Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

भारतका विपक्षी नेता राहुल गान्धी जसले मोदीलाई एक्लै बहुमत पुर्‍याउन दिएनन्

खबरडबली संवाददाता

काठमाडौं । राहुल गान्धी भारतको मुख्य विपक्षी दलका नेता मात्र होइनन्, त्यहाँको चर्चित राजनीतिक परिवारका सदस्य पनि हुन्। उनी दशकौँसम्म भारतीय राजनीतिमा प्रभाव जमाएको नेहरू-गान्धी परिवारका राजनीतिक उत्तराधिकारी हुन्।

उनी पहिलो पटक सन् २००४ मा संसदीय निर्वाचनमा उठेका थिए। त्यस वर्ष उनले भारतको तल्लो सदन लोकसभा सदस्यका रूपमा उत्तरप्रदेश राज्यको अमेठीबाट चुनाव जिते। तर आफ्नो दललाई चुनाव जिताउन विफल भए।

यसपालिको निर्वाचनमा भने उनी र उनको पार्टी संलग्न गठबन्धनले भाजपालाई एक्लै बहुमत पुर्‍याउन रोकेको छ।

अमेठीमा सन् २०१९ मा उनी प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा)की उम्मेदवार स्मृति इरानीसँग पराजित भएका थिए।

उत्तर प्रदेशमा भाजपालाई खुम्च्याउन क्षेत्रीय दल समाजवादी पार्टीका नेता अखिलेश यादव र काङ्ग्रेसका राहुल गान्धीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको ठानिन्छ। यादवको दलले उत्तर प्रदेशमा ८० मध्ये ३७ सीट जितेको छ भने काङ्ग्रेसले छ सीट जितेको छ।

उनी अहिलेसम्म मन्त्री बनेका छैनन्। उनी ५४ वर्षका भए। उनको राजनीतिक पृष्ठभूमिका कारण अहिले पनि गान्धी विपक्षका प्रमुख राजनीतिक व्यक्ति हुन्।

प्रारम्भिक जीवन

सन् १९७० जुन १९ मा जन्मिएका राहुल गान्धीले भारतका उत्कृष्ट स्कूलहरूबाट शिक्षा प्राप्त गरे भने अमेरिका पुगेर उच्च शिक्षा लिए।

सन् २००२ मा मुम्बई फर्किएर काम सुरु गर्नुअघि उनले लन्डनमा काम गरेका थिए। उनलाई सधैँ अन्तर्मुखी र राजनीतिमा खासै चासो नभएका व्यक्तिका रूपमा हेरिन्थ्यो।

उनको साटो उनकी दिदी प्रियङ्कालाई परिवारको राजनीतिक बिँडो थाप्ने व्यक्तिका रूपमा हेर्ने गरिन्थ्यो।
सन् २००४ को निर्वाचनअघि राजनीतिमा प्रवेश गर्ने उनको घोषणाले धेरैलाई आश्चर्यमा पारेको थियो।

उनी लज्जालु स्वभावका थिए। उनको चाख राजनीतिभन्दा पनि क्रिकेट र अन्य क्रियाकलापमा रहेको ठानिन्थ्यो।

विरासतमा राजनीति

उनका जिजुबुवा जवाहरलाल नेहरू स्वतन्त्र भारतका पहिला प्रधानमन्त्री थिए। उनकी हजुरआमा इन्दिरा गान्धी र बुवा राजीव गान्धी पनि भारतका प्रधानमन्त्री बने।

राहुलकी हजुरआामा र बुवा दुवैको सात वर्षको अन्तरालमा हत्या भएको थियो। सन् २००७ को सेप्टेम्बरमा उनलाई काङ्ग्रेस पार्टीको महासचिव बनाइयो। त्यस बेला इटलीमा जन्मिएकी उनकी आमा सोनिया गान्धी उक्त दलकी अध्यक्ष थिइन्।

स्वास्थ्यका कारणले आफ्नो छोरालाई कार्यभार हस्तान्तरण गर्नुपर्ने अवस्थामा नपुग्दासम्म सोनिया गान्धी उक्त दलकी प्रमुख थिइन्। सन् २०१३ मा राहुल गान्धी काङ्ग्रेस पार्टीको उपाध्यक्ष बने।

नेहरू-गान्धी परिवारको नेतृत्वमा काङ्ग्रेस पार्टीले भारतमा पाँच दशकभन्दा बढी समय शासन गरेको छ। उक्त दलको प्रभुत्व सन् २०१४ मा भाजपाले हराएर सत्ता आफ्नो हातमा लिएपछि मात्र सकिएको हो।

मोदीले गान्धीलाई वंशवादी राजनीति गरेको आरोप लगाउँछन् र उनलाई प्राय: 'शाहजादा' भनेर कटाक्ष गर्छन्।

खिसीटिउरी

सन् २०१४ पछि गान्धी पार्टीका धेरै गतिविधिमा उपस्थित हुन र काङ्ग्रेसको नेताका रूपमा चिनिन थालेका हुन्।
सन् २०१७ मा उनी आधिकारिक रूपमा काङ्ग्रेस पार्टीको अध्यक्ष बने।

सन् २०१४ मा काङ्ग्रेस इतिहासकै सबैभन्दा लज्जास्पद हार बेहोर्दै ५४३ सीटको लोकसभामा ४४ सीमित हुँदा उनलाई भाजपाले निकै खिसीटिउरी गर्‍यो।

उनलाई सामाजिक सञ्जालमा 'ट्रोल' गर्नेहरूले "पप्पु" भनेर सम्बोधन गर्न थाले। हिन्दी भाषामा सानो बालकलाई हेपेर "पप्पु" भन्ने सम्बोधन गर्ने गरिन्छ वा त्यसको अर्थ मूर्ख व्यक्ति भन्ने पनि हुन सक्छ।

खस्किँदो अवस्था

काङ्ग्रेसका लागि सन् २०१४ र २०१९ का निर्वाचनको परिणाम दुःखद रह्यो। सन् २०१९ मा काङ्ग्रेस केवल ५२ सीटमा मात्र विजयी भयो।

गान्धीले उक्त हारका लागि जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए।

गान्धी परिवारको पुरानो क्षेत्र उत्तर प्रदेशको अमेठीबाट उनी आफैँ पनि पराजित भएका थिए। तर भारतको कानुनअनुसार एकै उम्मेदवारले दुई क्षेत्रबाट चुनाव लड्न पाउने भएकाले उनले दक्षिणी राज्य केरलाबाट जितेर सांसद बनेका थिए।

गान्धी अहिले आधिकारिक रूपमा कांग्रेसको शीर्ष नेतृत्वमा छैनन्। तर पनि उनी यो निर्वाचनमा धेरै खटे।

यस पटक पनि उनी केरलाको वायानड र उत्तर प्रदेशको रायबरेली निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए र दुवै क्षेत्रमा उनी निर्वाचित भइसकेका छन्।

यस वर्षको संसदीय निर्वाचन अभियानका क्रममा उनले कडा भाषणहरू गरे, र्‍यालीहरूमा सहभागी बने र पार्टीका समर्थक एवं कार्यकर्ताहरूसँग भेटघाट तथा छलफल गरे।

उनी अन्य देशहरूमा पनि गए र त्यहाँका प्रतिष्ठित विश्वविद्यालयहरूमा मन्तव्य दिए। विभिन्न देशहरूमा रहेका भारतीय समुदायसँग भेटघाटका लागि उनले कैयौँ पटक यात्रा गरे।

यात्रा

सन् २०२४ को ज्यानुअरीमा भारतभरिको ६,७०० किलोमिटर लामो "भारत जोडो न्याययात्रा" सुरु गरेका थिए। पूर्वोत्तर भारतको मणिपुर राज्यको राजधानी इम्फालबाट सुरु भएको उक्त यात्रा मुम्बईमा पुगेर अन्त्य भएको थियो।

गान्धीले एक वर्षअघि उस्तै प्रकृतिको "भारत जोडो" यात्रा पनि गरेका थिए। चार हजार किलोमिटर लामो उक्त यात्रा उनले भारतको सबैभन्दा दक्षिणी क्षेत्र कन्याकुमारीबाट सुरु गरेर सबैभन्दा उत्तरी क्षेत्र कश्मीर पुर्‍याएर टुङ्ग्याएका थिए।

केही विश्लेषक र समर्थकहरू उक्त यात्राले पार्टीलाई नयाँ जीवन दिएको र गान्धीको छवि पनि सुधार गरेको ठान्छन्।

तर विश्लेषकहरू त्यो यात्राले धेरै मतदातालाई प्रभावित पार्ने र उक्त दलले धेरै सीट जित्नेमा विश्वस्त हुन सकेका थिएनन्।

जेल हुने फैसला

गत वर्ष गान्धीलाई मानहानिसम्बन्धी एउटा मुद्दामा दुई वर्षको जेल सजाय सुनाइएको थियो।

उनलाई गुजरात राज्यको एउटा अदालतले सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको थरलाई लिएर चुनावी र्‍यालीमा दिएको प्रतिक्रियाका सन्दर्भमा दोषी ठहर गर्दै त्यस्तो सजाय सुनाएको थियो।

आफूमाथि लगाइएको उक्त आरोप राजनीतिक रूपमा अभिप्रेरित भएको गान्धीको दाबी छ। त्यसलाई चुनावअघि योजनाबद्ध रूपमा अघि बढाइएको उनी बताउँछन्।

सरकारले भने त्यसलाई अस्वीकार गर्दै आएको छ। हाल उनलाई दिइएको सजाय कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाइदिएको छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको हो?

काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...

कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुरको विज्ञप्तिले झन्झन् पेचिलो हुँदै कांग्रेस विवाद

काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...

औपचारिक माफी माग्ने सरकारको प्रतिबद्धताप्रति दलित समुदायद्वारा स्वागत

काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...

पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य: नेपाल उद्योग परिसंघ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...

यस्तो छ कृषि उपजको आजका लागि थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...

एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।  सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। ...

स्पा सेन्टरमा बालिकालाई काममा लगाएको आरोपमा लेकसाइडका आठ सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending