Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

काठमाडौंको बागमती कोरिडोरमा पुल बनेपछि ट्राफिक व्यवस्थापनमा सहज हुने

खबरडबली संवाददाता

काठमाडौं। बागमती करिडोर सडक खण्डमा निर्मित दुई  नगरपालिका र दुई निर्वाचन क्षेत्र जोड्ने ‘जम्बुडाँडा पुल’ उद्घाटन भएको छ । मोटरेबलको पुलको बुधबार उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उद्घाटन गरे। 

नवनिर्मित पुलले काठमाडौं निर्वाचन क्षेत्र २ र ३ तथा गोकर्णेश्वर र मनोहरा नगरपालिकालाई जोड्ने छ।  मन्त्री महासेठले पुल निर्माणपछि स्थानीयलाई सहज हुने विश्वास व्यक्त गरेका छन् । पुल सञ्चालनपछि धेरैले खुसी व्यक्त गरेको देखिए पनि यो खुसी हुनुपर्ने नयाँ काम नभएकाे भन्दै उनले जनताको आवश्यकता पूरा भएको बताए ।

उपत्यकामा अब नयाँ डिजाइनका पुल निर्माणले प्राथमिकता पाउने र गोकर्णेश्वर तथा मनोहरा आसपास क्षेत्रमा सडक मर्मतलाई प्राथमिकता दिइने पनि उनले बताए। पुल निर्माण सडक डिभिजन काठमाडौंले गरेको हो ।

सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार ४१।८ मिटर लम्बाइ र ७.५ मिटर चौडाइको उक्त पुल ३ करोड ८० लाखमा निर्माण भएको हो । पुल निर्माण ड्रयागन रियलको ज्वाइन्ट भेन्चर कम्पनी (जेभी)ले गरेको हो।  

भौतिक मन्त्रालयका सचिव गोपाल सिग्देलले पुल निर्माण हुनु सहर विकासको सूचक भएको धारणा व्यक्त गरे । पुल सञ्चालनपछि काठमाडौं उपत्यककाको  ट्राफिक व्यवस्थापनमा सहजीकरण हुने सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए ।

उद्घाटन कार्यक्रममा संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसे, संघीय सांसद शान्ति श्रेष्ठ, संविधान सभा सदस्य रामेश्वर फुयाँल, पूर्व सांसद कृष्ण बहादुर राई पनि थिए । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, उपप्रमुख सान्नानी लामा, नगर प्रवक्ता तथा गोनपा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, कागेश्वरी मनोहरा नगरपालिका ८ का वडा अध्यक्ष हरिभक्त पुडासैनी पनि रहेका थिए ।

गोकर्णेश्वर ६ का वडाध्यक्ष नवराज लामा, ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ, ९ का वडाध्यक्ष राजीव थापा, काठमाडौं ९ का वडाध्यक्ष भुवन लामालगायत उद्घाटनमा सहभागि रहेका  थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy