काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का सांसद उमरावतीदेवी यादवले विद्यमान संसदीय शासन प्रणाली र मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त रहेको बताएक् छन् । अहिलेको संसदीय अभ्यास क्रमशः परिपक्व दिशातर्फ उन्मुख भइरहेको प्रतिक्रिया दिँदै नेत्री सिंहले भनिन्, “संसद्मा बेलाबखत हुने अवरोध अन्त्य गर्दै लैजानुपर्छ, देशको शासन व्यवस्थाका लागि योगदान दिएका प्रमुख राजनीतिक दल मिलेर काम गर्नुपर्छ । हामीले जनताका सुख, दुःखमा साथ र सहयोग गर्नुपर्छ ।”
निर्वाचित सांसदले जनताको पक्षमा नै काम गर्नुपर्नेमा जोड दिँदै उनले संसद् तथा सरकारले जनताका समस्या तथा गुनासालाई सम्बोधन गर्छ भन्ने विश्वास दिलाउनुपर्ने बताइन् । लामो समयसम्म बञ्चितीकरणमा परेका वर्ग तथा समुदायलाई सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाले राज्यको मूलप्रवाहमा ल्याएको उनको भनाइ छ ।
जिल्लाका जनताले खासगरी विकास र कानुन निर्माणको पाटो दुवैमा उत्तिकै चासो दिएर प्रश्न सोध्ने गरेको बताउँदै उनले पछिल्लो समय मतदाताले बजेट र विकासका माग र मुद्दालाई प्राथमिकतामा राख्न सुझाव दिएको सुनाइन् । तराई मधेस कृषि उब्जनीको दृष्टिकोणबाट उर्वर रहेको जनाउँदै सांसद यादवले कृषि क्षेत्रका समस्या समाधानका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिइएकामा खुसी व्यक्त गर्दै उहाँले बजेटको प्रभावकारी कार्यान्वयन गरेर जानुपर्ने बताइन् । कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन र उद्यमशीलता प्रवर्द्धनलाई प्रमुख प्राथमिकतामा राखिएको बजेटले मुलुकको वर्तमान समस्या समाधान गर्ने विश्वास गरीन् ।
राज्यबाट प्रदान गरिएको सेवासुविधा प्राप्त गर्न जनताले अझै पनि घुसका रूपमा पैसा नै बुझाउनुपर्ने स्थिति रहेको बताउँदै उनले सरकारी कार्यालयबाट प्रदान गरिने सेवालाई सहज र सरल मार्गबाट उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । देशमा काम नपाएपछि युवा तथा विद्यार्थी रोजगारीका लागि बाध्य भएर विदेश जानुपरेको बताउँदै नेत्री देवीले भनिन्, “पेट पाल्नपर्छ, बच्चा पढाउनुपर्छ, परिवार धान्नपर्छ, महँगीको जमाना छ, यहाँ आयआर्जनका बाटा पर्याप्त छैनन् । अनि विदेश नगएर के गर्नु ?”
कानुन निर्माणलाई कति प्राथमिकता दिने भन्ने विषय प्रमुख राजनीतिक दल र सरकारबीचको सहमतिमा निर्धारण हुने बताउँदै उनले बेरोजगारी मतदातालाई घरमै बसेर खेतीपाती र पशुपालन गर्नमा संलग्न हुन सुझाव दिइन् । सानै उमेरदेखि राजनीतिमा संलग्न सांसद देवी राष्ट्रिय जनता पार्टीको स्थापनाकालदेखि नै राजनीतिमा सक्रिय भइन् । उनी मधेस प्रदेश बारा जिल्ला महागढीमाई नगरपालिका–६ का स्थायी बासिन्दा रहेकी छन् । हाल सांसद देवी प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समिति सदस्य पनि रहेकी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - २२:१६
भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...
माघ १६ गते, २०८२ - २२:१५
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...
माघ १६ गते, २०८२ - २१:५२
खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...
माघ १६ गते, २०८२ - २१:४२
काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...
माघ १६ गते, २०८२ - २१:२९
काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...
माघ १६ गते, २०८२ - २१:२७
ललितपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...
माघ १६ गते, २०८२ - २१:१३
काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...
माघ १६ गते, २०८२ - २१:०१
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...
माघ १६ गते, २०८२ - २०:५९
ब्रसेल्स । डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...
माघ १६ गते, २०८२ - २०:५६
बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...




प्रतिकृया लेख्नुहोस्: