Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

युक्रेनले मस्कोमा आक्रमण गर्न अमेरिकी हतियार प्रयोग नगर्ने बाइडेनको वाचा

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार मस्कोमा आक्रमण गर्न अमेरिकी हतियारको प्रयोग नगरिने बताएका छन्। 

पश्चिमी मुलुकहरूद्वारा आपूर्ति गरिएका हतियारहरूद्वारा रुसभित्रका लक्ष्यहरूमा आक्रमण गर्न युक्रेनलाई अधिकार दिइएको बताए । उत्तरपूर्वी युक्रेनमा रुसी आक्रमणको जवाफमा अमेरिका र अन्य केही मुलुकले किएभलाई रुसी क्षेत्रभित्र आक्रमण गर्नका लागि पश्चिमी मुलुकहरूले प्रदान गरेको हतियारहरूको प्रयोग गर्न अनुमति दिएका छन् ।

“उनीहरू युक्रेनमा विशिष्ट लक्ष्यहरूमा आक्रमण गर्न प्रयोग भइरहेकाले युक्रेनीहरूलाई सीमा छेउमा प्रयोग गर्न अनुमति दिइएको छ”, बिहीबार एबिसी न्युजसँगको अन्तरवार्तामा उनले भने, “हामीले रुसमा दुई सय माइलसम्म आक्रमणका लागि अधिकार दिइरहेका छैनौँ र मस्को, क्रेमलिनमा आक्रमणका लागि अधिकार दिइरहेका छैनौँ ।” 

वासिङ्टनले रुससँग सीमा जोडिएको पूर्वी खार्किभ क्षेत्रको रक्षा गर्न युक्रेनलाई सक्षम बनाउनका लागि आफ्नो प्रतिबन्ध आंशिकरूपमा हटाएको अमेरिकी अधिकारीहरूले गत साता बताएका थिए । 

युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभमा रुसको दैनिक आक्रमणलाई अधिकारीहरूले अमेरिकी अडानमा परिवर्तनको श्रेय दिएका थिए । जर्मनीले युक्रेनलाई रुसका लक्ष्यहरूमा जर्मन–प्रदत्त हतियारहरू प्रहार गर्न अनुमति दिएको बताएको छ । 

“अमेरिकाले आपूर्ति गरेको हतियारहरू सीमापारबाट आक्रमण गर्नका लागि थिए जहाँ रुसीहरूले युक्रेनमा गएर युक्रेनीहरूलाई मार्नका लागि प्रयोग गर्ने परम्परागत हतियारबाट महत्त्वपूर्ण आक्रमण भइरहेको छ”, बाइडेनले भने।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending