Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

शल्यक्रिया कक्षको टेन्डर प्रक्रिया नियमपूर्वक

खबरडबली संवाददाता

भैरहवा । लुम्बिनी आई ईन्स्टिच्युट भैरहवाले आफ्नो ठेक्का प्रक्रिया नियम संगत रहेको दावी गरेको छ । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आखाँ अस्पतालले निर्माण गर्न लागेको शल्यक्रिया कक्षको टेन्डर प्रक्रियामा बदनियत राखी आर्थिक चलखेल गरिएको भन्दै केही निर्माण व्यवसायीहरुले विरोध जनाएपछि अस्पताल प्रसाशनले पत्रकार सम्मेलन गरी आरोपको खण्डन गर्दै ठेक्का प्रक्रियामा आफुहरु कहीकतै नचुकेको दावी गरेका हुन् ।

पत्रकार सम्मेलनमा अस्पतालका प्रशासन प्रमुख प्रकाश रायमाझीले भने “अस्पताल गैरसरकारी संस्था भएको र नेत्रज्योति संघको विधान अनुसार चल्ने भएकाले सोही अनुसार ठेक्का प्रक्रिया भएको हो । नियमानुसार र प्रक्रियागत रुपमा भएको कार्यलाई आफु अनुकुल व्याख्या गरि संस्थालाई दुख दिने उद्देश्यले गैर जिम्मेवार पूर्ण अभिव्यक्ति दिई भ्रम सृजना गरेको भन्दै अस्पतालले पत्रकार सम्मेलन गरी गम्भिर ध्यानाकर्षण गराएको छ । ”

लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले भने १४ वटा निर्माण कम्पनीलाई अयोग्य ठानी केही सिमित कम्पनीलाई मात्रै ठेक्का प्रक्रियामा सहभागी गराएको भन्दै पत्रकार सम्मेलन गरेको थियो । संघले बुटवलमा पत्रकार सम्मेलन गरी ठेक्का प्रक्रियामा ५ करोड बढी रकम अपचलन गर्नका लागि मिलेमतोमा ठेक्का गरिएको दाबी गरेको छ । संघले १७ वटा बोलपत्र परेकामा १४ वटा कम्पनीको प्राविधिक प्रस्ताव अस्वीकृत गरिएको जानकारी दिए । 

यहाँका व्यवसायीहरुले १७ लाख टेन्डर हाल्दा समेत २२ करोड टेन्डर हालेको बाहिरी कम्पनीलाई टेन्डर पारिएको भन्दै असन्तुष्टी जनाएका हुन । ठेक्का प्रक्रियामा सबैभन्दा कम रकम प्रस्ताव हाल्नेको बोलपत्र स्वीकृत हुनुपर्नेमा बढी हाल्नेको स्वीकृत भएको भन्दै व्यवसायीले विरोध जनाएका हुन । 

यता अस्पताल प्रशासनले व्यवसायीहरुको उक्त आरोपलाई सिधै अस्वीकार गर्दै पत्रिकामा बोलपत्र सम्बन्धि सूचना प्रकाशन गरी संस्थाको विधि विधान तथा प्रचलित नियम कानुन बमोजिम स्वीकृत बोलपत्रको अधिनमा रही टेण्डर प्रक्रिया अगाडि बढाएको अस्पतालका प्रशासन प्रमुख प्रकाश रायमाझीले भने । हामीले नियमसंगत सबै प्रक्रिया अपनाई प्रक्रिया अगाडि बढाएका छौ, १७ जना व्यवसायी यस प्रक्रियामा सहभागी थिए ती मध्ये १४ जनाको विविध कारणले प्राविधिक प्रस्ताव अयोग्य भएको र ३ वटा कम्पनीको मात्रै प्रविधिक प्रस्ताव स्वीकृत भएको उनले भने । प्राविधिक रुपमा स्वीकृत भएका कम्पनीहरु मध्येबाटै सबै भन्दै न्यून रहेको कम्पनीको बोलपत्र स्वीकृत गरी आर्थिक प्रस्तावकै आधारमा आश्य पत्र दिइएको बताए । प्राविधिक रुपमा अयोग्य ठहरिएका कम्पनीले आर्थिक प्रस्तावमा सहभागी हुन नसक्ने नियम रहेको उनले बताए । 

संस्थाले निर्माण कार्यका लागि परामर्श दाताको रुपमा कर्मा कन्सल्ट कम्पनीलाई छनोट गरि प्रक्रिया अगाडि बढाएको थियो । परामर्श दाता इन्जिनियर दीनेश वस्यालले ठेक्का प्रक्रिया नियमसंगत नै भएको बताए । हामीले प्रविधिक कुराहरु हेरेपछि आर्थिक पाटोको लागि निर्माण समितिलाई जिम्मा दिइएको बताए । 

शिलबन्दीमा आएको कम्पनीको कागजात हेरेरै योग्य अयोग्य निर्धारण गरेका छौ । मापदण्ड नपुगेकाको लागि ७ दिनको आशय पत्र पनि जारी गरेकोले २ कम्पनीबाट मात्र गुनासो आएकोले जवाफ कारण सहित पठाइएको अस्पतालले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । 

प्रविधिक रुपमा नै अयोग्य भएपछि हामीले ती कम्पनिको आर्थिक प्रस्तावको शिलबन्दी खोलेकै छैनौ, प्रविधिक प्रस्ताव योग्य भएका मध्ये ३ जनाको टेन्डर खोल्दा नव सिर्जनशील कन्स्ट्रक्शनलाई निर्माण समितिले छनोट गरेको छ । 

कागजात नपुगेका कम्पनीको आर्थिक प्रस्ताव नखोलिएकोले के कति टेण्डर हालिएको बारे अस्पताललाई जानकारी नभएको व्यवस्थापक रायमाझीले भने । बाहिर आएको हल्ला संस्थालाई दुःख र हैरानी दिने मनसायले भएकोले यसमा संस्थाको गम्भीर ध्यानाकर्षण छ । यस्ता भ्रामक अभिव्यक्तिको खण्डन गर्छौं उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending