काठमाडौं । प्रतिनिधिसभा अहिले कानून निर्माणभन्दा बढी “पर्चा प्रदर्शन प्रतियोगिता” जस्तो देखिन थालेको छ । त्यसको केन्द्रमा छन् हर्क साम्पाङ ।
केही दिनदेखि उनी र उनको दल श्रम संस्कृति पार्टीका सांसदहरू संसद्भित्र पर्चा बोकेर उभिन्छन्, नाराजुलुस गर्छन् र प्रधानमन्त्री तथा मन्त्रीहरूलाई “भागेको सरकार” भन्दै घेराबन्दी गर्छन् । सभामुखले बस्न भन्छन, हर्क उठ्छन् । सभामुखले नियम सुनाउँछन्, हर्क प्रतिप्रश्न गर्छन् । सदन चल्छ कि ‘लाइभ फेसबुक बहस’ भन्ने अवस्था बनेको छ ।
बुधबारको बैठकमा पनि दृश्य उस्तै रह्यो । सभामुख डीपी अर्यालले पटक–पटक “माननीयज्यू, मर्यादामा बस्नुस् ” भनेर चेतावनी दिए । तर हर्कको अडान उस्तै “प्रधानमन्त्री सदनमा आउन्, जवाफ दिउन् !”
सभामुखले अन्ततः प्रतिनिधिसभा नियमावलीको नियम ३० नै निकालेर चेतावनी दिए । नियममा अभद्र व्यवहार गर्नेलाई सचेत गराउने र नमाने बैठकबाट निकाल्न सकिने व्यवस्था छ । अझ अटेरी गरे मर्यादापालक लगाएर बाहिर पुर्याउनेसम्मको प्रबन्ध छ । तर हर्क पनि कम कहाँ थिए र !
संसद् भवनबाहिर निस्किएपछि उनले झन् चुनौतीपूर्ण शैलीमा घोषणा गरे “पाँच वर्षसम्म पनि विरोध गर्नुपरे गर्छौँ, निलम्बन गर्नुपरे गरून्, हामी रेडी छौँ ।” उनको तर्क पनि रोचक छ “पर्चा बोकेर जान पाइँदैन भनेर नियमावलीमा कहाँ लेखेको छ ? देखाइदिनुस् न !”
उता सभामुख पक्ष भने संसद्को मर्यादा जोगाउनुपर्ने दबाबमा छ । नियम ३२ अनुसार सभामुखको आदेश नमानेर लगातार अवरोध गरे सांसदलाई १५ दिनसम्म निलम्बन गर्न सकिने व्यवस्था छ । अर्थात् अब हर्कको आन्दोलन “पर्चा राजनीति” बाट “निलम्बन राजनीति” तिर जाने संकेत देखिएको छ ।
संसद् अहिले नीति बहसभन्दा बढी “को झुक्ने ?” भन्ने शक्ति परीक्षणको रंगमञ्च बनेको छ । एकातिर सभामुख नियमावली बोकेर उभिएका छन्, अर्कोतिर हर्क “जनताको आवाज” भन्दै अडिग छन् । संसदमा भएकाे घटनाले याेपहिले को थाक्छ ? नियमावली कि हर्क साम्पाङ ? भन्ने प्रश्न उब्जीएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...



प्रतिकृया लेख्नुहोस्: