारतीय राजनीतिमा प्रभाव जमाएको नेहरू-गान्धी परिवारका राजनीतिक उत्तराधिकारी हुन्।

उनी पहिलो पटक सन् २००४ मा संसदीय निर्वाचनमा उठेका थिए। त्यस वर्ष उनले भारतको तल्लो सदन लोकसभा सदस्यका रूपमा उत्तरप्रदेश राज्यको अमेठीबाट चुनाव जिते। तर आफ्नो दललाई चुनाव जिताउन विफल भए।

यसपालिको निर्वाचनमा भने उनी र उनको पार्टी संलग्न गठबन्धनले भाजपालाई एक्लै बहुमत पुर्‍याउन रोकेको छ।

अमेठीमा सन् २०१९ मा उनी प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा)की उम्मेदवार स्मृति इरानीसँग पराजित भएका थिए।

उत्तर प्रदेशमा भाजपालाई खुम्च्याउन क्षेत्रीय दल समाजवादी पार्टीका नेता अखिलेश यादव र काङ्ग्रेसका राहुल गान्धीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको ठानिन्छ। यादवको दलले उत्तर प्रदेशमा ८० मध्ये ३७ सीट जितेको छ भने काङ्ग्रेसले छ सीट जितेको छ।

उनी अहिलेसम्म मन्त्री बनेका छैनन्। उनी ५४ वर्षका भए। उनको राजनीतिक पृष्ठभूमिका कारण अहिले पनि गान्धी विपक्षका प्रमुख राजनीतिक व्यक्ति हुन्।

प्रारम्भिक जीवन

सन् १९७० जुन १९ मा जन्मिएका राहुल गान्धीले भारतका उत्कृष्ट स्कूलहरूबाट शिक्षा प्राप्त गरे भने अमेरिका पुगेर उच्च शिक्षा लिए।

सन् २००२ मा मुम्बई फर्किएर काम सुरु गर्नुअघि उनले लन्डनमा काम गरेका थिए। उनलाई सधैँ अन्तर्मुखी र राजनीतिमा खासै चासो नभएका व्यक्तिका रूपमा हेरिन्थ्यो।

उनको साटो उनकी दिदी प्रियङ्कालाई परिवारको राजनीतिक बिँडो थाप्ने व्यक्तिका रूपमा हेर्ने गरिन्थ्यो।
सन् २००४ को निर्वाचनअघि राजनीतिमा प्रवेश गर्ने उनको घोषणाले धेरैलाई आश्चर्यमा पारेको थियो।

उनी लज्जालु स्वभावका थिए। उनको चाख राजनीतिभन्दा पनि क्रिकेट र अन्य क्रियाकलापमा रहेको ठानिन्थ्यो।

विरासतमा राजनीति

उनका जिजुबुवा जवाहरलाल नेहरू स्वतन्त्र भारतका पहिला प्रधानमन्त्री थिए। उनकी हजुरआमा इन्दिरा गान्धी र बुवा राजीव गान्धी पनि भारतका प्रधानमन्त्री बने।

राहुलकी हजुरआामा र बुवा दुवैको सात वर्षको अन्तरालमा हत्या भएको थियो। सन् २००७ को सेप्टेम्बरमा उनलाई काङ्ग्रेस पार्टीको महासचिव बनाइयो। त्यस बेला इटलीमा जन्मिएकी उनकी आमा सोनिया गान्धी उक्त दलकी अध्यक्ष थिइन्।

स्वास्थ्यका कारणले आफ्नो छोरालाई कार्यभार हस्तान्तरण गर्नुपर्ने अवस्थामा नपुग्दासम्म सोनिया गान्धी उक्त दलकी प्रमुख थिइन्। सन् २०१३ मा राहुल गान्धी काङ्ग्रेस पार्टीको उपाध्यक्ष बने।

नेहरू-गान्धी परिवारको नेतृत्वमा काङ्ग्रेस पार्टीले भारतमा पाँच दशकभन्दा बढी समय शासन गरेको छ। उक्त दलको प्रभुत्व सन् २०१४ मा भाजपाले हराएर सत्ता आफ्नो हातमा लिएपछि मात्र सकिएको हो।

मोदीले गान्धीलाई वंशवादी राजनीति गरेको आरोप लगाउँछन् र उनलाई प्राय: 'शाहजादा' भनेर कटाक्ष गर्छन्।

खिसीटिउरी

सन् २०१४ पछि गान्धी पार्टीका धेरै गतिविधिमा उपस्थित हुन र काङ्ग्रेसको नेताका रूपमा चिनिन थालेका हुन्।
सन् २०१७ मा उनी आधिकारिक रूपमा काङ्ग्रेस पार्टीको अध्यक्ष बने।

सन् २०१४ मा काङ्ग्रेस इतिहासकै सबैभन्दा लज्जास्पद हार बेहोर्दै ५४३ सीटको लोकसभामा ४४ सीमित हुँदा उनलाई भाजपाले निकै खिसीटिउरी गर्‍यो।

उनलाई सामाजिक सञ्जालमा 'ट्रोल' गर्नेहरूले "पप्पु" भनेर सम्बोधन गर्न थाले। हिन्दी भाषामा सानो बालकलाई हेपेर "पप्पु" भन्ने सम्बोधन गर्ने गरिन्छ वा त्यसको अर्थ मूर्ख व्यक्ति भन्ने पनि हुन सक्छ।

खस्किँदो अवस्था

काङ्ग्रेसका लागि सन् २०१४ र २०१९ का निर्वाचनको परिणाम दुःखद रह्यो। सन् २०१९ मा काङ्ग्रेस केवल ५२ सीटमा मात्र विजयी भयो।

गान्धीले उक्त हारका लागि जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए।

गान्धी परिवारको पुरानो क्षेत्र उत्तर प्रदेशको अमेठीबाट उनी आफैँ पनि पराजित भएका थिए। तर भारतको कानुनअनुसार एकै उम्मेदवारले दुई क्षेत्रबाट चुनाव लड्न पाउने भएकाले उनले दक्षिणी राज्य केरलाबाट जितेर सांसद बनेका थिए।

गान्धी अहिले आधिकारिक रूपमा कांग्रेसको शीर्ष नेतृत्वमा छैनन्। तर पनि उनी यो निर्वाचनमा धेरै खटे।

यस पटक पनि उनी केरलाको वायानड र उत्तर प्रदेशको रायबरेली निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए र दुवै क्षेत्रमा उनी निर्वाचित भइसकेका छन्।

यस वर्षको संसदीय निर्वाचन अभियानका क्रममा उनले कडा भाषणहरू गरे, र्‍यालीहरूमा सहभागी बने र पार्टीका समर्थक एवं कार्यकर्ताहरूसँग भेटघाट तथा छलफल गरे।

उनी अन्य देशहरूमा पनि गए र त्यहाँका प्रतिष्ठित विश्वविद्यालयहरूमा मन्तव्य दिए। विभिन्न देशहरूमा रहेका भारतीय समुदायसँग भेटघाटका लागि उनले कैयौँ पटक यात्रा गरे।

यात्रा

सन् २०२४ को ज्यानुअरीमा भारतभरिको ६,७०० किलोमिटर लामो "भारत जोडो न्याययात्रा" सुरु गरेका थिए। पूर्वोत्तर भारतको मणिपुर राज्यको राजधानी इम्फालबाट सुरु भएको उक्त यात्रा मुम्बईमा पुगेर अन्त्य भएको थियो।

गान्धीले एक वर्षअघि उस्तै प्रकृतिको "भारत जोडो" यात्रा पनि गरेका थिए। चार हजार किलोमिटर लामो उक्त यात्रा उनले भारतको सबैभन्दा दक्षिणी क्षेत्र कन्याकुमारीबाट सुरु गरेर सबैभन्दा उत्तरी क्षेत्र कश्मीर पुर्‍याएर टुङ्ग्याएका थिए।

केही विश्लेषक र समर्थकहरू उक्त यात्राले पार्टीलाई नयाँ जीवन दिएको र गान्धीको छवि पनि सुधार गरेको ठान्छन्।

तर विश्लेषकहरू त्यो यात्राले धेरै मतदातालाई प्रभावित पार्ने र उक्त दलले धेरै सीट जित्नेमा विश्वस्त हुन सकेका थिएनन्।

जेल हुने फैसला

गत वर्ष गान्धीलाई मानहानिसम्बन्धी एउटा मुद्दामा दुई वर्षको जेल सजाय सुनाइएको थियो।

उनलाई गुजरात राज्यको एउटा अदालतले सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको थरलाई लिएर चुनावी र्‍यालीमा दिएको प्रतिक्रियाका सन्दर्भमा दोषी ठहर गर्दै त्यस्तो सजाय सुनाएको थियो।

आफूमाथि लगाइएको उक्त आरोप राजनीतिक रूपमा अभिप्रेरित भएको गान्धीको दाबी छ। त्यसलाई चुनावअघि योजनाबद्ध रूपमा अघि बढाइएको उनी बताउँछन्।

सरकारले भने त्यसलाई अस्वीकार गर्दै आएको छ। हाल उनलाई दिइएको सजाय कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाइदिएको छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी फुटाउन देउवालाई उक्साउने को-को ?

काठमाडौं । सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्त...

कांग्रेस विभाजित : दुई कार्यसमितिबिच अब आधिकारिकताको लडाइँ

काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेक...

माघे सङ्क्रान्तिको रौनक: टोखामा पाँच करोडको चाकु बिक्री

काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रु...

जब भरतपुरको सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो

चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरल...

उत्तरायणको पहिलो दिन: माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हु...

देवघाटधाममा माघे संक्रान्तिको रौनक: तीन लाख भक्तजन आउने अनुमान

तनहुँ । चितवन र नवलपुरको संगमस्थल देवघाटधाममा माघे संक्रान्ति मेला भर्न भक्तजनको ठूलो चहलपहल सुरु भएको छ। बुधबार दिउँसो वेणीसंगममा लिङ्गो गाडेर मेलाको...

काठमाडौँमा यस वर्षकै उच्च चिसो, न्यूनतम तापक्रम २.३ डिग्रीमा झर्‍यो

काठमाडौँ । काठमाडौँ उपत्यकामा पुसको अन्तिम दिन यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्य...

नवनिर्वाचित सभापति थापाले भने- कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छु

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन...

कांग्रेस सभापतिमा गगन थापा निर्विरोध, पदाधिकारी र केन्द्रीय समितिमा को-को परे ? (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको नाम घोषणा गरिएको छ ।  काठमाडौँमा आइतबारदेखि जारी विशेष महाध...

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending