Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

शल्यक्रिया कक्षको टेन्डर प्रक्रिया नियमपूर्वक

खबरडबली संवाददाता

भैरहवा । लुम्बिनी आई ईन्स्टिच्युट भैरहवाले आफ्नो ठेक्का प्रक्रिया नियम संगत रहेको दावी गरेको छ । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आखाँ अस्पतालले निर्माण गर्न लागेको शल्यक्रिया कक्षको टेन्डर प्रक्रियामा बदनियत राखी आर्थिक चलखेल गरिएको भन्दै केही निर्माण व्यवसायीहरुले विरोध जनाएपछि अस्पताल प्रसाशनले पत्रकार सम्मेलन गरी आरोपको खण्डन गर्दै ठेक्का प्रक्रियामा आफुहरु कहीकतै नचुकेको दावी गरेका हुन् ।

पत्रकार सम्मेलनमा अस्पतालका प्रशासन प्रमुख प्रकाश रायमाझीले भने “अस्पताल गैरसरकारी संस्था भएको र नेत्रज्योति संघको विधान अनुसार चल्ने भएकाले सोही अनुसार ठेक्का प्रक्रिया भएको हो । नियमानुसार र प्रक्रियागत रुपमा भएको कार्यलाई आफु अनुकुल व्याख्या गरि संस्थालाई दुख दिने उद्देश्यले गैर जिम्मेवार पूर्ण अभिव्यक्ति दिई भ्रम सृजना गरेको भन्दै अस्पतालले पत्रकार सम्मेलन गरी गम्भिर ध्यानाकर्षण गराएको छ । ”

लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले भने १४ वटा निर्माण कम्पनीलाई अयोग्य ठानी केही सिमित कम्पनीलाई मात्रै ठेक्का प्रक्रियामा सहभागी गराएको भन्दै पत्रकार सम्मेलन गरेको थियो । संघले बुटवलमा पत्रकार सम्मेलन गरी ठेक्का प्रक्रियामा ५ करोड बढी रकम अपचलन गर्नका लागि मिलेमतोमा ठेक्का गरिएको दाबी गरेको छ । संघले १७ वटा बोलपत्र परेकामा १४ वटा कम्पनीको प्राविधिक प्रस्ताव अस्वीकृत गरिएको जानकारी दिए । 

यहाँका व्यवसायीहरुले १७ लाख टेन्डर हाल्दा समेत २२ करोड टेन्डर हालेको बाहिरी कम्पनीलाई टेन्डर पारिएको भन्दै असन्तुष्टी जनाएका हुन । ठेक्का प्रक्रियामा सबैभन्दा कम रकम प्रस्ताव हाल्नेको बोलपत्र स्वीकृत हुनुपर्नेमा बढी हाल्नेको स्वीकृत भएको भन्दै व्यवसायीले विरोध जनाएका हुन । 

यता अस्पताल प्रशासनले व्यवसायीहरुको उक्त आरोपलाई सिधै अस्वीकार गर्दै पत्रिकामा बोलपत्र सम्बन्धि सूचना प्रकाशन गरी संस्थाको विधि विधान तथा प्रचलित नियम कानुन बमोजिम स्वीकृत बोलपत्रको अधिनमा रही टेण्डर प्रक्रिया अगाडि बढाएको अस्पतालका प्रशासन प्रमुख प्रकाश रायमाझीले भने । हामीले नियमसंगत सबै प्रक्रिया अपनाई प्रक्रिया अगाडि बढाएका छौ, १७ जना व्यवसायी यस प्रक्रियामा सहभागी थिए ती मध्ये १४ जनाको विविध कारणले प्राविधिक प्रस्ताव अयोग्य भएको र ३ वटा कम्पनीको मात्रै प्रविधिक प्रस्ताव स्वीकृत भएको उनले भने । प्राविधिक रुपमा स्वीकृत भएका कम्पनीहरु मध्येबाटै सबै भन्दै न्यून रहेको कम्पनीको बोलपत्र स्वीकृत गरी आर्थिक प्रस्तावकै आधारमा आश्य पत्र दिइएको बताए । प्राविधिक रुपमा अयोग्य ठहरिएका कम्पनीले आर्थिक प्रस्तावमा सहभागी हुन नसक्ने नियम रहेको उनले बताए । 

संस्थाले निर्माण कार्यका लागि परामर्श दाताको रुपमा कर्मा कन्सल्ट कम्पनीलाई छनोट गरि प्रक्रिया अगाडि बढाएको थियो । परामर्श दाता इन्जिनियर दीनेश वस्यालले ठेक्का प्रक्रिया नियमसंगत नै भएको बताए । हामीले प्रविधिक कुराहरु हेरेपछि आर्थिक पाटोको लागि निर्माण समितिलाई जिम्मा दिइएको बताए । 

शिलबन्दीमा आएको कम्पनीको कागजात हेरेरै योग्य अयोग्य निर्धारण गरेका छौ । मापदण्ड नपुगेकाको लागि ७ दिनको आशय पत्र पनि जारी गरेकोले २ कम्पनीबाट मात्र गुनासो आएकोले जवाफ कारण सहित पठाइएको अस्पतालले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । 

प्रविधिक रुपमा नै अयोग्य भएपछि हामीले ती कम्पनिको आर्थिक प्रस्तावको शिलबन्दी खोलेकै छैनौ, प्रविधिक प्रस्ताव योग्य भएका मध्ये ३ जनाको टेन्डर खोल्दा नव सिर्जनशील कन्स्ट्रक्शनलाई निर्माण समितिले छनोट गरेको छ । 

कागजात नपुगेका कम्पनीको आर्थिक प्रस्ताव नखोलिएकोले के कति टेण्डर हालिएको बारे अस्पताललाई जानकारी नभएको व्यवस्थापक रायमाझीले भने । बाहिर आएको हल्ला संस्थालाई दुःख र हैरानी दिने मनसायले भएकोले यसमा संस्थाको गम्भीर ध्यानाकर्षण छ । यस्ता भ्रामक अभिव्यक्तिको खण्डन गर्छौं उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: